Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )

1714471310281-1714471325.jpg

पृष्ठभूमि
महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी वि. सं. २०६० साल भाद्र ५ गते देखि क्याम्पस सञ्चालन हुँदै आएको छ । उन्नाईसौँ वसन्तमा प्रवेश गरेको यो क्याम्पस मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा सञ्चालित एक मात्र सामुदायिक क्याम्पस हो ।
वि.स.२०१४ सालबाट विद्यालय सञ्चालन गरेको यस भेगले वि.स. २०२६ सालमा आइपुग्दा मा. वि. कक्षा अध्ययन आरम्भ गरेको इतिहास भेटिन्छ भने त्यसको २७ वर्षपछि मकवानपुर वहुमुखी क्याम्पसको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि. सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरेसंगै तत्कालीन समयमा उच्च शिक्षाको आलोक यस भेगमा प्रवेश गरेको देखिन्छ । वि. सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा संचालन हुँदै आएकोमा त्यसपछि हालको स्थान र भवनबाट सञ्चालन भइरहेको छ ।

१.आगामी योजना
यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१ औँ वसन्तमा यात्रा गर्न सफल भएको हो । यो २० वर्षमा प्राप्त गरेका सकारात्मक उपलब्धी, विचार, व्यवहार अनि मातृ संस्था त्रि. वि. तथा मकवानपुर बहुमुखी क्याम्पस एवम् अन्य संघसंस्थाहरुसँगको सुसम्बन्ध, अध्ययन–अवलोकन, नीति नियमहरुको अध्ययनबाट प्राप्त ज्ञान तथा यसका सहयोगी, हितैषीहरुबाट प्राप्त सल्लाहलाई आत्मसात गरी पूर्वघोषित सुसंकल्पको जगमा आगामी योजना बनाइएको छ ।

२.मानव संसाधन व्यवस्थापन
यस संस्थामा प्राध्यापक एवम् कर्मचारी गरी जम्मा १७ जना जनशक्ति कार्यरत छन् । जसमध्ये प्राध्यापक ३ जना स्थायी र ११ जना आंशिक छन् भने कर्मचारी ३ जनामा २ जना स्थायी र १ जना करारमा छन् ।आर्थिक अवस्थालाई मध्यनजर गर्दै आवस्यक्ता वमोजिम स्थायी करार र आंशिक प्राध्यापक तथा कर्मचारी थपघट गरिनेछ ।

३.प्राध्यापक तथा कर्मचारी श्रोत एवम् खर्चः
आजको अवस्थामा सम्म पनि प्रयाप्त विद्यार्थि सख्या नहुदा प्राध्यापक कर्मचारीलाई तलब भत्ता समयमा प्रदान गर्न सकिएको छैन । तर पनि उहाँहरुले ढिलो चाडो नभनि दत्त चित्त भएर यस भेगका समुदायको उच्च शिक्षा प्रतिको चाहना र आवश्यक्ता पुरा गर्दै आईरहनुभएको छ । यस क्याम्पसले स्थापनाकाल देखीनै ऋण र दान दातव्यमा सञ्चालित हँुदै २१ ऋौँ वर्षमा प्रवेश गर्न लाग्दा पनि आर्थिक सङ्क्रमणको अवस्था झेलिरहेको छ । समुदायको निम्न तथा मध्यम वर्गमा पनि उच्च शिक्षाको पहुच रहोस र अध्ययन अध्यापन गर्नकै लागी ठुलो आर्थिकभार वहन गरेर आफ्ना छोराछोरीलाई काठमाडौ तथा हेटौडा राख्न नपरोस भन्नकै लागी तपाई हामि यस भेगका सम्पुर्ण समुदायले यस क्याम्पसलाई विभिन्न माध्यमवाट सहयोग गर्दै आइरहेका छौ र भविष्यमा पनि निरन्तरता दिनेनै छौ ।

