Monday, 29 Apr, 2024
पर्यटन

पालुङगढी संरक्षण र प्रवर्द्धनको लागि वडा सरकार र स्थानीयको संयुक्त प्रयास

430983910_132579342477682-1709954573.jpg

मकवानपुर जिल्लाकै ३ गढी मध्य थाहा नगरपालिका वडा न २ मा रहेको ऐतिहासिक पालुङ गढी लाई पर्यटकिय गन्तव्य बनाउनको लागि अहिले वडा सरकार र स्थानीय हरुको संयुक्त पहलमा गढी सम्म जाने पैदल मार्ग तथा पिकनिक स्थलको काम धमाधम भैरहेको छ। वडा न २ ले पालुङ गढी संरक्षण र प्रवर्द्धनको लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरे संगै स्थानीयले समिती गठन गरेर काम थालेका हुन। पालुङ गढी पिकनिक स्पोर्ट निर्माण समिती गठन गरेर वडा बाट बिनियोजन भएको १५ लाख र स्थानीय श्रमदान २ लाख ५० हजार गरि १७ लाख ५० हजारको स्टमेट गरि १०० मिटर सिढी निर्माण कार्य थालनी गरेको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिए। थाहा २ गैरिगाउको ६० घरधुरीले प्रत्यक घरले ४ दिन श्रमदान गर्ने गरि काम गरिरहेको बताउदै १ सय मिटर कालो ढुङ्गाको सिडि,दायाँबायाँ फलामे बार र प्रत्यक बारको दुईभागमा १०० वटा फाइवरको फेम भएको बत्ती राखिने योजना रहेको अध्यक्ष कार्किले जानकारी दिए। अध्यक्ष कार्किका अनुसार बजेट जति सबै सिढिमा खर्छ हुने भएकोले पिकनिक स्थलमा खाना बनाउने ट्रस आदि भौतिक संरचना निर्माणको लागि सहयोगी दाताहरु लाई आग्रह गरिएको जानकारी दिदै अहिले सम्म हाल अस्ट्रेलियामा रहेका सुरेश थापा द्वारा ३५ हजार रुपैयाँ i love palung gadhi लेख्नको लागी, २० फिटको अग्लो फलामको पाता रहेको नेपालको झण्डाको लागि नेपाली सेनामा सेकेन्ड लेफ्टिलेन्ट रहेका प्रवेश बिष्ट द्वारा १५ हजार,फलामे कुर्चिको लागि गोविन्द कार्की द्वारा १० हजार,गढी जाने बाटोमा पुग्नको लागि बाटो निर्माणको लागि जग्गा पर्ने उद्दव रानामगर र रामशरण राना मगर द्वारा जग्गा उपलब्ध गराइ सहयोग भैसकेको बताए। अहिले भैरहेको कार्यको लागि सहयोग गर्न चाहने नगद वा जिन्सी जुन सुकै सामान वा नगद ६ हजार भन्दा माथी सहयोग गर्नेको नाम शिलालेखमा राखिने बताउदै चैत १० गते सम्म सहयोगिहरुले समितिमा सम्पर्क गर्न सकिने निर्माण समितिले जनाएको छ। पालुङ गढी संरक्षण समिती समेत गठन गरेर कार्य गरिरहेको यस ऐतिहासिक पालुङ गढी लाई पालुङ जेसिजले चिनाउन पहल गरेको थियो। पुरात्वात्तिक बिभागले समेत प्रमाणित गरिसकेको पालुङ गढिको विकासको लागि हाल तिव्र गतिमा काम भैरहेको समितिका अध्यक्ष कार्किले बताए।सहयोगको लागि ९८६१०१०८५१ ९८१२२४४६५८ मा सम्पर्क गर्न सकिने छ 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...