pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहामा राष्ट्रिय सहकारी बैंकको केयर समीक्षा गोष्ठी सम्पन्न

FB_IMG_1718291788190-1718291817.jpg

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोग तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको केयर समिक्षा कार्यक्रम थाहाको पाइनस होटलमा सम्पन्न भएको छ ।

समिक्षा कार्यक्रम अन्तरगत सहकारी हरुलेले बनाएको वित्तीय सूचकहरूको अवस्था पहिचान गर्नुका साथै संस्थाहरुको अवस्था र सुधार गर्नु पर्ने विषयहरूमा छलफल भएको थियो ।

समीक्षा कार्यक्रमका सहभागीहरूले वित्तीय क्षेत्रमा देखिएको असहज अवस्थालाई सहज रूपमा अगाडि बढाउनका लागि सहकारीहरूमा भाखा नाघेको ऋणलाई कम गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय सहकारीहरूमा भाखा नाघेको ऋण बढ्दै गएको निष्कर्षका साथ सबै सहकारीहरूले ऋण व्यवस्थामा योजनाबद्ध रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुमा ऋण सुरक्षण कोषमा नियमित रूपमा रकम व्यवस्थापन गर्ने, सञ्चालक समिति र कर्मचारीका लागि संस्थागत तालिम सञ्चालन गर्ने तथा परिवर्तित परिस्थिति अनुसार विनियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने, परिमार्जन गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले बताए।

 प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले कार्यक्रमको शुभारम्भ गर्दै बिष्टले सहकारीहरूको आन्तरिक स्वास्थ्य परीक्षण गरी संस्थालाई स्वस्थ बनाउनका लागि स्तरीकरण कार्यक्रमले सहयोग गर्ने भएकाले सहकारीहरूले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा केयरमा आबद्ध संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले  आयोजना गरेको कार्यक्रममा चाइना ट्रेड बहुउद्देश्यीय न्युरोड काठमाडौ,हिलटप जुनार बहुउद्देश्यीय तिनकुने काठमाडौ,नारायणी बहुउद्देश्यीय सहकारी हेटौंडा,स्वतन्त्र बचत तथा ऋण काठमाडौ,अन्नपूर्ण बहुमुखी सहकारी काठमाडौ र पालुङ बहुउद्देश्यीय सहकारी थाहा नगरको सहभागिता रहेको थियो।

कार्यक्रम केयरमा आबद्ध पालुङ बहुउद्देश्यीय  सहकारी संस्था लि का अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षतामा  भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा  राष्ट्रिय सहकारी बैंकका संचालक धुर्व बहादुर बिष्ट,राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्याल,जिल्ला सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीयका पुर्व अध्यक्ष पुरुषोत्तम कार्की,संस्थाका संचालक समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकालले संचालन तथा उपाध्यक्ष अरुण रायमाझीले स्वागत गरेको कार्यक्रममा प्रदेश राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा महाशाखा प्रमुख रामबाबु आचार्य,कार्यक्रम प्रमुख नवकुमार अधिकारीले  सहजिकरण गर्नुभएको थियो।

FB_IMG_1718291791392-1718291817.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...