४.क्याम्पस सुधार योजना
वि. सं. २०६० मा स्थापना भएको यस क्याम्पसले २१ औं बसन्तमा प्रवेश गर्दा पनि आधारभूत रुपमा आजको प्रतिस्पर्धात्मक वैज्ञानिक प्रविधिमैत्री युगमा आर्थिक, भौतिक, प्राविधिक, यातायात, व्यवस्थापकीय आदि पक्षका समस्यासँग जुध्दै यहाँसम्म आएको अवस्था छ । उच्च शिक्षा प्रदान गर्न दृढसङ्कल्पित यस क्याम्पसले अब पनि यी समस्यालाई समाधान गर्दै यात्रा विकसित प्रकृतिले अघि बढाउनु पर्ने टड्कारो आवश्यकता विद्यमान छ । यस मूल्यमा संस्थाको शैक्षिक वर्ष २०८०÷८१ लाई बढी उपलब्धीमुलक बनाउन निम्न उल्लेखित अनुरुपका कार्यसम्पन्न गर्दै जाने योजना बनाइएको छ ।

५.प्रशासन सुधार योजना
शैैक्षिक संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त,दुरुस्त हुनु अत्यावश्यक छ । व्यवस्थापनको उन्नत, दीर्घकालीन एवम् तत्कालीन जीवन चिन्तनलाई व्यवहारिकरुपमा पूरा गर्न सक्षम प्रशासक तथा प्रशासन हुनु आवश्यक छ । साथसाथै तदनुकूलको प्रशासन विभाग र कार्य हुनु पर्दछ । यसको लागि निम्न कार्य यथासम्भव गर्ने योजना रहेको छ ः
क) प्राध्यापकलाई प्राध्यापन भार यथासम्भव कम गर्ने ।
ख) प्राध्यापकलाई यथासम्भव स्तरोन्नति गर्ने ।
ग) आवश्यक्ता अनुसार आंशिक प्राध्यापक थप गर्ने
घ)े छात्रवृत्ति अभियानलाई निरन्तरता दिने ।
ङ)ेसमय तालिका÷क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने ।
च) आवश्यक प्रविधिको विस्तार र कार्यान्वयन गर्ने ।

