Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

आर्थिक खबर

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने

FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज
 हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उदेश्यसहित कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । सहकारीको आज भएको १५ औं बार्षिक साधारणसभामा यस्तो योजना सार्बजनिक गरिएको हो ।
 सहकारीका अध्यक्ष बिजयकुमार श्रेष्ठले सहकारीको मर्म र भावना अनुरुप शेयर सदस्यहरुलाई उद्यमी बनाउनको लागि पहल गर्दै बार्षिक कार्यक्रममा नै सकेटेको जानकारी दिनुभयो । उहाँले अबको दिनमा युवा, महिला सबैलाई स्वरोजगार बनाउदै राष्ट्रिय अर्थतन्त्रमा सहकारीले उल्लेख्य भुमिका निभाउने समेत उहाँको भनाई छ । सहकारीले यसपटक साधारणसभामा सहकारीभित्रकै सदस्यहरुलाई बोल्ने र प¥याप्त छलफल गर्न समय प्रदान गर्ने उदेश्यसहित प्रमुख एबम् बिशिष्ट अतिथीहरु नबोलाइएको बताउदै भन्नुभयो “हामीले मञ्चबाट भाषण गर्ने भन्दा पनि बार्षिक नीति तथा कार्यक्रममा तपाईहरुको सुझाब र आबश्यक्तालाई छलफलको बिषय बनाउनको लागि बाहिरी अतिथीहरु समेत बोलाएका छैनौ, हामीले परम्परागत निरन्तरता भंग गर्दै शेयर सदस्यहरुको भावना समेट्ने प्रयास गरेका हौं ।” उहाँले बार्षिक कार्यक्रमहरुमा ४ बर्षे रणनीतिक योजना बनाउदै सञ्चालक, सशकारीका महिला र कर्मचारी समेतको क्षमता अभिबृद्धी गर्दै उत्कृष्ट सहकारी बनाउने मात्र नभई सबल र समृद्ध शेयरधनी भएको सहकारी बनाउन जोड दिइएको जनाउनुभयो ।
  सहकारीको कूल शेयरपुंजी २ करोड ८१ लाख ४४ हजार रहेको सहकारीले जनाएको छ भने बचत रकम २६ करोड ७० लाख ३६ हजार ८ सय ३९ रुपैंया रहेको बताएको छ । त्यसैगरी ऋण लगानी तर्फ २६ करोड ५७ लाख ५९ हजार २ सय ३१ रुपैंया रहेको छ भने ब्याज आम्दानी ३ करोड २६ लाख ५७ हजार ५ सय २१ रुपैंया रहेको बताइएको छ । सहकारीले यसबर्ष बिमा योजना लागु गर्ने, क्यु आर कोड प्रबिधी लागु गर्ने लगाएतको कार्यक्रम संचालनमा ल्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार सहकारीको दुई हजार सात सय ९९ जना शेयर सदस्य रहेका छन् ।
 कार्यक्रममा निबर्तमान अध्यक्ष श्यामकुमार श्रेष्ठ, उत्कृष्ट बचतकर्ता, कर्मचारी, ऋणी लगाएतलाई सम्मानपत्र, दासल्ला र करुवा सहितले सम्मान गरिएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ औं बार्षिक साधारणसभामा अध्यक्ष, सचिब, कोषाध्यक्ष र लेखासमितिको प्रतिबेदनमाथी छलफल गर्नुको साथै अडिटरको सुझाबलाई समेत समेट्ने प्रतिबद्धता गरिएको थियो ।

mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...