himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

‘टिष्टुङ–कुन्छाल’ पदमार्गमा ह्याप्पी हाइकर(फोटो फिचर)

423735494_459215577100892-1707746319.jpg

फोटो,शब्द - गणेश बिष्ट 

मकवानपुरको पर्यटकीय नगरी थाहाको विभिन्न पदमार्ग मध्येको ‘टिष्टुङ–कुन्छाल’ पदमार्गमा ह्याप्पी हाइकर समूले पदयात्रा गरेका छन् । नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको रुट तय भएको यहाँ पर्यटकहरुका लागि फरक अनुभूति बटुल्न सकिन्छ । यहि अनुभवसहित ह्याप्पी हाइकर समूहले पदयात्रा गरेका हुन् । यस पदमार्गमा यात्रा गर्न कुन्छाल गाउँबाटै वा नजिकैको सरस्वती बजारबाट शुरु गर्न सकिन्छ । ह्याप्पी हाइकरले भने २७ माघ शनिबारको पदयात्रा थाहानगरको बज्रवाराही बजारबाट आरम्भ गरे । उनीहरु बज्रवाराही बजारबाट वाराहीचौर हुँदै नासपाति बगैँचा भ्रमण, कुन्छाल गाउँ अवलोकन, कुन्छालको गणेश मन्दिर दर्शन पश्चात् टिष्टुङ बनस्पतिको उद्यानमा पुगेका थिए । उद्यानमा विश्रामसहित ग्रामिण क्षेत्र र प्रकृतिको मनोरमताको यहाँबाट अवलोकन गर्न सकिन्छ । वनस्पती उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम, खेतीपातीको अवलोकन गर्दै गौखुरेश्वर महादेवको दर्शन यहि रुटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि ह्याप्पी आइकरको टोलीलाई अध्याय रिसोर्टले निःशुल्क जुस र पानीको व्यवस्था गरेको थियो । आफ्नो क्षेत्रमा आएका पर्यटकहरुलाई रिसोर्टले स्वागत र यस क्षेत्रको परिचय गराएको टोलीका गणेश विष्टले बताए । सोही रुटमा पर्ने उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गर्न भ्याएका टोलीलाई कोत दरबारको अवलोकनले ऐतिहासिक थलोको परिचय गराएको थियो । थाहानगरकै प्रमुख शक्तिपिठको रुपमा रहेको वाराही मन्दिर र संगैको चौरबाट पैदल जंगल सफारीको आकर्षण रहेको यस पैदल मार्गमा प्रकृति र पाहुनाको लुकामारी जस्तै भएको थियो । वाराही मन्दिरबाट उकालो लागेर पुगिने वाराही डाँडामा पुगेपछि पैदलयात्रीहरु सुस्ताउँदै सबै थकान मेटिएको अनुभव सुनाउँथे । निकै मनोरञ्जनात्मक र साहसी पैदल यात्री जस्तै अनुभव गर्न सकिने यस पदमार्गको दुरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जंगल सफारीसंगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । राजाराम फुयाँलको नेतृत्वको ह्याप्पी हाइकर समूहले २७ माघमा ३२ यात्रीले यो यात्रा पूरा गरेको छ । उनीहरु पदमार्गको यात्रा सकेपछि टिष्टुङ कटेजमा मौलिक र रैथाने खानाको स्वादसंगै विदा भएका छन् । फोटोग्राफर गणेश बिष्ट र कुन्छालका शिक्षक निराजन गोपालीले परिकल्पना गरेको ‘टिष्टुङ–कुन्छाल’ पैदलमार्ग अब तपाइ कहिले जाने त ?


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png