pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

FB_IMG_1711028701408-1711704722.jpg

सिम्रन खड्का
थाहा÷एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् । 
चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरीबाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल–ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा शुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणिय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा बनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो ।
यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश बिष्टले परिकल्पना गरेको हुन् । बिष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट शिमभञ्ज्याङ पदमार्गले धेरै सम्भावना बोकेको छ । स्थानीय सरकारले ध्यानमा राखे यहाँ पर्यटकको ओइरो  लाग्थ्यो । स्थानीय होटल व्यबसायीहरुले सेवाको मूल्यमा एकरुपता र सेवामा ध्यान दिए रुट दिर्घकालिन रुपमा चल्छ  ।
चन्द्रागिरी हाईकिङ कम्युनिटिका अध्यक्ष प्रसन्न गोपालीका अनुसार यस पदमार्गको यात्रा निकै रोमान्चक भएको बताउनुभयो । उहाँले शान्त प्राकृतिक वातावरण यो पदमार्गको बिशेषता भएको बताए ।
स्थानिय सरकारले चासो दियर पथ संकेत, बाटोमा डसबिन,  ठाँउ ठाँउमा सूचना बोर्ड राखेमा पर्यटनको चहलपहल बढ्ने चन्द्रागिरी हाईकिङ कम्युनिटिका अभियान्ता प्रकाश गोपालीले बताए । उनले  थाहाको पर्यटकिय विकासको लागि चन्द्रागिरी हाईकिङ कम्युनिटिका हरपल साथ रहने पनि बताए ।
यस पदमार्ग शिखरकोटबाट धारापनीको पुरानो बस्ती  हुँदै ऋषेश्वर जंगल र खोलाको बाटोले छुट्टै प्राकृतिक आनन्द लिन सकिन्छ । यसैबिच  हिन्दु र बौद्ध धर्म मान्नेहरुको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, धार्मिक चुलो, तारेभिर अवलोकन पश्चात् मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ बजार, सिमभञ्ज्याङमै रहेको कृतिम ताल र ताल आसपाका बिभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतिय वनस्पति उद्यानमा वनस्पतिसंगै गुराँस अवलोकन, नेपालकै पहिलो भ्युटावर जहाँबाट नेपालको १४ भन्दा बढी हिमसृङ्खलाको दृष्यावलोकनसंगै दामनबाट ओराले लाग्दै नयाँगाउँ हुँदै यो पदयात्रा करिव १९ किलोमिटर दुरी पार गर्दै पुनः शिखरकोट आईपुगेपछि  समापन हुनेछ ।
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिव २ घण्टा बराबरको दुरीमा रहेको थाहा नगरले सहरको भिड, कोलाहलबाट रिफ्रेस हुने उपयुक्त गन्तब्यको रुपमा छुट्टै स्थान बनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...