pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ग्रामीण पर्यटन सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न।

1734176381937-1734176507.jpg

थाहा नगरपालिकाको थाना बजारमा अबस्थित ग्रामीण पर्यटन ब्याबसायिक सहकारी सस्थाले आफ्नो १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शिखरकोटको बिकास घरमा संस्थाका अध्यक्ष शिबहरी बर्तौलाको सभापतित्वमा सप्पन्न साधारणसभामा थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता तथा निबर्तमान अध्यक्ष निरन्जन अधिकारीको विशिष्ट आतिथ्यता रहेको साधारणसभामा ,प्रेस सेन्टर थाहा नगर अध्यक्ष शम्भु अधिकारी ,थाहा ३ का वडा सदस्य सबिता सुनार संस्थापक उपाध्यक्ष प्रेम कुमार केसि, संस्थापक कोषाध्यक्ष इन्द्रध्वज अधिकारी ,उपाध्यक्ष गणेश लामा, लेखासमिती संयोजक राजाराम रायमाझी,कोषाध्यक्ष दिपा थापा,ऋण समिती संयोजक अच्युत केसी ,ब्यबस्थापक अमृता हमाल ,लगायतका उपस्तिथि रहेको थियो।

साधारणसभामा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष शिबहरी बर्तौलाले थोरै पुजिलाइ संस्थागत गरि ग्रामीण भेगमा संचालित पर्यटन ब्यबसाय ,कुटिर उद्योग ,होटल ब्यबसाय तथा हस्तकलाका सामाग्री उत्पादन गर्ने साना उद्योगहरुमा लगानी गरि पर्यटन ब्यबसायलाइ पर्बर्धन गर्नुनै सहकारिको उद्देश्य र लक्ष रहेको प्रष्ट पार्दै सहकारीले आगामी बर्षहरुमा पर्यटन बिकासका साथै सहकारी पसल स्थापना गरि सदस्यहरुलाइ सुपथ सामान उपलब्ध गराउने बताउनुभयो। 

सहकारी का सचिब प्रदिप केसि ले आफ्नो प्रतिबेदन पेश गर्दै सस्थाको सेयर रकम ५२ लाख ५० हजार ऋण लगानी १ करोड ३४ लाख ३ हजार तथा बैंक मौज्दात ५५ लाख ४६ हजार रहेको हिसाब पेस गर्नुभयो साथै वहाले आगामी बर्षहरुमा सेयर बढाउदै कारोबारलाइ अझ बिस्तारित बनाइने बताउदै संस्थाले सदस्यहरुको यथोचित आर्थिक वृद्धि गर्न शेयर वृद्धि ,तथा ऋण सुरक्षणका लागि विना धितो ऋण प्रवाह नगर्ने प्रस्ताव पेश गरेकोमा सभाले पारित गरेको थियो।
 साधारणसभामा संस्थाका कोषाध्यक्ष दिपा थापाले आफ्नो वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गदै संस्थाको वार्षिक करोबार १ करोड ६१ लाख पुगेको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको साधारण बचत,दैनिक बचत,आवधिक बचत लगायत अन्य खाता तथा ऋण लगानी र असुली नितिहरु संचालनमा आइरहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 
कार्यक्रमलाई शुभकामना दिनुहुदै प्रमुख अतिथि थाहा नगरपालिका सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरेले  सहकारी ले पर्यटन ब्यबसायमा लगानी गर्न ठोस एजेन्डा नहुदा समस्या रहेको बताउदै सदस्यहरुले पनि पर्यटन ब्यबसाय र आर्ग्यानिक कृषि उत्पादनमा जोड दिन र सहकारी ले पनि तेहि अनुरुप आफ्नो लगानी बढाइ थाहा नगरको आर्थिक उन्नति मा टेवा दिन अनुरोध गर्दै शुभकामना दिनुभयो।

सहकारी ले हाल थाहानगर र इन्द्रसरोबर को मार्खु मा आफ्नो सदस्य हरुलाइ सेवा दिदै आइरहेको छ भने संस्थामा हाल ७३८ सदस्य रहेको छ। 
साधारणसभाकै अवसर पारेर संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्य  हरुलाइ सम्मान गरिएको छ।

सम्मानित हुनेमा उत्कृष्ट कर्जा तर्फ थाहा ३ कि लक्ष्मी खत्री,थाहा ३ का मनलाल गोपाली र थाहा ४ का धुम्म बहादुर लामा लाई नगद सहित सम्मान गरियो भने,दैनिक बचत तर्फ थाहा ३ कि अन्जु मोक्तान,थाहा ३ कि कमला गोले,र थाहा ३ कै सुनिल गोले लाई सम्मान गरियको सभामा उत्कृष्ट विद्यार्थी बचत तर्फ थाहा ३ कि एरिका सेढाई लाई र उत्कृष्ट वृद्ध बचत सम्मान बाट थाहा ४ कि मायादेवी अधिकारी र अम्मर बहादुर खत्रीलाई सम्मान गरिएको थियो।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...