jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

पर्यटन

मकवानपुर गढी पर्यटन विकास समितिको अध्यक्षमा न्यौपाने चयन

1748010290885-1748010382.jpg

हेटौँडा । मकवानपुर गढी पर्यटन  विकास समन्वय समितिको अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौँडामा भएको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानिया, कोषाध्यक्षमा शंकर बि.सी. र सह–सचिवमा अनिल पराजुली चयन  भएका हुन । समितिको सदस्यहरूमा क्रमशः एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका हुन । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन् । 

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिमा विभिन्न पदमा रही संस्थाको विकासमा योगदान पुर्याउनेहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । 

मकवानपुरको मकवानपुर गढी सहित ढुङ्गे गढी, बकैयामा रहेको अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी प्रचार प्रसारको अभावमा अझैँ ओझेलमा परेको अध्यक्ष न्यौपानेले बताए । उनले पालिका र नेपाली सेना सँग सहकार्य गरेर गढीको महत्वलाई अझैँ उजागर गर्ने प्रतिबद्धता जनाए ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...