pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न

FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शको अध्यक्षता तथा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा पालुङ क्याम्पसको सभा हलमा परिषद भेला भएको हो।

परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख घलानले थाहा नगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताउनुभयो। साथै वहाँले शिक्षामा सहयोग जति गरेपनी अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख घलानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताउदै जटिलताको वाबजुद मेहनतको खाचो रहेको औल्याउँदै क्याम्पस लाई जिल्ला समन्वय बाट निरन्तर सहयोग भैरहने प्रतिबद्धता व्यक्त गरे।

तेसै गरि परिषद भेलालाई शुभकामना दिदै त्रिभुवन बिश्वबिद्धालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले  क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गर्दै यस्को लागि त्रिभुवन बिश्वबिद्धालय सहयोग गर्न तत्पर रहेको उल्लेख गरे।


शुभकामना मन्तव्य दिदै अर्का अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए ।

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्णु बिष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने क्याम्पस प्रमुख राजन मिश्र द्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने क्याम्पसका कोषाध्यक्ष  बिमल कुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गर्नुभएको थियो भने प्राध्यापक हरीकृष्ण कार्कीले संचालन गरेका थिय । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिका ६ का वडा अध्यक्ष तथा नगर शिक्षा संयोजक राजनभक्त श्रेष्ठ  ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर सचिव सुजन कुमार ढकाल,माओवादी केन्द्र नगर सचिव लक्ष्मण बिष्ट,पुर्व संचालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठ लगायतकाले शुभकामना दिएका थिए। वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका स्वबियु पदाधिकारी लगायतका परिषद सदस्यहरु,क्याम्पस संचालक समितिका पदाधिकारी हरु,विभिन्न संघ संस्था तथा  विद्यालयका  प्रधानाध्यापकहरु,प्राध्यापक ,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।


वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरियो विषयगत उत्कृष्ट प्राध्यापक सन्तोष हमाल लाई बित्त विषयको लागि  सम्मानित गरियो भने उत्कृष्ट विद्यार्थी हरुलाई सम्मानित गरियो। सम्मानित हुनेहरूलाई प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख घलानले कदरपत्र द्वारा सम्मानित गर्नुभयको थियो।

FB_IMG_1713624340194-1713624368.jpg
FB_IMG_1713624305285-1713624402.jpg
FB_IMG_1713624305285-1713624414.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg