pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

मुख्यमन्त्री बानियाँद्वारा चित्लाङ हिल स्टेशनको उद्घाटन

FB_IMG_1766583987673-1766584998.jpg

मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको चित्लाङ 'भ्यू टावर' उद्घाटन गरिएको छ।
‎बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री बाँनियाँले चित्लाङ 'भ्यू टावर'को उद्घाटन गर्दै थाहा नगरपालिकाको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए । पर्यटकीय नगरीको पहिचान बनाउन सफल भएको थाहा नगरपालिकाको पर्यटन विकासमा विगतदेखि नै प्रदेश सरकारले सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै उनले पर्यटन क्षेत्रका पूर्वाधारहरु निर्माण गर्न सरकारले बजेट विनियोजन गर्दै आएको बताए ।

‎कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेश सरकारले आन्तरिक एव बाह्य पर्यटकहरु आकर्षित गर्न पर्यटन क्षेत्रमा लगानी गर्दै आएको बताए । थाहा नगरपालिकाका मेयर विष्णु विष्टले चित्लाङ 'भ्यू टावर'ले थाहा नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकहरु आकर्षित हुने विश्वास व्यक्त गरे । उक्त 'भ्यू टावर' संचालन गर्न प्रदेश सरकारले थाहा नगरपालिकालाई गत सातामात्र हस्तान्तरण गरेको थियो ।
‎संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा भ्यु टावरको सभाहलमा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,मन्त्रालयका सचिब दिपेन्द्र सुवेदी,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल,पर्यटन कार्यालयका प्रमुख रोशन श्रीवास्तव,जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली,वडा न ९ का अध्यक्ष राजकुमार बलामी,३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,वडा न ४ का अध्यक्ष नारायण लामा ,वडा न १२ का अध्यक्ष टिकाराम स्याङ्तान,नेपाली काङ्ग्रेस महासमिती सदस्य जयराम लामिछाने,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य इन्द्र श्रेष्ठ,पर्यटन बिज्ञ रामहरी लामिछाने  लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
‎भ्यूटावर सञ्चालन तथा व्यवस्थापनका लागि थाहा नगरपालिकासँग पर्यटन विकास आयोजनाले सम्झौता गरेको छ । सम्झौताअनुसार थाहा नगरपालिकाले उक्त भ्यू टावर सञ्चालन, उपयोग तथा व्यवस्थापनका लागि आफै वा अन्य संघसंस्था वा समितिलाई ठेक्कामा लगाउन सक्ने व्यवस्था छ । यसरी सञ्चालन गरिएको टावरबाट भएको आम्दानीको ३० प्रतिशत रकम बागमती प्रदेश सरकारका राजस्व खातामा अर्धवार्षिक रुपमा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

‎आम्दानीको ७० प्रतिशत रकम भने थाहा नगरपालिकाको हुने सम्झौता भएको छ । १० बुँदे सम्झौतामा पर्यटन प्रवर्द्धनबाहेकको उद्देश्यमा सो संरचना प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ ।

‎चित्लाङ भ्यू टावरको मर्मतसंभार गर्नुपर्ने अवस्था भएमा थाहा नगरपालिका समेतको प्रविधिको सहभागितामा तयार गरिएको लागत अनुमानबमोजिम एक पटकका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट गराउने सम्झौतामा उल्लेख छ ।

‎प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रमअन्तर्गत 'भ्यू टावर' निर्माण अघि बढाएको थियो । उक्त परियोजनामा 'भ्यू टावर'सँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । 'भ्यू टावर' निर्माण पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँमा गरिएको हो । यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा 'भ्यू टावर' निर्माण गरिसकेको छ ।

‎यी 'भ्यू टावर'हरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ लगानी गरेको छ । ११ वटा 'भ्यू टावर'मध्ये ५ वटा संचालनमा आइसकेको पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले बताए ।

FB_IMG_1766583999629-1766584998.jpg
FB_IMG_1766583991386-1766585014.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...