pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चन्द्रागिरी डाँडामा बौद्ध बिहार, उता स्वयम्भू यता ऋषेश्वर

कुमार नेगी
थाहा नगरपालिकाको वडा नं. ९ को चन्द्रागिरी डाँडामा रहेको चि बहाः अर्थात्  विहार अहिले चर्चामा छ । चित्लाङ–थानकोट सडक फराकिलो बनाउने क्रममा चिः बहा अझै अग्लो भन्ज्याङमा प्रतिस्थापन गरिएपछि यसको पुनः चर्चा शुरु भएको हो । करिब एक सय वर्ष अघि निर्माण गरिएको चि बहाःलाई समुद्र सतहदेखि २५५१ मिटरको उचाइमा प्रतिस्थापन गरिएको स्थानीय बुद्धरत्न मानन्धरले बताउनु भयो । 

के हो चि बहाः ?
सेतोपाटीका सम्पादक सुदिप श्रेष्ठका अनुसार नेपाल भाषामा ‘चि’ भनेको रूखको एक प्रजाति बुझिन्छ । मध्यकालीन नेवार वास्तुशास्त्रको एक दस्तावेजमा ‘चेशिन’ भन्ने रूखको प्रसंग छ, जसलाई ‘देवदारू’ जत्तिकै बलियो भनिएको छ । अंग्रेजीमा ‘ब्लू पाइन’ भनिने यो रूखको वैज्ञानिक नाम ‘पाइनस वल्लीचियना’ हो, जुन १८ सयदेखि ४३ सय मिटर उचाइमा पाइन्छ र ३० देखि ५० मिटर अग्लो हुन्छ । ओसिलो ठाउँमा कुनै संरचना बनाउनुपर्दा यही रूख प्रयोग गर्न सिफारिस नै गरिएको छ । 

बौद्धमार्गीहरु चि बहाः मा पुगेर एकैपटक काठमाण्डौंको स्वयम्भू र मकवानपुरको ऋषेश्वरको दर्शन गर्न सक्छन् । एउटा बौद्धस्थलमा बसेर नजिकैबाट महाचैत्य(स्वयम्भू) र पद्म संभवको तपस्थल ऋषेश्वरको दर्शन गर्न पाउनुलाई पर्यटकहरुले महत्वको रुपमा लिन सक्छन् ।

त्यसैगरी अरुण बरालद्वारा सम्पादित अनलाइखबरका अनुसार ‘बहाः’ संस्कृत भाषाको ‘विहार’ शब्दबाट आएको हो । यी बहाःहरू तीन दिशातिर घेरिएका हुन्छन् । हरेक बहाःमा केही न केही मूर्ति हुन्छन् । विहार बौद्ध धर्मावलम्बीको साधना स्थल हो । विशेषतः लिच्छवी र मल्ल कालका शाक्य र बज्राचार्य परिवारका भिक्षुहरूले बसोबास, प्रार्थना तथा ध्यानका लागि विहारको प्रयोग गर्दथे ।

यसरी नेपाल भाषाको दृष्टिकोणबाट हेर्दा बलिया रुखहरुको बीचमा रहेकोले चित्लाङको बिहारलाई चि बहाः भनिएको हुनसक्छ । 

बोधी टिभीमा प्रकाशित रजनी शाक्यको ‘श्रीघः चैत्यको रोचक इतिहास’ लेखमा जनाइए अनुसार पाली भाषामा चैत्यलाई चेतिय भनिन्छ । चेतिय शब्द संस्कृतको ‘चि’ धातुबाट बनेको हो जसको अर्थ नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर ध्यान गर्नु भन्ने हुन्छ । भिक्षु सुदर्शनद्वारा लिखित तथा राजेन मानन्धरद्वारा अनुदित पुस्तक ‘चैत्यपूजा’ का अनुसार यसैको लागि निर्माण गरिएको स्मारकलाई चेतिय भनिन्छ । यसरी पनि चि बहाः भनिएको अनुमान गर्न सकिन्छ । 

चित्लाङ क्षेत्रमा निर्माण गरिएको बिहार भएकोले चित्लाङको संक्षिप्त रुप ‘चि’बाट चि बहाः भनिएको पनि अनुमान गर्न सकिन्छ । 

काठमाडौं बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो । तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो । 

ऐतिहासिक सन्दर्भ
चित्लाङका स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरका अनुसार चन्द्रागिरीको चि बहाः करिब एक सय वर्षअघि निर्माण गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकोत्तर गर्नुभएकी अनिता मानन्धरका अनुसार नेपालमा करिब एक सय वर्षअघि थेरवादको पुनरागमन भएको थियो । थेरबाद भिक्षुहरुको प्रभावमा परेर करिब सय वर्षअघि चि बहाः निर्माण गरिएको हुनसक्छ । 

