Sunday, 19 May, 2024
शिक्षा

खुला विश्वविद्यालय के हो ? कसरी पढाई हुन्छ ?

open-1556255807.jpg

नेपालमा पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ । पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेका बिद्यार्थीहरुलाई लक्षित गरि यसै बर्ष देखि सुरु गरिएको खुला विश्वबिद्यालयमा बिद्यार्थीहरु जुनसुकै स्थानबाट पढ्न सक्नेछन् ।

नयाँ विषय र घरमै बसेर पढ्न सकिने भएकाले पनि यस विश्वविद्यालयमा बिद्यार्थीको आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी दिए ।

विधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ ।

सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ । विश्वविद्यालयले डेढ बर्षे पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रम अन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरेको छ ।

खुला विश्वबिद्यालय पढाइमा ४०६ विद्यार्थी भर्ना भएका छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने यस विश्वविद्यालयमा डिप्लोमा देखि पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल हुदै विद्यावारिधि सम्मको अध्ययन(अध्यापन हुनेछ । शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया भएको हुन्छ’ उपकुलति डा लेखनाथ शर्माले भने, ‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’ अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले जुनसुकै बेला र जुन सुकै समयमा पढ्नका लागि प्रयोग गर्न सकिनेछ । अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिनेछौँ जसले गर्दा शिक्षक र विद्यार्थीबीच आत्मीयता समेत बढाउन मद्दत हुनेछ’ डा. शर्माले भने । सरकारले सङ्घीय–संसद्बबाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिए । उनले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको पनि बताए ।

मान्यता कति छ ? : यस विश्वबिद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वबिद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सीनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा संका गरिरहनु पर्दैन । त्यसैले सरकारले खुलाएको बिज्ञापनमा स्वतस् यस विश्वबिद्यालयको प्रमाणपत्रद्वारा आबेदन दिन सकिन्छ । अनलाइन बाटै परीक्षा शुल्क तिर्न सकिने प्रबिधिको अधिकतम प्रयोग गर्दै यस विश्वबिद्यालयको भर्ना, परीक्षा लगायत शुल्क समेत अनलाइन बाटै तिर्न सकिनेछ । यहाँ पढ्दा लाग्ने खर्च समेत सरकारी विश्वबिद्यालयकै हाराहारीमा रहेको छ ।

परीक्षा कसरी लिइन्छ ? : पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने बिश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनु पर्ने हुन्छ । हाल बिश्वबिद्यालयले राखेको ७ ओटा सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।

पढ्न मन लागेमा के गर्ने ? : यस विश्वबिद्यालयमा पढाइ हुने बिषयको जानकारी बिस्वबिद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको बिषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरि यस बिश्वबिद्यालयको बिद्यार्थी बन्न सकिन्छ । हालस् फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।

सारांशमा भन्नुपर्दा खुला विश्वविद्यालयमा अध्ययन गर्नु समय र पैसा बचत दुवैको हिसाबले राम्रो छ । आधुनिक प्रबिधिको प्रयोग गर्दै घरमै बसेर पढ्ने नौलो अभ्यासको थालनी हुनु समग्र देश र बिद्यार्थी दुवैको लागि खुशीको कुरा हो । 

 

प्रस्तुति सौगात पोखरेल

www.bmnepal.com बाट साभार


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...