jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 

1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष सुजन कुमार मोक्तानको अध्यक्षतामा राक्सिराङ गाउँपालिकाको अधिबेशन सम्पन्न भएको हो । 

एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रमुख अतिथि राईले सबै प्रकारका शिक्षकहरुको हक हित र अधिकार सुरक्षित गर्न एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहन सबै शिक्षक तथा कर्मचारीलाई अपिल गर्नुभयो । अहिलेको रुपान्तरित ब्यबस्था प्राप्त गर्न सबैभन्दा ठूलो योगदान र बलिदान दिएको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनले नै रहेको र यस संगठनलाई सबैले उच्च सम्मान गर्नुपर्न प्रमुख अतिथि राईले बताउनु भयो । 


अधिबेशनले अशोक थिङ्गको अध्यक्षतामा २१ सदस्यिय नयाँ  राक्सिराङ गाउँकमिटी चयन गरेको छ 

कमिटीको उपाध्यक्ष सपना रुम्बा, प्रदिप घलान, सचिवमा प्रकाश थोकर, कोषाध्यक्ष तिर्थराज प्रजा, सहसचिव नारायण महतो चयन भएका छन्।  


यसैगरी सदस्यहरुमा महेन्द्र यादब, सुर्य नारयण चौधरी, जुनु दोङ लामा, आशा रुम्बा, डिल्ली प्रसाद स्याङतान, तिलक बिक, गोबिन्द थिङ लगायत चयन भएका छन् ।

अधिवेशनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, बनस्तम थिङ, राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर लगायतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...