pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जन्मदिनको अवसरमा सानोभाइ सर द्वारा छात्रबृत्ति कोष स्थापना

IMG-a81e857cf60afa1c8f29a-1720098240.jpg

मकवानपुर जिल्ला थाहा नगरपालिकाको अग्रणी बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले आफ्नो जन्मदिनको अवसरमा ५५ हजार ५ सय ५५ रुपैंयाको छात्रबृत्ति अक्षयकोषको स्थापना गर्ने घोषणा गरेकाछन् ।

प्रधानाध्यापक कार्कीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर आफैले अध्ययापन गर्ने बिद्यालय जनकल्याण माध्यमिक बिद्यालयमा उक्त छत्रबृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

प्रधानाध्यापक कार्कीले बिद्यालयलाई समाज परिवर्तनको लागि सकारात्मक परिवर्तन गर्ने चहाना भएको तर आर्थिक अभावले उक्त चाहना पूरा गर्न असमर्थ भएकाहरुको लागि बीउ पुँजीको रुपमा र आगामी दिनहरुमा मनका धनीहरुको सग्रह गर्दै नहुनेहरुको क्षमता वृद्धि अवसरको स्थल बनाउने उद्देश्यका साथ आफ्ना पिता स्व. कृष्णबहादुर कार्की र माता स्व. ताराकुमारी कार्कीको स्मृतिमा ‘कृष्णतारा बिपन्न एवम् जेहन्दार छत्रबृत्ति कोष’ स्थापना गर्ने घोषणा गरेको बताए ।

अक्षयकोषमा आगामी वर्षपनि रकम थप गरी एक लाख पु¥याउने र सबै सहयोगी मनहरुलाई छात्रबृत्ति कोष स्थापनागर्न अनुरोध गर्दै थाहा नगरमा विज्ञान तथा प्रबिधि र साधारण तर्फ उत्कृष्ट हुने बिद्यार्थीहरुका साथै आर्थिक समस्याका कारण विद्यालयको पहुँचमा पुग्न कठिन भएकाहरुलाई छात्रबृत्ति कोष सहयोगी हुने प्रधानाध्यापक कार्कीले बताए ।

जनकल्याण माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थी एवम् २०४० सालदेखि हालसम्म यसै बिद्यालयमा शिक्षण कार्यमा रहेका कार्की २०५७ सालदेखि प्रधानाध्यपकको जिम्मेवारीमा हुनुहुन्छ ।
प्रधानाध्यापक कार्की अखिल नेपाल शिक्षक संघको केन्द्रीय अध्यक्ष, बिश्व शिक्षक महासंघ, नेपाल समन्वय समिति अध्यक्ष, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पदेन सदस्य समेत हुनुहुन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...