Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

आर्थिक खबर

थाहामा श्रावण १६ गतेदेखि १८ सम्म कर शिविर हुँदै

kar-shibir-1691300451-1722267782.jpg

फाइल तस्वीर

थाहा नगर उद्योग वाणिज्य संघले थाहा नगरपालिका,आन्तरिक राजस्व कार्यालय हेटौंडा र घरेलु उद्योग कार्यालय संगको सहकार्यमा  यहि श्रावण १६ गतेदेखि १८ गतेसम्म व्यवसायीहरु लक्षित गरी संयुक्त सिविर गर्ने भएको छ ।

शिविर थाहा नगर उद्योग वाणीज्य संघको  कार्यालय परिसरमा हुने भएको हो |

संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गर्न लागेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बताए ।
सिविरमा आन्तरिक राजश्व कार्यालय हेटौंडा अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था सिविरमा हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत सिविरमा हुने भएको हो । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ । 
सिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध हुने भएको छ । सिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइने छ । 
नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ । 
शिविरमा थाहा नगरपालिकामा दर्ता नभएका व्यावसायि हरुले पनि थाहा नगर पालिकामा व्यावसाय दर्ता,नविकरण तथा व्यवसायको उद्देश्य थपघट गर्न सक्ने छन् ।

हेनुस सूचना :-

 

FB_IMG_1722266900638-1722267782.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...