Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

आर्थिक खबर

थाहामा कर शिविर:- उत्साहजनक सहभागिता

1722505976535-1722505991.jpg

थाहा नगर उद्योग वाणिज्य संघले हिजो १६ गतेदेखि सुरु गरेको व्यवसायीहरु लक्षित गरी संयुक्त सिविरमा करदाताको उल्लेख्य सहभागीता रहेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ।

शिविर थाहा नगर उद्योग वाणीज्य संघको  कार्यालय परिसरमा भैरहेको छ।

संघले हरेक वर्ष झैँ यो वर्ष पनि आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले सिविरको आयोजना गरेको हो । सिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था सिविरमा हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत यो पटकको सिविरमा हुने भएको हो । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ । 
शिविरमा घरेलु उद्योग कार्यालयको समेत सेवा लिन सकिने छ।

यसैगरी, सिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध छ ।
 सिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइरहेको छ । 
नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ । 
शिविरमा थाहा नगरपालिकामा दर्ता नभएका व्यावसायि हरुले पनि व्यावसाय दर्ता गर्न सक्ने छन् ।

शिविर १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...