Tuesday, 30 Apr, 2024
आर्थिक खबर

थाहानगरमा संयुक्त कर शिविरः व्यवसाय दर्ता, नविकरण देखि विरगञ्ज र हेटौंडाको काम शिविरमै हुने

kar2-1691391401.jpg

मकवानपुरको थाहा नगरपालिकामा संयुक्त कर शिविर शुरु भएको छ । थाहानगर उद्योग वाणिज्य संघको कार्यालय चेम्बर चोकमा २१ साउनबाट उद्योग वाणिज्य संघ, थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय हेटौंडा, नापतौल विभागलगायतको संयुक्त सहकार्यमा शिविर शुरु भएको हो उद्योग वाणिज्य संघले आफ्ना सदस्य तथा उत्तरी मकवानपुरका व्यवसायीहरु लक्षित गरी हरेक वर्ष संयुक्त कर शिविरको आयोजना गर्दै आएको छ । शिविरमा आन्तरिक राजश्व कार्यालय अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ति विक्रीका लागि अन्तशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था शिविरमा भैरहेको छ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले अनिवार्य बायोमेट्रिक गर्नुपर्ने कार्य पनि शिविरबाटै हुने भएको छ ।

शिविरमा नेपाल गुणस्तर तथा नाप तौल विभागको तौल परीक्षण तथा एकिन कार्यको सेवामा ढक तथा तराजु, डिजिटल काँटा लगायतका नापतौल उपकरणहरु व्यवसायीहरुले प्रमाणिकरणको सेवालगायत व्यवसायीलाई आवश्यक सबै सेवाहरु शिविरमा उपलब्ध गराइएको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए । ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध छ । थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरी नयाँ सदस्यता वितरणका लागि समेत सेवा शिविरमा दिएको छ । शिविर २४ साउनसम्म संचालन हुनेछ ।

 


world-link-1690434568.jpg
पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...