jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य

1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।
बुधबार सहकारी सञ्चालन सम्वन्धी समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई संवोधन गर्दै मन्त्री बज्राचार्यले सहकारी सदस्यहरुको आर्थिक विकासको लागि महत्वपूर्ण रहेको बताउँदै सहकारीको सकारात्मक कुरालाई पनि प्रचारप्रसार गर्नुपर्ने बताए । केही खराव कार्य गरेका सहकारीका सञ्चालकहरुलाई कार्यबाहीको दायरामा ल्याई सदस्यहरुको बचत सुरक्षणको लागि सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री बज्राचार्यले बताए ।
बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गेष्ठीमा देवकोटाले सहकारीको विकास, प्रवद्र्धन र सुदृढिकरणमा सहकारीका सञ्चालकहरु अगाडि बढ्न जरुरी भएको बताए । उनले सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रीत गर्न सबैतहका सरकारले जोड दिनुपर्ने समेत बताए ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौडामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले सहकारीमा उत्पन्न समस्या समाधानको लागि सहकारी महाशाखा सक्रिय रहेको बताए ।
गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले ‘मकवानपुरमा सहकारीको अवस्था, 
सम्भावना र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा मकवानपुर जिल्ला सहकारी संघका लेखा समिति संयोजक खेमराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, नेफ्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख बिदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्लामा रहेका सहकारी संघ संस्थाका सञ्चालक समिति, लेखा समिति पदाधिकारीहरु र ब्यवस्थापकहरुको सहभागिता रहेको मकवानपुर जिल्लामा सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहलले जानकारी दिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...