gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

चन्द्रागिरी डाँडामा बौद्ध बिहार, उता स्वयम्भू यता ऋषेश्वर

कुमार नेगी
थाहा नगरपालिकाको वडा नं. ९ को चन्द्रागिरी डाँडामा रहेको चि बहाः अर्थात्  विहार अहिले चर्चामा छ । चित्लाङ–थानकोट सडक फराकिलो बनाउने क्रममा चिः बहा अझै अग्लो भन्ज्याङमा प्रतिस्थापन गरिएपछि यसको पुनः चर्चा शुरु भएको हो । करिब एक सय वर्ष अघि निर्माण गरिएको चि बहाःलाई समुद्र सतहदेखि २५५१ मिटरको उचाइमा प्रतिस्थापन गरिएको स्थानीय बुद्धरत्न मानन्धरले बताउनु भयो । 

के हो चि बहाः ?
सेतोपाटीका सम्पादक सुदिप श्रेष्ठका अनुसार नेपाल भाषामा ‘चि’ भनेको रूखको एक प्रजाति बुझिन्छ । मध्यकालीन नेवार वास्तुशास्त्रको एक दस्तावेजमा ‘चेशिन’ भन्ने रूखको प्रसंग छ, जसलाई ‘देवदारू’ जत्तिकै बलियो भनिएको छ । अंग्रेजीमा ‘ब्लू पाइन’ भनिने यो रूखको वैज्ञानिक नाम ‘पाइनस वल्लीचियना’ हो, जुन १८ सयदेखि ४३ सय मिटर उचाइमा पाइन्छ र ३० देखि ५० मिटर अग्लो हुन्छ । ओसिलो ठाउँमा कुनै संरचना बनाउनुपर्दा यही रूख प्रयोग गर्न सिफारिस नै गरिएको छ । 

बौद्धमार्गीहरु चि बहाः मा पुगेर एकैपटक काठमाण्डौंको स्वयम्भू र मकवानपुरको ऋषेश्वरको दर्शन गर्न सक्छन् । एउटा बौद्धस्थलमा बसेर नजिकैबाट महाचैत्य(स्वयम्भू) र पद्म संभवको तपस्थल ऋषेश्वरको दर्शन गर्न पाउनुलाई पर्यटकहरुले महत्वको रुपमा लिन सक्छन् ।

त्यसैगरी अरुण बरालद्वारा सम्पादित अनलाइखबरका अनुसार ‘बहाः’ संस्कृत भाषाको ‘विहार’ शब्दबाट आएको हो । यी बहाःहरू तीन दिशातिर घेरिएका हुन्छन् । हरेक बहाःमा केही न केही मूर्ति हुन्छन् । विहार बौद्ध धर्मावलम्बीको साधना स्थल हो । विशेषतः लिच्छवी र मल्ल कालका शाक्य र बज्राचार्य परिवारका भिक्षुहरूले बसोबास, प्रार्थना तथा ध्यानका लागि विहारको प्रयोग गर्दथे ।

यसरी नेपाल भाषाको दृष्टिकोणबाट हेर्दा बलिया रुखहरुको बीचमा रहेकोले चित्लाङको बिहारलाई चि बहाः भनिएको हुनसक्छ । 

बोधी टिभीमा प्रकाशित रजनी शाक्यको ‘श्रीघः चैत्यको रोचक इतिहास’ लेखमा जनाइए अनुसार पाली भाषामा चैत्यलाई चेतिय भनिन्छ । चेतिय शब्द संस्कृतको ‘चि’ धातुबाट बनेको हो जसको अर्थ नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर ध्यान गर्नु भन्ने हुन्छ । भिक्षु सुदर्शनद्वारा लिखित तथा राजेन मानन्धरद्वारा अनुदित पुस्तक ‘चैत्यपूजा’ का अनुसार यसैको लागि निर्माण गरिएको स्मारकलाई चेतिय भनिन्छ । यसरी पनि चि बहाः भनिएको अनुमान गर्न सकिन्छ । 

चित्लाङ क्षेत्रमा निर्माण गरिएको बिहार भएकोले चित्लाङको संक्षिप्त रुप ‘चि’बाट चि बहाः भनिएको पनि अनुमान गर्न सकिन्छ । 

काठमाडौं बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो । तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो । 

ऐतिहासिक सन्दर्भ
चित्लाङका स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरका अनुसार चन्द्रागिरीको चि बहाः करिब एक सय वर्षअघि निर्माण गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकोत्तर गर्नुभएकी अनिता मानन्धरका अनुसार नेपालमा करिब एक सय वर्षअघि थेरवादको पुनरागमन भएको थियो । थेरबाद भिक्षुहरुको प्रभावमा परेर करिब सय वर्षअघि चि बहाः निर्माण गरिएको हुनसक्छ । 

सुदिप श्रेष्ठका अनुसार काठमाडौं उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो । भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरू तथा शिष्य तिब्बत जान काठमाडौंकै बाटो प्रयोग गर्थे । तिब्बतका लामागुरू तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा पढ्न जान्थे । काठमाडौं बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो । तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो । 

अनिता मानन्धरका अनुसार भगवान् बुद्धको महापरिनिर्वाणको करिब २१८ वर्षपछि मौर्य सम्राट अशोकको उदय भएको थियो । बौद्ध कला निर्माण कार्यमा मौर्यकालको उल्लेखनीय योगदान रहेको छ । अशोकले ८४ हजार स्तूपहरू बनाएका थिए । किरातकालीन राजा स्थुंकाको शासनकालमा सम्राट अशोक आफ्नी छोरी चारुमतीका साथ काठमाडौँ आएका थिए । त्यतिबेला सम्राट अशोकले उपत्यकाको चारै दिशामा र केन्द्रमा गरी पाँचवटा स्तुप बनाएको इतिहास पाइन्छ । यसले चित्लाङ हुँदै काठमाण्डौं जाने मार्ग र सो वरपर इसापूर्व कालदेखि बौद्ध धर्मको प्रभाव परेको देखिन्छ । 

पर्यटकीय सम्भावना
प्रचारप्रसारमा ध्यान दिने हो भने चि बहाः थाहानगरको अर्को गन्तव्य बन्न सक्छ । पछिल्लोपटक दामनमा निर्मित नेपालकै लामो फलामे भ¥याङ, टिस्टुङको नोर्बु(नर्बे) ढुंगा, इन्द्रसरोबरको ठाडोखोला झरना, घर्तिखोलाको भकारी ढुंगा, नयाँगाउँको नयागाउँ झरना आदि प्रचारप्रसारकै कारण पर्यटनको आकर्षणको केन्द्र बन्दै गएका छन् । चन्द्रागिरीमा चि बहाः नजिकै पर्यटकीय हिल स्टेशन निर्माण भइरहनु र नजिकै भालेश्वर शक्तिपीठ रहनुले पनि एकीकृत रुपमा चन्द्रागिरीमा पर्यटन प्रवर्धन हुनसक्छ । सामान्यतया बिहारहरु बौद्धमार्गीहरुको साधना स्थल भए पनि अहिले बौद्ध स्मारकको रुपमा परिणत भइरहेका छन् । स्मारककै रुपमा यसको संरक्षण गर्दा पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्छ । 

बौद्धमार्गीहरु चि बहाः मा पुगेर एकैपटक काठमाण्डौंको स्वयम्भू र मकवानपुरको ऋषेश्वरको दर्शन गर्न सक्छन् । एउटा बौद्धस्थलमा बसेर नजिकैबाट महाचैत्य(स्वयम्भू) र पद्म संभवको तपस्थल ऋषेश्वरको दर्शन गर्न पाउनुलाई पर्यटकहरुले महत्वको रुपमा लिन सक्छन् । विकिपिडियाका अनुसार काठमाण्डौैं उपत्यकामा पानी भरिएको बेलामा बिपस्वी बुद्ध आएर नागार्जुनको टुप्पोमा बसी तपस्या गर्नुभएको थियो । उहाँले चन्द्रागिरीतिर फर्किएर मन्त्र गरी कमलको फूल रोप्नु भएको थियो । सोही कमलको फूलमा स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ । 

त्यस्तै बौद्धमार्गीहरुले अत्यन्त महत्वपूर्ण पवित्र गुम्बाको रुपमा लिने छुमी झ्याङ्छुप(ऋषेश्वर)मा पद्म सम्भव आठौं सताव्दितिर ध्यान गरी बस्नु भएको थियो । तिब्बतमा बुद्ध धर्मको विस्तार गर्ने क्रममा शक्ति सञ्चय गर्न नेपालको हलेसी, मुक्तिनाथ, रसुवा, नुवाकोट लगायत पहाडी निर्जन स्थानहरुमा ध्यान गर्ने क्रममा उहाँ ऋषेश्वर वनको टाकुरामा आउनुभएको थियो । फूर्वाको प्रयोगले पहाडको टुप्पामा रहेको पहरा फोरेर पानी निकालेको किंबदन्ती बौद्धजनमा प्रचलित छ ।

यति महत्व बोकेका स्वयम्भू र छुमीझ्याङ्छुपलाई चिः बहामा बसेर दर्शन गर्न पाइने भएपछि पर्यटकहरुको लागि यो महत्वपूर्ण आकर्षणको सन्दर्भ हुन सक्छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...