pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

पर्यटन

थाहा नगरका रोहित कार्कीलाई पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२ प्रदान

FB_IMG_1763215834519-1763216086.jpg

समाजिक रुपान्तरणका लागि ‘नागरिक समाज’ले ‘पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट पर्यटन व्यवसायी रोहित कार्कीलाई प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा समाजले आयोजना गरेको कार्यक्रममा होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुरका प्रबन्ध निर्देशक कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ उद्योगी, व्यवसायी दीपक मल्होत्रा, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीका साथै चिकित्सक, सौन्दर्यविद्, कलाकार, उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको छ ।
सम्मानित हुने व्यक्तिहरूलाई हालै विघटित प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरले सम्मान गरेकी हुन् । उपसभामुख रानाले सम्मानित भएका सबैलाई बधाई तथा भविष्यमा सम्मान र अवार्डले थप उर्जा मिल्ने अपेक्षा लिएको बताएकी छिन् ।
समाजका अध्यक्ष यामबहादुर जि.सी.ले समानित हुने र अवार्ड पाउने व्यक्तिहरूलाई बधाई दिएका छन् । उनले भने, ‘समाजका व्यक्तिहरूको प्रतिभा पहिचान गरेर उहाँहरूको हौसला बढाउन हामीले सम्मान र अवार्ड प्रदान गर्दै आएका छौँ । आगामी दिनमा पनि हाम्रो कार्यक्रम जारी रहनेछ ।’
वरिष्ठ चिकित्सक डा.मनोरदिन सैयद संयोजकत्वको निर्णायक समितिको सिफारिसमा नागरिरक समाजले थाहा नगरपालिका वडा न २ अंगारेमा जन्मेका पर्यटन व्यवसायी कार्कीलाई ‘विशेष नागरिक पर्यटन अवार्ड २०८२’ प्रदान गरेको हो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg