Tuesday, 14 May, 2024
आर्थिक खबर

थाहा नगरको आगामी नीति तथा कार्यक्रममा दलहरु सकारात्मक, प्रभावकारी कार्यान्वयन गर्न सुझाब

1656079994644_1-1656090109.jpg

राज कुमार के.सी./ थाहा 

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ०८ करोड ८४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार थाहा नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षताम भएको ११ औं नगर सभामा उपप्रमुख भरत गोपालीले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक आय १९ करोड ७९ लाख रुपैयाँ, संघीय सरकारबाट १७ करोड १६ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड १४ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट १९ करोड ६८ लाख रुपैयाँ र सामाजिक सुरक्षा शीर्षकमा १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । थाहा नगरको आगामी आर्थिक वर्षको चालु खर्च ९ करोड ९७ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ५१ करोड ७२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

थाहा नगरले आगामी आर्थिक वर्ष २०७९/८० मा कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन, अवलोकन भ्रमणको व्यवस्था गर्ने, अनलाइनमार्फत राजश्व भुक्तानीको व्यवस्था मिलाउने, त्रैमासिक खर्च र प्रगति विवरण सार्वजनिक गर्ने, जनगुनासो सुन्न कलसेन्टर सञ्चालन गर्ने, वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाइने, उत्कृष्ट कार्य सम्पादन गर्ने वडालाई १५ लाख रुपैयाँको एउटा योजना उपहारस्वरुप दिने, प्रत्येक वडामा प्राविधिक कर्मचारीको व्यवस्था गर्ने नीति लिएको छ ।

शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासलाई शिक्षाको गुणस्तर अभिवृद्धिको मुख्य कार्यक्रमको रुपमा लागु गर्ने, मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँगको समन्वयमा नगरमै उच्च प्राविधिक शिक्षाको प्रबन्ध गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रसँगको समन्वयमा उच्च तहको कृषि प्रविधि अपनाउने र कृषि क्षेत्रको उच्च शिक्षाको प्रवन्ध गरिने, कक्षा १ देखि अंग्रेजी माध्यममा पढाउने विद्यालयलाई प्रोत्साहनस्वरुप अनुदान दिने, बाल बिकास केन्द्रको  सहजकर्ता र कर्मचारीको पारिश्रमिक समयानुकुल बनाइने, नगरका सबै वडामा प्रसुति सुबिधा सहितको सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने थाहा नगरमा घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा पु¥याउने नीति पनि थाहा नगरको छ ।

थाहा नगरको आगामी नीति तथा कार्यक्रमको सन्दर्भमा थाहा नगरपालिकामा रहेका राजनैतिक दलका प्रमुखहरुको सकारात्मक धारणा आएको छ । उहाँहरुले 

नेकपा माओबादीकेन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो । गत कार्यकालमा नगरको पुँजीगत खर्च ६० प्रतिशत भएकोमा यो अवधीमा शतप्रतिशत खर्च गर्नको लागि पार्टीले पहल गर्ने बताउनुभयो । 
लामाले नगरको कर्मचारी, सम्पुर्ण राजनीतिक दल एवम् आम सरोकारवालाहरुलाई शत प्रतिशत काम सम्पन्न गर्न आआफ्नो स्थानबाट सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले समग्रमा थाहा नगरको आगामी नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो ।
जोशीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्नुभयो । उहाँले थाहा नगरको स्पष्ट पहिचान हुने कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेको नगर अध्यक्ष अच्युतम प्रसाद ढकालले नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका थाहा नगर अध्यक्ष दिनेश बिष्टले समग्रमा थाहा नगरको नीति तथा कार्यक्रम राम्रो भएको र नगरको मुख्य पेशा कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।

तेस्तै राप्रपा थाहा नगर अध्यक्ष नबिन रायमाझीले बजेटले कृषि र पर्यटन क्षेत्रलाई कम संबोधन गरेको बताउनुभयो ।
उहाँले कृषि र पर्यटनको बिकासमा बिशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो ।

1656079951663_1-1656090143.jpg
1656079986846_1-1656090143.jpg
1656079924117_1-1656090176.jpg
1656079965786_1-1656090176.jpg

world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...