himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्रिदै

476452976_152684619800488-1754553988.jpg

चिसो अनि स्वच्छ हावापानी र हिमशृङ्खलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्र्रिँदै गएको छ । हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो ।

पछिल्लो समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ । विशेषगरी गर्मी महिनामा यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ । हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, अग्र्यानिक खानाको स्वाद लिन तथा शुद्ध र चिसो हावा महसुस गर्न देश तथा विदेशका विभिन्न भागबाट पर्यटक यहाँ आइपुग्ने गरेका छन् । नेपालका तराई भू–भागमा गर्मी अत्यधिक हुने हुँदा चिसो वातावरण खोज्दै धेरैजसो आन्तरिक पर्यटक र छिमेकी देश भारतबाट समेत उल्लेख्य संख्यामा आगन्तुकहरू आउने गरेका छन् । पर्यटकहरू विशेषगरी गर्मी छल्न, शान्त वातावरणमा बस्न र हिमालका दृश्य अवलोकन गर्न यहाँ आउने गर्दछन् ।

यस्तै, जाडो महिनामा दामन र वरपरका क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको चाप अझ बढी हुने गर्दछ । साथै दामन क्षेत्र धार्मिक महत्वले पनि उत्तिकै महत्व बोकेको क्षेत्र हो । दामनमा रहेको ऋखेश्वर महादेव मन्दिरमा श्रावण महिनामा विशेष मेला लाग्दै आइरहेको छ । साथै एकादशी फागुपुर्निमा लगायतका पर्वहरूमा यस मन्दिरमा धार्मिक पर्यटकहरूको उल्लेख्य आवागमन हुने गरेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले बताए ।

वर्षमा ७—८ हजार पर्यटक दामन क्षत्रमा आउने गरेको बताए । स्थानीय सरकारसँगको समन्वयमा उक्त क्षेत्रका ब्यवसायीहरुले दामन पालङमा हिँउ खेल्नको लागि स्केटिङ पार्क तथा अन्य संरचनाहरूलाई व्यवस्थित डङ्गमा अगाडि बढाएर पर्यटनको विकासमा लागेको उनको भनाई छ । विगतका वर्षहरूमा पर्यटकको खचाखच आगमन हुने गरेको र पछिल्ला वर्षहरूमा सुकेको पर्यटन फेरि फस्टाउन थालेको अनुभव गरेको दामन घुम्न आएका पर्यटक बताउँछन् । दामन पालुङ क्षेत्रमा रहेका एतिहाँसिक संरचनाहरूलाई सरकार र स्थानीय निकायहरूले ध्यान पु¥याउन नसक्दा र प्रचार गर्न नसक्दा यहाँको पर्यटन जुन गतिमा मौलाउन पर्ने हो त्यो गति लिन नसकेको मकवानपुर मनहरि घर भएका पर्यटक शिवकुमार रिजाल बताउँछन् ।

स्थानीय व्यवसायीहरू पनि पर्यटक आगमन पुनः बढ्न थालेसँगै उत्साहित भएका छन् । होटल, होमस्टे तथा कृषि–पर्यटनसँग जोडिएका व्यवसायमा पुनः गति आउन थालेको उनीहरूको भनाइ छ । अर्कोतर्फ दामन–पालुङ क्षेत्र तरकारी उत्पादनमा देशकै एक प्रमुख स्रोतको रूपमा स्थापित हुँदै आएको छ । दैनिक झन्डै ५० टन तरकारी उत्पादन हुने यस क्षेत्रबाट काठमाडौँ, हेटौँडा, ललितपुर, भक्तपुर लगायतका सहरहरूमा नियमित रूपमा तरकारी आपूर्ति गरिँदै आएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...