सुदिप श्रेष्ठका अनुसार काठमाडौं उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो । भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरू तथा शिष्य तिब्बत जान काठमाडौंकै बाटो प्रयोग गर्थे । तिब्बतका लामागुरू तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा पढ्न जान्थे । काठमाडौं बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो । तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो । 

अनिता मानन्धरका अनुसार भगवान् बुद्धको महापरिनिर्वाणको करिब २१८ वर्षपछि मौर्य सम्राट अशोकको उदय भएको थियो । बौद्ध कला निर्माण कार्यमा मौर्यकालको उल्लेखनीय योगदान रहेको छ । अशोकले ८४ हजार स्तूपहरू बनाएका थिए । किरातकालीन राजा स्थुंकाको शासनकालमा सम्राट अशोक आफ्नी छोरी चारुमतीका साथ काठमाडौँ आएका थिए । त्यतिबेला सम्राट अशोकले उपत्यकाको चारै दिशामा र केन्द्रमा गरी पाँचवटा स्तुप बनाएको इतिहास पाइन्छ । यसले चित्लाङ हुँदै काठमाण्डौं जाने मार्ग र सो वरपर इसापूर्व कालदेखि बौद्ध धर्मको प्रभाव परेको देखिन्छ । 

पर्यटकीय सम्भावना
प्रचारप्रसारमा ध्यान दिने हो भने चि बहाः थाहानगरको अर्को गन्तव्य बन्न सक्छ । पछिल्लोपटक दामनमा निर्मित नेपालकै लामो फलामे भ¥याङ, टिस्टुङको नोर्बु(नर्बे) ढुंगा, इन्द्रसरोबरको ठाडोखोला झरना, घर्तिखोलाको भकारी ढुंगा, नयाँगाउँको नयागाउँ झरना आदि प्रचारप्रसारकै कारण पर्यटनको आकर्षणको केन्द्र बन्दै गएका छन् । चन्द्रागिरीमा चि बहाः नजिकै पर्यटकीय हिल स्टेशन निर्माण भइरहनु र नजिकै भालेश्वर शक्तिपीठ रहनुले पनि एकीकृत रुपमा चन्द्रागिरीमा पर्यटन प्रवर्धन हुनसक्छ । सामान्यतया बिहारहरु बौद्धमार्गीहरुको साधना स्थल भए पनि अहिले बौद्ध स्मारकको रुपमा परिणत भइरहेका छन् । स्मारककै रुपमा यसको संरक्षण गर्दा पनि पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्छ । 

बौद्धमार्गीहरु चि बहाः मा पुगेर एकैपटक काठमाण्डौंको स्वयम्भू र मकवानपुरको ऋषेश्वरको दर्शन गर्न सक्छन् । एउटा बौद्धस्थलमा बसेर नजिकैबाट महाचैत्य(स्वयम्भू) र पद्म संभवको तपस्थल ऋषेश्वरको दर्शन गर्न पाउनुलाई पर्यटकहरुले महत्वको रुपमा लिन सक्छन् । विकिपिडियाका अनुसार काठमाण्डौैं उपत्यकामा पानी भरिएको बेलामा बिपस्वी बुद्ध आएर नागार्जुनको टुप्पोमा बसी तपस्या गर्नुभएको थियो । उहाँले चन्द्रागिरीतिर फर्किएर मन्त्र गरी कमलको फूल रोप्नु भएको थियो । सोही कमलको फूलमा स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ । 

त्यस्तै बौद्धमार्गीहरुले अत्यन्त महत्वपूर्ण पवित्र गुम्बाको रुपमा लिने छुमी झ्याङ्छुप(ऋषेश्वर)मा पद्म सम्भव आठौं सताव्दितिर ध्यान गरी बस्नु भएको थियो । तिब्बतमा बुद्ध धर्मको विस्तार गर्ने क्रममा शक्ति सञ्चय गर्न नेपालको हलेसी, मुक्तिनाथ, रसुवा, नुवाकोट लगायत पहाडी निर्जन स्थानहरुमा ध्यान गर्ने क्रममा उहाँ ऋषेश्वर वनको टाकुरामा आउनुभएको थियो । फूर्वाको प्रयोगले पहाडको टुप्पामा रहेको पहरा फोरेर पानी निकालेको किंबदन्ती बौद्धजनमा प्रचलित छ ।

यति महत्व बोकेका स्वयम्भू र छुमीझ्याङ्छुपलाई चिः बहामा बसेर दर्शन गर्न पाइने भएपछि पर्यटकहरुको लागि यो महत्वपूर्ण आकर्षणको सन्दर्भ हुन सक्छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...