Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई क्रान्तिकारीको सम्मान 

1721397733009-1721397760.jpg

मकवानपुर ०४ साउ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 


शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । 


कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन्।


सम्मान कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १ सय १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।


सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदी, जनप्रतिनिधि वडा अध्यक्ष राजकुमार पाख्रिन, प्रकाश थापा, अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव विजन लटौंला, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य प्रचण्ड बैजु, पुष्पा सुनार, विशाल जिम्बा र आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।


अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश मिजारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्दिपा अर्यालले सन्चालन गरेकी थिईन् ।

1721397735992-1721397760.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...