pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहानगरपछि ललितपुरमा पनि शुरु भयो दिव्यताराको सेवा

dibyatara-1604310802.jpg

हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ललितपुर जिल्लामा पनि आफ्नो सेवा सुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच ललितपुरको धोबिघाटबाट सेवा सुरु गरेको हो । बागमती प्रदेशलाई नै कार्यक्षेत्र बनाएर अघि बढेको सहकारीको सेवा विस्तार गर्ने क्रममा ललितपुरबाट पनि सेवा सुरु गरेको जनाएको छ ।

सहकारीले गर्दै आएको काम र सहकारीको अवस्थाको विषयमा अध्यक्ष महालक्ष्मी डीना उपाध्यायले कार्यक्रमका सहभागीलाई जानकारी गराउनुभएको थियो । ‘२०५५ सालमा स्थापना भएको दिव्यताराले मकवानपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका थियौं । जिल्लामा ९ वटा शाखामार्फत सेवा दिँदै आएकोमा अब प्रदेशभरी सेवा दिन स्वीकृति पाएका छौं’, अध्यक्ष डीनाले भन्नुभयो, ‘ललितपुरबाट सेवा सुरु गरेका छौं ।

१९ गतेदेखि चितवनमा पनि कार्यालय सञ्चालन गरी सेवा दिँदैछौं । दिव्यतारालाई प्रदेशकै उत्कृष्ट सहकारी बनाउने हाम्रो उद्देश्य हो ।’ ललितपुरमा सन्तोष खड्कालाई सहकारीको संयोजक तोकिएको छ । मकवानपुरमा १० हजार शेयर सदस्य रहेको दिव्यताराले सामुदायिक रेडियो, रेडियो मकवानपुर, तेल उद्योग र उपभोक्ता सहकारी पसल सञ्चालन गरिरहेको छ भने गोलभेंडा प्रशोधन केन्द्र र सावुन उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सहकारीको कारोबार साढे ३ अर्ब रुपैयाँ रहेको छ भने एक अर्ब पुँजी रहेको छ ।

बहुउद्देश्यीय सहकारी भएकोले बहुआयामिक क्षेत्रमा काम गरिरहेको अध्यक्ष डीनाले जानकारी दिनुभएको छ । कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश कोइरालाले सहकारीको अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । ललितपुर जिल्ला संयोजक सन्तोष खड्काले दिव्यतारालाई मकवानपुरमा जस्तै सफल बनाउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका सचिव गणेश भेटवाल, कोषाध्यक्ष इश्वर पण्डित, कार्यसमिति सदस्य एवम् रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सल्लाहकार दिनेश उपाध्याय, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारी लगयातको आतिथ्यता थियो ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...