Sunday, 28 Apr, 2024
आर्थिक खबर

गौतमश्री संचालकको बिज्ञप्ति :-सम्पत्ति बेचेर भएपनी तिर्छु।

Screenshot_20220802-14391-1659430634.png

गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् ।
सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।
उनले कोभिड-१९ महामारीका कारण लगानी भएको केही कर्जामा समस्या रहेको स्वीकार गरेका छन् । ‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’ विज्ञप्तिमा भनिएको छ ।
उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएमा आफ्नो सम्पत्ति बिक्री गरेर भएपनि रकम भुक्तानी गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईंहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईंहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

Screenshot_20220802-14392-1659430637.png

world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...