६.शैक्षिक सुधार योजना
युगानुसार उत्कृष्ट शिक्षा प्रदान गर्नु नै यस संस्थाको उद्धेश्य हो । संस्थामा पर्याप्त सुधारको खाँचो छ । यसका लागि सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी, अभिभावक वर्ग लगायत सरोकारी सबैमा उन्नत सोच, कार्र्यतत्परता, योजना निर्माण तथा कार्यान्वयन निष्ठाका साथ हुनु आवश्यक छ । उच्च सोच प्रतिफलित हुन निम्न कार्यहरु यथासम्भव गरिनेछ ः
क.प्राध्यापक
प्राध्यापक वर्गले उत्कृष्ट प्रकृतिले प्राध्यापन गर्न निम्न पक्षमा परिमार्जन गरिनेछ ः
क) विश्वविद्यालयले तर्जुमा गरेको विधिअनुरुप प्राध्यापन गर्ने ।
ख) आवश्यकताबमोजिम अभिमुखीकरण गोष्ठीमा सहभागी गराउने ।
ग) कार्यपत्र, सोधपत्र, लेखरचना तयार गर्न सहयोग पुग्ने उद्धेश्यका साथ एक दिने कार्यशाला गर्ने ।
घ) प्रविधिमैत्री प्राध्यापन गर्ने÷गराउने ।
ख. विद्यार्थी वर्ग
ज्ञानका प्रापक भएका विद्यार्थी वर्गमा निम्न पक्षमा सुधार गरिनेछ ः
क) समयमा भर्ना र निरन्तर पठनमा जोड दिने ।
ख) आन्तरिक एवंम त्रि.वि. परीक्षामा अनिवार्य सहभागी गराउने ।
ग) वातावरणको सुधारका कार्यक्रममा सहभागी
घ) जिज्ञासु र अध्ययनशील हुनुपर्ने ।
ङ) श्रमदान, वातावरणीय स्वच्छता, वृक्षरोपण स्वयम्सेवीजस्ता क्याम्पसका क्रियाकलापमा अनिवार्यरुपमा सरिक हुनुपर्ने
ग.कर्मचारी वर्ग
समय र प्रविधिसँग हातेमालो गर्दै समर्पण र निष्ठाका साथ चल्ने कर्मचारी भएका संस्था धेरै हदसम्म उकालो लाग्छ । यसमा निम्न सुधार गरिनेछ ः
क) प्रविधिसँग काम लिन सक्षम हुने ।
ख) प्रविधिसम्बन्धी आवश्यक तालिम दिने ।
घ. अभिभावक वर्ग वा अन्य सरोकारी वर्ग
अभिभावक तथा यसका हितैषी अन्य सम्बद्ध व्यक्ति, संघसंस्था, वित्तीय संस्थाहरु सबैका कार्यले क्याम्पस विकसित हुन प्रमुख भूमिका खेलेको छ । तसर्थ अब पनि यसलाई अझ विकसित किसिमले अघि बढाउन निम्न कार्यहरु गर्नेछ ः
क) सरोकारी सबै वर्गसँग प्रविधिमैत्री समेतको गोष्ठीको आयोजना गर्ने
ख) क्याम्पस विकासमा थप बल पु¥याउन विश्वविद्यालय अनुदान आयोग, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, त्रि. वि. तथा अन्य सहयोगी एवम् हितैषी निकायको सुझावसमेत ग्रहण गरी अभिभावक, छिमेकी, बैंक एवम् वित्तीय संस्था एवम् अन्य आवश्यक उपसमिति बनाउने ।
ङ. प्राध्यापक संघ
प्राध्यापकहरुको हकहितको लागि खोलिएको साझा प्राज्ञिक संस्था हो प्राध्यापक संघ । यही बमोजिम क्याम्पसमा नेपाल पब्लिक क्याम्पस संघको इकाइ छ । प्राध्यापक इकाइमार्फत् आएका प्राध्यापकहरुका जायज मागलाई यथासम्भव् सम्बोधन गर्दै संस्थामा शैक्षिक सुधार ल्याउन सदाझैं अधिकतम प्रयास गरिनेछ ।
च. स्ववियू र अतिरिक्त क्रियाकलाप
विद्यार्थी हकहितका लागि खोलिएको साझा संस्था हो स्ववियू । यस क्याम्पसको स्ववियूले ल्याएका विद्यार्थी हकहितका शैक्षिक उन्नयनका विविध कार्यक्रमहरुलाई उचित प्रकृतिले संचालन गरेर संस्थामा गुणात्मक सुधार ल्याउन उच्च प्रयास गरिनेछ । विद्यार्थीहरुलाई औपचारिक ज्ञानको अलावा उनीहरुभित्र निहित प्रतिभा प्रस्फुटन गराएर विश्वमा योगदान दिन सक्ने पूर्ण मानव बनाउन गीत, नृत्य, भलिवलजस्ता बौद्धिक र शारीरिक क्रियाकलाप गराउनु आवश्यक छ । यसको लागि निम्न कार्य गरिनेछ ः
क) हाजिरीजवाफ, वक्तृता, वादविवाद, गीत–कविता प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम गर्ने ।
ख) शारीरिक क्रियाकलाप भलिवल, बास्केट बल, टीटी बल प्रतियोगिता, दौड, ब्याडमिन्टन खेल आदि आयोजना गर्ने ।
ग) बौद्धिक प्रतियोगिता बुद्धिचाल आदि गर्ने ।
घ) अनुसन्धानमुखी अवलोकन भ्रमण गर्ने ।
छ. सवलीकरण कक्षा
पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको थप अतिरिक्त कक्षा विगतदेखिनै संचालन गर्दै आइरहेको र यसलाई व्यवस्थित किसिमले प्रवन्ध गरिनेछ । जसमा प्रबिधिको प्रयोगबाट ज्ञान प्रदान गर्ने विविध उपायहरुको उच्च प्रयास गरिनेछ ।

