pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाको सामुदायिक स्कुलमा अब निःशुल्क शिक्षा

FB_IMG_1720025141097-1720025155.jpg

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै पालिकाका माध्यमिक तहसम्म अध्यापन गराउने विद्यालयहरुले अब शुल्क लिन नपाउने भएका छन् । विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गर्नुपर्ने शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले जानकारी दिए ।

ऐन अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व हुने र त्यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले जिम्मेवारी लिनूपर्ने छ । प्रत्येक नागरिकलाई माध्यमिक तहसम्म आ शिक्षा प्रदान गर्ने दायित्व राज्यको दायित्व हुने र यसका लागि नेपाल सरकारले आवश्यक समन्वय र नेतृत्व गर्ने उल्लेख गरिएको छ । ऐनमा बालबालिका, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायत सबैको भूमिका तोकिदिएको छ ।

ऐन अनुसार २०८५ साल वैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व, अनुदान वा नियन्त्रणमा रहेको कुनै संस्थाको सेवामा प्रवेश गर्न वा कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा स्थापित कुनै पनि संस्थामा कुनै पनि पदमा निर्वाचित, नियुक्ति वा मनोनयन हुन वा कुनै रोजगारी प्राप्त गर्न अयोग्य हुने छ । त्यसैगरी कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक सेयरधनी, सञ्चालक वा सदस्य वा कुनै पदाधिकारी लगायतमा समेत आवद्ध हुन नपाइने व्यवस्था कानुनमा छ ।

थाहामा अझै ७८ बालबालिका शिक्षाबाट वञ्चित, ११ नम्बर वडामा सबैभन्दा बढि

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइरहँदा थाहा नगरपालिकामा ४ देखि १३ वर्ष उमेर समुहका ७८ जना बालबालिका शिक्षाबाट वञ्चित भैरहेको तथ्याङ्कले देखाएको छ । थाहा नगरपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम लागू हुनुअघि १ सय ७५ विद्यालय बाहिर रहेकोमा ९७ बालबालिका विद्यालय भर्ना भएको शाखाको अभिलेख छ । शाखाले यो तथ्याङ्क समुदायस्तरमै तथ्याङ्क संकलक खटाएर विवरण संकलन गरेको थियो ।

तथ्याङ्क अनुसार वडा नम्बर १ मा ७ जना विद्यालय बाहिर रहेकोमा ४ जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर २ मा ११ जना विद्यालय बाहिर भेटिएकामेमा ६ जना भर्ना भएकाछन् । वडा नम्बर ३ मा ५  जना भेटिएकोमा ३ जना भर्ना भएका छन् ।
वडा न ४ मा १९ जनामा ११ जना विद्यार्थी विद्यालय भर्ना हुँदा ५ मा ३२ जनामा २० जना भर्ना भएको तथ्यांक छ तेसैगरी वडा न ६ मा १२ जना मध्य १० जना भर्ना भएका छन भने वडा न ७ मा १६ मा ११ जना ८ न वडामा १५ मा ५ जना ९ न मा ९ जनामध्य ५ जना भर्ना हुँदा १० न वडामा कुनैपनी बालबालिका विद्यालय बाहिर नरहेको तथ्यांक छ।
तेसैगरी वडा न ११ मा १६ मा ६ जना भर्ना हुदा १२ न वडाबाट १९ मा ६ जना विद्यार्थी भर्ना भएको शिक्षा शाखा थाहाले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...