udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

आर्थिक खबर

चेतनशील महिला सहकारीको कारोबार दुई करोड नाघ्यो।

chetan1-1705660002.jpg

थाहा नगरपालिका ३ मा रहेको चेतनशील महिला बहुउद्देश्यीय सहकारीले आफ्नो १९ औ साधारणसभा सम्पन्न गरेको छ। विकास घरको सभाहलमा आज सस्थाका अध्यक्ष शकुन्तला गोपालीको सभापतित्वमा साधारणसभा सम्पन्न भयको हो ।
प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेको साधारणसभामा वडा न ३ का अध्यक्ष हिरेन्द्र ,सहकारी साखा थाहा नगरका प्रमुख अस्मिता तिवारी घिमिरे , पालुग बहुउद्देश्यीय सहकारीका सदस्य रिता कार्की, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका सरोज रायमाझी,फरक सोचक अध्यक्ष यादव जंग रायमाझी ,दामन चेली समाजका पुर्व अध्यक्ष जयन्ती रायमाझी , लालीगुराँस महिला बहुउद्देश्यीयका प्रतिनिधी तथा पत्रकार हरूकाे उपस्थिति रहेको थियो।
साधारणसभामा सुभकामना मन्तव्य दिदै प्रमुख अतिथी बिष्णु बिष्टले सस्थाले आर्थिक कारोबार लाई मात्र जोड नदिइ थाहा नगरमा हुने महिला हिंसाको विरुद्धमा पनि बिगत १९ बर्ष देखि निरन्तर लागिरहेकोमा आभार ब्यक्त गर्दै ,आगामी दिन मा पनि महिलाको आर्थिक स्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने बताउदै तेस्का लागि स्थानीय सरकारले सदैब सहयोग गर्ने बताउनु भयो ।

सस्था का अध्यक्ष शकुन्तला गोपालीले आफ्नो प्रतिबेदन पेश गर्दै सहकारीको निति नियम भित्र रहि निस्वार्थ रुपले कर्तव्य निष्ठ भै सस्था अगाडि बढाउदै समाजको आर्थिक सास्कृतिक रुपान्तरणको अभियान मा सम्लग्न रहिरहने बताउनु भयो ।
तेसै गरि सस्थाको कोषाध्यक्ष कल्पना बिष्टले सस्थाको  आर्थिक कारोबार को प्रतिबेदन पेस गर्दै संस्थाको सेयर पुँजी ३२ लाख १५ हजार ३ सय पुगेको र जगेडा कोष २ लाख ६२ हजार १ सय ७२ रुपैयाँ ,बचत हिसाब १ करोड ३८ लाख ६५ हजार र ऋण लगानी १ करोड ५२ लाख १ हजार ५ सय रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरे ।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने हरु उत्कृष्ट कर्जा तर्फ सन्ध्या नेपाल,उत्कृष्ट बाल बचत प्राप्ति बिष्ट,उत्कृष्ट बचत रुपा केसी र उत्कृष्ट समूह शुभकामना समूह लाई सम्मान गरिएको साधारणसभाको कार्यक्रम संस्थाका सहसचिव मिरा खड्का रायमाझीले गरेकी थिइन।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...