pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

चेतनशील महिला सहकारीको कारोबार दुई करोड नाघ्यो।

FB_IMG_1734001459707-1734001485.jpg

थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो २० औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष शकुन्तला गोपालीको सभापतित्वमा साधारणसभा सम्पन्न भयको हो ।
प्रमुख अतिथी थाहा नगरपालिकाका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले उद्घाटन गरेको साधारणसभामा वडा न ३ का कार्यवाहक अध्यक्ष कविता बिष्ट, थाहा नगरपालिका महिला बालबालिका शाखाका प्रमुख प्रतिमा मोक्तान, पालुग बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक राजन मिश्र ,फरक सोचक अध्यक्ष यादव जंग रायमाझी ,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी ,लालीगुराँस महिला बहुउद्देश्यीयका प्रतिनिधी नानीछोरी प्रधान,पाथिभरा बचतका अध्यक्ष नवराज कार्कीले शुभकामना दिएका थिए।
साधारणसभामा सुभकामना मन्तव्य दिदै प्रमुख अतिथी अस्मिता तिवारी घिमिरेले सस्थाले आर्थिक कारोबार लाई मात्र जोड नदिइ थाहा नगरमा हुने महिला हिंसाको विरुद्धमा पनि बिगत १९ बर्ष देखि निरन्तर लागिरहेकोमा आभार ब्यक्त गर्दै ,आगामी दिन मा पनि महिलाको आर्थिक स्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने बताउदै तेस्का लागि थाहा नगर सहकारी शाखा सदैब सहयोग गर्ने बताउनु भयो।

सस्था का अध्यक्ष शकुन्तला गोपालीले आफ्नो प्रतिबेदन पेश गर्दै सहकारीको निति नियम भित्र रहि निस्वार्थ रुपले कर्तव्य निष्ठ भै सस्था अगाडि बढाउदै समाजको आर्थिक सास्कृतिक रुपान्तरणको अभियान मा सम्लग्न रहिरहने बताउनु भयो ।
 सस्थाको वार्षिक  को प्रतिबेदन पेस गर्दै अध्यक्ष गोपालीले संस्थाको सेयर पुँजी ३२ लाख ५७ हजार १ सय पुगेको र जगेडा कोष २० लाख ७० हजार ९सय ७९ रुपैयाँ ,बचत हिसाब १ करोड ४८ लाख ६२ हजार ३ सय ६६ र जोखिम व्यहोर्ने कोष  १ लाख  ७० हजार ४ सय ३२ रुपैयाँ सहित संस्थाको कुल कारोबार २ करोड ३० लाख ९३ हजार ४ सय ८९ रुपैयाँ  रहेको प्रतिवेदन प्रस्तुत गरे ।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने जेष्ठ सदस्यहरु जेष्ठ सदस्य थाहा ४ जुन कुमारी बल,बसुनमाया भोम्जन थाहा ५,सानीमाया बर्तौला थाहा ३,अम्बिका खत्री थाहा ३,चरीमाया थिङ थाहा ५ लाई सम्मान गरिएको थियो।
सम्मान गरिएको साधारणसभाको कार्यक्रम संस्थाका सचिव राजी बस्नेतले गरेकी थिइन।
हाल संस्थामा ४१२ सदस्य,२७ समूह,३३ किशोरी समूह र दैनिक कारोबार गर्ने सदस्य संख्या ९६ जना रहेको छ।
साधारणसभामा सचिव गीता बिष्टले आर्थिक बर्ष २०८०/०८१ मा गरेका कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष कल्पना बिष्टले संस्थाले १ करोड ५९ लाख ९० हजार ऋण लगानी र १ करोड ४८ लाख ६२ हजार बचत हिसाब सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

FB_IMG_1734001466227-1734001485.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...