Sunday, 05 May, 2024
आर्थिक खबर

जिल्ला सहकारी संघ लि.को साधारण सभा सम्पन्न

322514710_900372767673829-1673101073.jpg
 मकवानपुर जिल्ला सहकारी संघ लि.हेटौंडाको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार बागमती प्रदेश सरकार, भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौंलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदनका साथै आ.ब. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन सहित कोषाध्यक्ष बिमलकुमार ढकालले प्रस्तुत गर्नुभएको २०७९/०८० को लागि ४ करोड २७ लाख २६ हजार २ सय ५३ रुपैंया बराबरको अनुमानित बजेट समेत पारित गरेको छ । साधारण सभाकै अवसरमा संघको कार्यक्रम संयोजकको रुपमा कार्यसम्पन्न गर्नुभएका शिवहरि दाहालाई दोसल्ला ओडाई प्रशंसापत्रले सम्मान गरिएको थियो । सभधारण सभामा राष्ट्रिय सहकारी माहासंघका पुर्व सञ्चालक एबं संघका निबर्तमान अध्यक्ष श्री बद्रि प्रसाद लम्साल, केन्द्रिय कृषि सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक एवं कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष श्री महेश्वर सुवेदी, प्रदेश सहकारी संघका सञ्चालक श्री मेनुका दहाल, प्रदेश सहकारी संघका सञ्चालक श्री बिमल कुमार ढकाल, प्रदेश कृषि सहकारी संघका सञ्चालक श्री बिमला कार्की, जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकबानपुर अध्यक्ष श्री रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि मकबानपुरका सचिव श्री विरेन्द्र प्रसाद ढुंगाना, राष्ट्रिय सहकारी बैक लि. हेटौडा शाखा प्रमुख श्री रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो । संघका सहसचिव शर्मिला श्रेष्ठले सञ्चालन गर्नुभएको सभामा संघका उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...