pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो

444154127_136399526762331-1716044555.jpg

 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ ७ गते जन्मिएकी गोमा पूर्ण अपाङ्ग छिन् । हालसम्म नागरिकता पाउन नसकेकोले उनले सामाजिक सुरक्षा भत्ता तथा अपाङ्गता परिचयपत्र समेत पाउन सकेकी थिइनन् ।

नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलसहित सहदेव आचार्य, मदन श्रेष्ठलगायतको टोली ५ जेठमा आग्राको खानीखोला पुगेका पुगेका थिए । नागरिकता वितरण कार्यक्रममा वडाध्यक्ष हेमकुमार थिङ, वडा सदस्य बद्री थापा, वडा कार्यालयका उमेश थापालगायत स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

 

थाहा नगरपालिका वडा नम्बर ८ आग्रा खानीखोलाकी गोमालाई ८ नम्बर वडाध्यक्ष हेमकुमार थिङ तथा स्थानीय दुतराज थिङको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले घरैमा पुगेर भुजेललाई नागरिकता वितरण गरेको हो । जन्मजात नै पूर्ण अपाङ्गता भएकी गोमा बोल्न र हिँडडुल समेत गर्न सक्दिनन् । नागरिकता प्राप्त गरेसंगै अब उनलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रक्रिया अघि बढाउने वडाध्यक्ष थिङले बताए । अपाङ्ता परिचय पत्रका लागि मेडिकल अधिकृतको समेत चेकजाँच चाहिने भएकोले यसका लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसंग सहकार्य गरिने थिङको भनाइ छ ।

नागरिकता वितरण पश्चात् प्रक्रिया दिदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले भने–‘अरु पनि गाउँघरमा यस्ता असक्तहरु नागरिकताकै अभावका राज्यको सुविधाबाट वञ्चित कोही भए भन्नूस् हामी सहयोग गर्छौ ।’ यस अघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी, राक्सिराङलगायतका पालिकाहरुमा अशक्त÷अपाङ्गता भएकाहरुलाई घरैमा पुगेर नागरिकता वितरण गरेकोे थियो ।

 

 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...