pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहा नगरको आगामी नीति तथा कार्यक्रममा दलहरु सकारात्मक, प्रभावकारी कार्यान्वयन गर्न सुझाब

1656079994644_1-1656090109.jpg

राज कुमार के.सी./ थाहा 

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ०८ करोड ८४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार थाहा नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षताम भएको ११ औं नगर सभामा उपप्रमुख भरत गोपालीले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक आय १९ करोड ७९ लाख रुपैयाँ, संघीय सरकारबाट १७ करोड १६ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५ करोड ५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड १४ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट १९ करोड ६८ लाख रुपैयाँ र सामाजिक सुरक्षा शीर्षकमा १५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । थाहा नगरको आगामी आर्थिक वर्षको चालु खर्च ९ करोड ९७ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ५१ करोड ७२ लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

थाहा नगरले आगामी आर्थिक वर्ष २०७९/८० मा कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन, अवलोकन भ्रमणको व्यवस्था गर्ने, अनलाइनमार्फत राजश्व भुक्तानीको व्यवस्था मिलाउने, त्रैमासिक खर्च र प्रगति विवरण सार्वजनिक गर्ने, जनगुनासो सुन्न कलसेन्टर सञ्चालन गर्ने, वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाइने, उत्कृष्ट कार्य सम्पादन गर्ने वडालाई १५ लाख रुपैयाँको एउटा योजना उपहारस्वरुप दिने, प्रत्येक वडामा प्राविधिक कर्मचारीको व्यवस्था गर्ने नीति लिएको छ ।

शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासलाई शिक्षाको गुणस्तर अभिवृद्धिको मुख्य कार्यक्रमको रुपमा लागु गर्ने, मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँगको समन्वयमा नगरमै उच्च प्राविधिक शिक्षाको प्रबन्ध गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि अनुसन्धान केन्द्रसँगको समन्वयमा उच्च तहको कृषि प्रविधि अपनाउने र कृषि क्षेत्रको उच्च शिक्षाको प्रवन्ध गरिने, कक्षा १ देखि अंग्रेजी माध्यममा पढाउने विद्यालयलाई प्रोत्साहनस्वरुप अनुदान दिने, बाल बिकास केन्द्रको  सहजकर्ता र कर्मचारीको पारिश्रमिक समयानुकुल बनाइने, नगरका सबै वडामा प्रसुति सुबिधा सहितको सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने थाहा नगरमा घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा पु¥याउने नीति पनि थाहा नगरको छ ।

थाहा नगरको आगामी नीति तथा कार्यक्रमको सन्दर्भमा थाहा नगरपालिकामा रहेका राजनैतिक दलका प्रमुखहरुको सकारात्मक धारणा आएको छ । उहाँहरुले 

नेकपा माओबादीकेन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो । गत कार्यकालमा नगरको पुँजीगत खर्च ६० प्रतिशत भएकोमा यो अवधीमा शतप्रतिशत खर्च गर्नको लागि पार्टीले पहल गर्ने बताउनुभयो । 
लामाले नगरको कर्मचारी, सम्पुर्ण राजनीतिक दल एवम् आम सरोकारवालाहरुलाई शत प्रतिशत काम सम्पन्न गर्न आआफ्नो स्थानबाट सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले समग्रमा थाहा नगरको आगामी नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो ।
जोशीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्नुभयो । उहाँले थाहा नगरको स्पष्ट पहिचान हुने कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेको नगर अध्यक्ष अच्युतम प्रसाद ढकालले नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका थाहा नगर अध्यक्ष दिनेश बिष्टले समग्रमा थाहा नगरको नीति तथा कार्यक्रम राम्रो भएको र नगरको मुख्य पेशा कृषिमा बजेट बढाउनुपर्ने बताउनुभयो ।

तेस्तै राप्रपा थाहा नगर अध्यक्ष नबिन रायमाझीले बजेटले कृषि र पर्यटन क्षेत्रलाई कम संबोधन गरेको बताउनुभयो ।
उहाँले कृषि र पर्यटनको बिकासमा बिशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको बताउनुभयो ।

1656079951663_1-1656090143.jpg
1656079986846_1-1656090143.jpg
1656079924117_1-1656090176.jpg
1656079965786_1-1656090176.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...