pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु

1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास आयोजना निर्माणका लागि स्थानीय राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्तरक्रिया शुरु भएको छ । २७ वैशाखमा नगरस्तरीय राजनीतिकदलहरुसंग छलफल गरेको पालिकाले १ जेठमा वडाध्यक्षहरु सहित दलहरुसंग छलफल भएको छ । 
नगरपालिकाको १२ वटै वडाबाट संघ तथा प्रदेशमा माग गर्ने योजनाहरुलाई साझा बनाउन १ जेठको बैठकमा विशेष छलफल भएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । नगरपालिकामा भएको छलफलमा वडाध्यक्षहरुले आवश्यकता र प्राथमिकताको आधारमा योजनाहरु नगरपालिकामा संकलन गरेको विषयमा समेत छलफल भएको थियो । नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशसंग माग गर्ने योजनाहरु सबैको साझा योजना हुने सहभागीहरुले प्रतिक्रिया दिएका छन् । 
छलफलमा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले अब पालिकाको ‘ब्राण्ड’ क्लियर गरेर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । ‘कृषि र पर्यटन मुख्य भनिरहँदा सँधै यि विषय छायाँमा पर्नु सकारात्मक हैन, यसलाई सुधारौं’–नगर सभापति जोशीले भने । एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले वडा तथा टोलबाट योजना माग गर्नेको संख्या धेरै रहेकोले प्राथमिकताको आधारमा नगरले सबैको तर्फबाट साझा योजना प्रदेश सरकार समक्ष माग गर्नुपर्ने बताए । उनले माग भएको सबै योजनालाई बजेट व्यवस्थापन गर्न स्रोत अपुग हुने भएकोले प्राथमिकताको आधारमा पेश भएका योजनामा बजेट विनियोजनका लागि एकीकृत रुपमा पहल गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामाले सडक निर्माण केन्द्रित योजनाहरु भन्दा फरक तरिकाले पनि योजना छनोट हुनुपर्ने सुझाव दिए । वडा तथा टोलबाट आएका योजनाहरु नै आफ्नो योजना भएको बताउँदै प्राथमिकताको आधारमा दलिय स्वार्थभन्दा माथि उठेर बजेट तथा कार्यक्रमका लागि सबैले साझा पहल गर्नुपर्ने लामाको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टी थाहानगरका अध्यक्ष जयराम खत्रीले युवा रोजगार, सीप विकास र अनुसन्धनात्मक कार्यक्रमहरु पनि योजनामा पर्नुपर्ने बताए । 
छलफलका क्रममा नगर प्रमुख विष्टले नगरपालिकाले प्रदेश सरकारसंग माग गर्ने योजना सबै दल र वडाको साझा योजनाको रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिए । थाहानगरको जुनसुकै वडाका लागि योजना छनोट भए पनि त्यो थाहामै हुने भएकोले भौगोलिक रुपले असन्तुष्टी व्यक्त नगर्न सबैलाई आग्रह गरे । उनले वडा, राजनीतिकदलहरु तथा आम नागरिकहरुबाट माग भइ आएका योजनाहरु प्रदेश सरकार समक्ष माग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थाहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन खालिङ, वडाध्यक्षहरु तथा पालिकाका शाखा प्रमुखहरुको समेत उपस्थिती थियो । 

 

1715698640622-1715698736.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...