pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न

gole1-1716045214.jpg

 

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष मीन गोले तामाङको अध्यक्षता तथा समाजका सल्लाहकार समेत रहेका पुर्व मन्त्री मणि लामा गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,समाजका संस्थापक अध्यक्ष जय प्रसाद गोले,समाजका सल्लाहकार तथा पुर्व मन्त्री दावा गोले,नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,अल इन्डिया बुद्धिस्ट एशोसियसन भारतका केन्द्रिय सदस्य निप्चन गोले,केन्द्रिय सदस्य तथा चिफ प्याटर्न बिक्रम गोले,लगायतकाले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मेलनमा गोले बंश बाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका सांसद,प्रदेश सांसद,गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो भने लाप्तावा,लावोन,बोन्वो हरु क्रमशःकान्छा बोन्वो थाङ्पाल गुन्सा,सिन्धुपाल्चोक,मोतिलाल गोले लच्याङ नुवाकोट,राम बहादुर गोले,थाहा ६ ,राम बहादुर गोले थाहा ७ सहित ४५ जना सहयोगीलाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।
सम्मेलनमा अध्यक्ष द्वारा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष द्वारा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।
समाजका केन्द्रिय उपमहासचिव शुभराज गोले द्वारा संचालन भएको कार्यक्रममा देश तथा विदेश र भारतको सिक्किम,दार्जलिङ र देशका सातै प्रदेशबाट गरि ५ सय भन्दा बढी गोले बन्धुहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। 
भेलाले गोलेको ऐतिहासिक थातथलो किपटभूमि सिन्धुपाल्चोकको थाङपाल र नुवाकोट लच्याङ ऐतिहासिक सम्पदाको संरक्षण गर्ने पनि जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...