७. आर्थिक सुधार योजना
क्याम्पसको अर्थको मूल श्रोत विद्यार्थी नै हुन् । यस क्याम्पसले पछिल्लो समयमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको भएता पनि प्रयाप्त विद्यार्थि सख्या नहुदा आर्थिक संकट वेहोर्नु परेको छ । आगामी दिनहरुमा विविध अभिमुखीकरण सम्वन्धि कार्यक्रम ,छलफल र गोष्ठीहरु आयोजना गरि उच्च शिक्षाप्रतिको चाहानालाई बढोत्तरी गरिनेछ । यसो भएपछि मात्र अर्थको प्रमुख आधार बलियो हुन्छ तर हाल यसो हुँदाहुँदै पनि विद्यार्थीश्रोतले मात्र संस्था चल्ने अवस्था छैन । अझै केही वर्ष कुनै पर्छ । तसर्थ यस दृष्टिले बलियो बनाउन निम्न कार्यहरु गरिनेछ ः
क) विद्यार्थी संख्या बढाउने ।
ख) नगरपालिकासँग उच्च शैक्षिक अनुदान बढाउने ।
ग) प्रदेश सरकारबाट नियमित खर्च संचालन अनुदान प्राप्त गर्ने परिस्थितिको लागि लविङ गर्ने ।
घ) विश्वविद्यालय अनुदान आयोगबाट नियमित खर्च संचालन अनुदान अधिकमात्रामा पाप्त गर्ने परिस्थिति निर्माण गर्ने ।
ङ) अनुदान प्राप्त गर्ने विभिन्न संघसंस्था र व्यक्तिसँग पहुँच पु¥याउने ।
च) मितव्ययी किसिमले खर्च गर्ने ।
छ) दानदातव्य प्राप्त गर्न उच्च पहल गर्ने ।
ज) क्याम्पसको जग्गालाई कमाउन वा लिजमा दिएर रकम आर्जन गर्ने(कुईभीर र दमारको जग्गा गरी ३१ रोपनी जग्गा पनि) ।

८.बृहद अक्षयकोष निर्माण
हाल क्याम्पसको रु. ६५,००,०००।–(अक्षेरेपी पैंसट्ठी लाख रुपिया)को अक्षयकोष रकमलाई स्थानीय सरकार, व्यक्ति एवम् अन्य दातव्य संस्थासँग पहल गरेर रु. तीन करोडको बनाउन उच्च प्रयत्न गर्ने र गराउँदै जाने । साथै आर्थिक अभावको कारण कुनैपनि विद्यार्थि विश्व विद्यालय शिक्षा हासिल गर्नबाट बन्चित नहुन भन्ने अपेक्षाका साथ छात्रबृति वितरण कोष निमार्ण गर्न सहयोगी व्यक्ति तथा सघ संस्थासग सहयोग लिने कार्यलाई निरन्तर्ता दिईने छ ।

९.भौतिक सुधार योजना
यस क्याम्पसले विगतका केहि वर्षमा भौतिकपक्ष भने उल्लेखनिय सुधार गरेको छ अझ सुधार गर्दै लगिने योजना छ । यस आ.व.मा भौतिक सुधार अन्तर्रगत ६ कोठे भवनको दोस्रो तलाको तिनकोठा निमाणर््ा गर्न सकेको खण्डमा भौतिक सुधारले थप पुर्णता पाउने देखिन्छ यसका लागी क्याम्पस सञ्चालक समिति लागिरहेकै छ । सो निर्माणको लागी विश्व विद्यालय अनुदान आयोगसग योजना माग गरिएको छ । साथै चउर व्यवस्थापन तथा प्रविधिमैत्री पठन पाठनको लागि प्रोजेक्टर, ल्यापटप, कम्प्युटर आवश्यक मात्रामा जुटाउने प्रयास जारी छ ।दीर्घकालीन योजना अन्र्तगत छात्रावास बनाउने उच्च प्रयास गरिने छ । साथै व्यवस्थित प्राविधिक कक्षको निर्माण गरिनेछ ।

