janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

शिक्षा

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई क्रान्तिकारीको सम्मान 

1721397733009-1721397760.jpg

मकवानपुर ०४ साउ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 


शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । 


कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन्।


सम्मान कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १ सय १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।


सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदी, जनप्रतिनिधि वडा अध्यक्ष राजकुमार पाख्रिन, प्रकाश थापा, अखिल (क्रान्तिकारी) बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव विजन लटौंला, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य प्रचण्ड बैजु, पुष्पा सुनार, विशाल जिम्बा र आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।


अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश मिजारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्दिपा अर्यालले सन्चालन गरेकी थिईन् ।

1721397735992-1721397760.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...