pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहामा कर शिविर:- उत्साहजनक सहभागिता

1722505976535-1722505991.jpg

थाहा नगर उद्योग वाणिज्य संघले हिजो १६ गतेदेखि सुरु गरेको व्यवसायीहरु लक्षित गरी संयुक्त सिविरमा करदाताको उल्लेख्य सहभागीता रहेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ।

शिविर थाहा नगर उद्योग वाणीज्य संघको  कार्यालय परिसरमा भैरहेको छ।

संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गरेको हो । सिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था सिविरमा हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत यो पटकको सिविरमा हुने भएको हो । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ । 
शिविरमा घरेलु उद्योग कार्यालयको समेत सेवा लिन सकिने छ।

यसैगरी, सिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध छ ।
 सिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइरहेको छ । 
नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ । 
शिविरमा थाहा नगरपालिकामा दर्ता नभएका व्यावसायि हरुले पनि व्यावसाय दर्ता गर्न सक्ने छन् ।

शिविर १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...