१०.पुस्तकालय÷वाचनालय सुधार योजना
पुस्तकालयलाई गुरुको पनि गुरु भनिएको छ । विद्यार्थीहरुले चाहेका आवश्यक पुस्तक पढ्न पाउनु नैसर्गिक अधिकार हो । तर कोर्ष परिवर्तन, अपर्याप्त रकम आदिका कारणले विद्यार्थीहरुले यथेष्टमात्रामा पाठ्य तथा सन्दर्भ पुस्तकहरु प्राप्त गर्न सकेका छैनन् । यसको सुलभताको लागि निम्न प्रयासहरु गरिनेछ ः
१) आफ्नो नाममा पुस्तक प्रदान गर्ने सहयोगी संस्था वा व्यक्तिको खोजी गरिनेछ ।
२) अध्ययन समाप्त गरेका विद्यार्थीबाट सन्दर्भ÷पाठ्पपुस्तक प्राप्त गर्न उत्प्रेरित गरिनेछ ।
३) एक व्यक्ति एक पुस्तकको अभियान चलाई पुस्तक प्राप्त गर्ने जमर्को गरिनेछ
४) विभिन्न संघसंस्थासँग सम्बन्ध कायम गरी पुस्तक प्राप्त गर्न प्रयास गरिनेछ ।

११. संकाय थप
यहाँका श्रोत मा.वि.हरुवाट विज्ञान,स्वास्थ र शिक्षा जस्ता प्रमुख विषयमा आवश्यक मात्रामा विद्यार्थी उत्पादन भएपछि शिक्षा र विज्ञान सङ्काय थप गरी अध्ययन अध्यापन गराउनु यस क्याम्पसको प्रमुख दायित्व हो । उक्त सङ्काय संचालन गर्न आवश्यक पर्ने विविध सरोकारी वर्गसग गम्भीर रुपमा छलफल चलाएर आवश्यक पूर्वाधार खडा गर्दै जाने दिशामा अग्रसर छ र हुनेछ । आजको युगको माग र चाहना अनुसारका विषय थप गर्दै अघि बढदा संस्था समुदाय र राष्ट्रको कल्याण हुने हुँदा यसतर्फ आवश्यक मात्रामा छलफल गर्दै योजनालाई अघि बढाइने छ ।

१२.परिषद सदस्यः
यस क्याम्पसको विधानबमोजिम गठित २२२ परिषद सदस्यहरुमध्ये लगभग ३३ जना परिषद सदस्यहरुको अवसान भएको र केहि परिषद सदस्य गैर आवासीय नेपाली भएको , विगतमा यस क्षेत्रलाई कार्यक्षेत्र बनाएका शिक्षा प्रेमि महानुभावहरु हल यहाँ नरहेको र केहि निष्कृय देखिएकाले त्यस्ता परिषद सदस्यलाई प्रतिस्थापित गरी नयाँ परिषद सदस्यको चयन गर्दा अध्ययनरत विद्यार्थीका अभिभावक, उच्च शिक्षाप्रेमी दाता, यस क्याम्पसलाई औधि माया गर्ने सामाजिक अगुवा, राजनितिक व्यक्तित्व, उद्योगपति , शिक्षाविद आदीलाई प्रमुख प्राथमिकतामा राखी छनौट गर्नको लागि तिन वा पाचँ वा सो भन्दा बढी सख्या रहेकोे एक मुल्याङ्कन समिति निर्माण गरि सो वाट परिषद सदस्य सख्या पुरा गर्दा उपयुक्त हुने दृष्टिकोण यहाहरुकोमाझमा प्रस्तावको रुपमा पेश गर्दछु ।
यस क्याम्पसको उज्जल भविष्यको कामना गर्दै यस सभामा पाल्नुहुने सम्र्पुण शिक्षाप्रेमी व्यक्तित्वहरु, राजनीतिज्ञ, समाजसेवी, उद्योगपति, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी शुभचिन्तक तथा यससँग सरोकारी सबै पक्षले आआफ्नो ठाउँबाट सहयोग दिंदै आउनु भएको छ र आउँदा दिनमा अझै राम्रोसँग संस्था अघि बढ्ने विषयमा क्याम्पस परिवार विश्वस्त छ ।

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेलामा क्याम्पस द्वारा प्रस्तुत नीत तथा कार्यक्रम 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png