jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

थाहाको चन्द्रागिरी भञ्ज्याङ्ममा निर्मित भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण

InShot_20251210_182131670-1765438678.jpg

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको भ्युटावर औपचारिक रूपमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ। बुधबार आयोजित कार्यक्रममा पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तवले भ्युटावरको संरचना नगरप्रमुख विष्णु विष्टलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, नगर उपप्रमुख, वडाध्यक्षहरू तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो। 
हाललाई संरचना अनौपचारिक रूपमा हस्तान्तरण गरिए पनि छिट्टै नै उद्घाटन गरी संचालनमा ल्याउन पर्यटन विकास आयोजना हेटौंडा र थाहा नगरपालिकाबीच आवश्यक सम्झौता भइसकेको जनाइएको छ। सम्झौता अनुसार भ्युटावर संचालनबाट प्राप्त राजस्वको निश्चित हिस्सा प्रदेश सरकारलाई जानेछ।कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्युटावर संचालनमा आएपछि थाहा नगरको पर्यटकीय आकर्षण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा यसको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रदेश सरकारले थाहा नगरपालिका क्षेत्रका अन्य पर्यटन सम्भावनाहरूमा समेत काम अघि बढाउने स्पष्ट गरे ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६–२०७८) अन्तर्गत भ्युटावर निर्माणको काम अघि बढाएको थियो । उक्त परियोजनामा भ्युटावरसँगै क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको छ । परियोजनाको लागत दुई चरणमा मूल्य समायोजनसहित कुल पाँच करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ पुगेको छ ।
यससँगै प्रदेश सरकारले २०७६ सालदेखि हालसम्म १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरिसकेको छ । यी भ्युटावरहरू निर्माणमा प्रदेश सरकारले ३२ करोड ८४ लाख तीन हजार तीन सय ३९ रुपैयाँ खर्च गरेको छ।

InShot_20251210_183705599-1765438723.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...