Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

खुला विश्वविद्यालय के हो ? कसरी पढाई हुन्छ ?

open-1556255807.jpg

नेपालमा पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण ह्वात्तै बढेको छ । पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्ने र वर्षाैँदेखि पढाइ छुटेका बिद्यार्थीहरुलाई लक्षित गरि यसै बर्ष देखि सुरु गरिएको खुला विश्वबिद्यालयमा बिद्यार्थीहरु जुनसुकै स्थानबाट पढ्न सक्नेछन् ।

नयाँ विषय र घरमै बसेर पढ्न सकिने भएकाले पनि यस विश्वविद्यालयमा बिद्यार्थीको आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा लेखनाथ शर्माले जानकारी दिए ।

विधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट सो अध्यायन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षा प्राप्तिको अवसर र पहुँच सबैमा पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्ने छ ।

सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून, विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायमा पढाइ हुने विश्वविद्यालयमा अहिले पाँच विषयमा पठनपाठन शुरु गरिएको छ । विश्वविद्यालयले डेढ बर्षे पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रम अन्तर्गत दूर तथा ‘इ–लर्निङ’मा पोष्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको इ–गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरेको छ ।

खुला विश्वबिद्यालय पढाइमा ४०६ विद्यार्थी भर्ना भएका छन् । प्रवेश परीक्षाका लागि आठ सय विद्यार्थीले फाराम भरेका थिए । इन्टरनेटका माध्यमबाट अध्ययन गराइने यस विश्वविद्यालयमा डिप्लोमा देखि पोष्ट ग्य्राजुएट, स्नातकोत्तर, एमफिल हुदै विद्यावारिधि सम्मको अध्ययन(अध्यापन हुनेछ । शिक्षकले अनलाइन भिडियोबाट बिहान र साँझ कक्षा लिनेछन् । ‘भिडियोमार्फत शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष अन्तरक्रिया भएको हुन्छ’ उपकुलति डा लेखनाथ शर्माले भने, ‘कक्षामा शिक्षकसँग विद्यार्थीले नबुझेको कुरा सोध्न सक्छन् ।’ अध्ययनका लागि अध्ययन सामग्री सबै अनलाइनमा नै राखिएको हुन्छ । इ–लाइब्रेरीमा राखिएका अध्ययन सामग्रीलाई विद्यार्थीले जुनसुकै बेला र जुन सुकै समयमा पढ्नका लागि प्रयोग गर्न सकिनेछ । अनलाइनमा विद्यार्थीलाई १६ भागमा छुट्टाएर कक्षा शुरु गरिएको छ । ‘विद्यार्थीलाई बेला बेलामा हामीले प्रत्यक्ष शिक्षकबाट समेत कक्षा दिनेछौँ जसले गर्दा शिक्षक र विद्यार्थीबीच आत्मीयता समेत बढाउन मद्दत हुनेछ’ डा. शर्माले भने । सरकारले सङ्घीय–संसद्बबाट पारित भएको खुला विश्वविद्यालय विधेयक २०७३ असार ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । उपकुलपति डा शर्माले वर्षमा फागुन र साउनमा दुई पटक अध्ययनका लागि भर्ना खोलिने जानकारी दिए । उनले दोस्रो चरणको भर्नामा नयाँ विषय थप गरिने योजना रहेको पनि बताए ।

मान्यता कति छ ? : यस विश्वबिद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वबिद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सीनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा संका गरिरहनु पर्दैन । त्यसैले सरकारले खुलाएको बिज्ञापनमा स्वतस् यस विश्वबिद्यालयको प्रमाणपत्रद्वारा आबेदन दिन सकिन्छ । अनलाइन बाटै परीक्षा शुल्क तिर्न सकिने प्रबिधिको अधिकतम प्रयोग गर्दै यस विश्वबिद्यालयको भर्ना, परीक्षा लगायत शुल्क समेत अनलाइन बाटै तिर्न सकिनेछ । यहाँ पढ्दा लाग्ने खर्च समेत सरकारी विश्वबिद्यालयकै हाराहारीमा रहेको छ ।

परीक्षा कसरी लिइन्छ ? : पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने बिश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनु पर्ने हुन्छ । हाल बिश्वबिद्यालयले राखेको ७ ओटा सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।

पढ्न मन लागेमा के गर्ने ? : यस विश्वबिद्यालयमा पढाइ हुने बिषयको जानकारी बिस्वबिद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको बिषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । प्रवेश परीक्षामा ल्याएको अंक र बरियता अनुसार भर्ना गरि यस बिश्वबिद्यालयको बिद्यार्थी बन्न सकिन्छ । हालस् फागुन र साउन महिना गरि बर्षमा दुई पटक भर्ना खुलाउने व्यवस्था रहीआएको छ ।

सारांशमा भन्नुपर्दा खुला विश्वविद्यालयमा अध्ययन गर्नु समय र पैसा बचत दुवैको हिसाबले राम्रो छ । आधुनिक प्रबिधिको प्रयोग गर्दै घरमै बसेर पढ्ने नौलो अभ्यासको थालनी हुनु समग्र देश र बिद्यार्थी दुवैको लागि खुशीको कुरा हो । 

 

प्रस्तुति सौगात पोखरेल

www.bmnepal.com बाट साभार

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...