janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

पर्यटन

‘टिष्टुङ–कुन्छाल’ पदमार्गमा ह्याप्पी हाइकर(फोटो फिचर)

423735494_459215577100892-1707746319.jpg

फोटो,शब्द - गणेश बिष्ट 

मकवानपुरको पर्यटकीय नगरी थाहाको विभिन्न पदमार्ग मध्येको ‘टिष्टुङ–कुन्छाल’ पदमार्गमा ह्याप्पी हाइकर समूले पदयात्रा गरेका छन् । नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको रुट तय भएको यहाँ पर्यटकहरुका लागि फरक अनुभूति बटुल्न सकिन्छ । यहि अनुभवसहित ह्याप्पी हाइकर समूहले पदयात्रा गरेका हुन् । यस पदमार्गमा यात्रा गर्न कुन्छाल गाउँबाटै वा नजिकैको सरस्वती बजारबाट शुरु गर्न सकिन्छ । ह्याप्पी हाइकरले भने २७ माघ शनिबारको पदयात्रा थाहानगरको बज्रवाराही बजारबाट आरम्भ गरे । उनीहरु बज्रवाराही बजारबाट वाराहीचौर हुँदै नासपाति बगैँचा भ्रमण, कुन्छाल गाउँ अवलोकन, कुन्छालको गणेश मन्दिर दर्शन पश्चात् टिष्टुङ बनस्पतिको उद्यानमा पुगेका थिए । उद्यानमा विश्रामसहित ग्रामिण क्षेत्र र प्रकृतिको मनोरमताको यहाँबाट अवलोकन गर्न सकिन्छ । वनस्पती उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम, खेतीपातीको अवलोकन गर्दै गौखुरेश्वर महादेवको दर्शन यहि रुटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि ह्याप्पी आइकरको टोलीलाई अध्याय रिसोर्टले निःशुल्क जुस र पानीको व्यवस्था गरेको थियो । आफ्नो क्षेत्रमा आएका पर्यटकहरुलाई रिसोर्टले स्वागत र यस क्षेत्रको परिचय गराएको टोलीका गणेश विष्टले बताए । सोही रुटमा पर्ने उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गर्न भ्याएका टोलीलाई कोत दरबारको अवलोकनले ऐतिहासिक थलोको परिचय गराएको थियो । थाहानगरकै प्रमुख शक्तिपिठको रुपमा रहेको वाराही मन्दिर र संगैको चौरबाट पैदल जंगल सफारीको आकर्षण रहेको यस पैदल मार्गमा प्रकृति र पाहुनाको लुकामारी जस्तै भएको थियो । वाराही मन्दिरबाट उकालो लागेर पुगिने वाराही डाँडामा पुगेपछि पैदलयात्रीहरु सुस्ताउँदै सबै थकान मेटिएको अनुभव सुनाउँथे । निकै मनोरञ्जनात्मक र साहसी पैदल यात्री जस्तै अनुभव गर्न सकिने यस पदमार्गको दुरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जंगल सफारीसंगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । राजाराम फुयाँलको नेतृत्वको ह्याप्पी हाइकर समूहले २७ माघमा ३२ यात्रीले यो यात्रा पूरा गरेको छ । उनीहरु पदमार्गको यात्रा सकेपछि टिष्टुङ कटेजमा मौलिक र रैथाने खानाको स्वादसंगै विदा भएका छन् । फोटोग्राफर गणेश बिष्ट र कुन्छालका शिक्षक निराजन गोपालीले परिकल्पना गरेको ‘टिष्टुङ–कुन्छाल’ पैदलमार्ग अब तपाइ कहिले जाने त ?

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...