pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने

hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान दम्पतिका लागि उच्चस्तरीय सुविधासहितको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालनमा आएको छ। 

सेवा सुरुवात र नयाँ वर्ष २०८१ को अवसरमा हार्दिक आईभीएफले एक लाख ९९ हजार रुपैयाँमा नै इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा उपलब्ध गराउने भएको छ। कम आयस्तर भएका निसन्तान दम्पत्तिलाई लक्षित गर्दै सेवा सुरुवातको अवसरमा असार मसान्तसम्मका लागि एकलाख ९९ हजारमा आइभिएफ सेवा उपलब्ध गराउन लागेको हो। 

यस्तै, इन्ट्रायुटेराइन इन्सिमिनेसन (आईयूआई) सेवा ८ हजार ५०० मा दिने र ल्याब परीक्षण तथा बिर्यको जाँचमा पनि २० प्रतिशत छुट दिने निर्णय गरेको हार्दिक आईभीएफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

'सन्तान नभएका दम्पतिलाई कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन हार्दिक आईभीएफले सेवा सुरु गरेको हो,' विज्ञप्तिमा भनिएको छ, 'सम्भवत हार्दिकले आईभीएफ र आईयूआईमा निर्धारण गरेको शुल्क नेपालमै सबैभन्दा कम हो।'

हार्दिक आईभिएफका प्रमुख संचालक कैलाश खड्काले निःसन्तान, प्रसूति तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि सुलभदरमा अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।

हार्दिक आईभीएफमा  प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्य, वरिष्ठ इम्ब्रोलोजिष्ट डा. आषमा बानुले निःसन्तान दम्पतिलाई सेवा दिँदै आएका छन्। डा शाक्य १३ वर्षदेखि स्त्री, प्रजनन् तथा निसन्तान सम्बन्धी समस्याका बिरामीको उपचारमा संलग्न छिन् भने डा बानु ६ वर्षदेखि इम्ब्रोलोजिष्टको रुपमा कार्यरत छिन्।

हार्दिक आईभीएफका सञ्चालक खड्काका अनुसार निःसन्तानपन तथा  प्रजननमा समस्या भएका दम्पतिलाई परामर्शसहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई आईयूआई, आईभीएफ लगायतका अन्य उपचार सेवा हार्दिकले दिइरहेको छ।

हार्दिक आईभिएफले पुरुषको बिर्य जाँचको सुविधा, भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिजि¨ गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाका लागि अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण केन्द्र समेत स्थापना गरेको केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

केन्द्रले सेवा सुरु गरेसँगै दर्जनौं दम्पतिलाई निःसन्तान सम्बन्धी सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको पनि विज्ञप्तिमा उल्लेख छ।

https://youtu.be/akEg2_z36Lc?si=a32_sH1VEX1rqR_a
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...