gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
विचार / अन्तरवार्ता

कृषि सभ्यता र दसैं

ramesh-shubhekchhu_202010-1603701883.jpg

दसैँ पर्वलाई मिथकमुक्त भएर पनि हेर्न सकिन्छ। दसैँ मात्र होइन हरेक चाडपर्व समाजको आवश्यकताअनुसार मनाइएका हुन्छन्। हामी चाडपर्वमा धर्मको लेप लगाएर तिनलाई सोहीअनुसार व्याख्या गर्छौँ। त्यससँग जोडिएका मिथकको आड लिन्छौँ। त्यसको सामाजिक सांस्कृतिक पक्ष भने बिर्सन्छौँ। दसैँमा लगाइने जमरा, दही–अक्षताको टीका, पूजाआजा र खानपिनलाई हेर्दा दसैँ धार्मिक पर्वभन्दा पनि कृषि सभ्यताको उपज देखिन्छ। यसलाई समाजशास्त्रीय, संस्कृति शास्त्रीय, धार्मिक र वैज्ञानिक दृष्टिले पनि व्याख्या गर्ने ठाउँ प्रशस्तै छन्। यस लेखमा दसैँलाई कृषिसभ्यतासँग जोडेर यसको साझा महत्वका पक्षहरु अन्वेषण गरिएको छ। 

दशैँमा जमरा लगाइन्छ। जमरा लगाउने प्रचलनका दृष्टिले दसैँ कृषिसभ्यताको उपज हो। जमराको मूल अर्थ जौको अड्कुरणबाट विकास भएको हो। हामीले कृषि युगको इतिहास हेर्यौँ भने जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो। यसको चर्चा पौराणिक ग्रन्थदेखि हुँदै आएको छ। तिल र जौबाहेकका आधुनिक अन्नबाली पौराणिक ग्रन्थमा परिचित देखिँदैनन्। सम्भवतः मानवले खाद्यान्नको स्रोत भेटिएको खुसीमा जौको पात वा जरा शिरमा लगाएर आदर गर्ने र कृतज्ञता प्रकट गर्ने अभ्यास गर्यो । त्यसैको टीका लगाएर उत्सव पनि मनायो। त्यहीँदेखि दसैँ र जमरा जोडिए।  

समयका दृष्टिले हेर्दा चैते दसैँको समय जौ पाक्ने समय हो। त्यो समयमा पहिले पहिले दसैँ मानियो होला। चैतको मौसम चाड मान्न उति अनुकूल नहुँदा चैतमा छोटो छरितो रुपमा र शरदकालमा यसलाई अलि व्यापक रुपमा मनाउन थालियो होला। 

जमरा बनाइने जौ हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिन्छ । त्यसैले दसैँ पर्व सबै भूगोल र सबै जातजाति र धर्मावलम्बीको साझा हो ।   

जमरा बनाइने जौ हिमाल, पहाड, तराई जहाँ पनि उमार्न र फलाउन सकिन्छ। यसकारण पनि दसैँ पर्व सबैतिर पुगेको र सबै जातजाति र धर्मावलम्बीको साझा भएको हुनसक्छ। पछि मानिसले उपलब्ध खान मिल्ने बसै अन्नलाई जमराका रुरुमा प्रयोग गर्न थालेको देखिन्छ। आजको जमरामा लामो सुइरा भएर पात आउने प्रकृतिका  धान, मकै, गहुँ, जौलगायतका अन्न प्रयोग गरिन्छ। यसमा दलहन र तेलहनको प्रयोग पाइँदैन। 

जौ वा जमरामा प्रयाप्त मात्रामा औषधीय गुण पनि हुन्छ। कुनै मान्यजन, गुरु वा अग्रजले यसको औषधीय गुण पत्तो लगाएर आशीर्वादसहित शिरमा लगाइदिने गरेको हुन सक्छन्। जमराको माला लगाउने प्रचलनमा पनि यसैको प्रभाव देखिन्छ। नियमतः जमराले जरा हालेको हुनुहुँदैन। पहेँलो हुनका लागि प्रकाशको सम्पर्कमा आउनु हुँदैन। हामीले राखेको दश दिने जमरामा वैज्ञानिक आयुर्वैदिक दृष्टिले औषधीय गुण भरपुर मात्रामा हुने विश्वास गरिन्छ। 

आयुर्वेदमा जौलाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा ‘हेमोग्लोबिन’ को मात्रा बढ्ने विभिन्न अनुसन्धा नबाट प्रमाणित भएको छ। छाला, कलेजो, रक्तचाप, ज्वरो, चोटपटकसँगै विभिन्न स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ। 

जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्त्व प्रशस्त मात्रामा पाइन्छ। जमरामा प्रशस्त क्लोरोफिल हुने भएकाले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ। यी गुणले शरीरका कोषलाई छिटो बुढो हुनबाट बचाउँछन्। यसले शरीर तन्दुरुस्त राख्न मद्दत गर्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचनप्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ। दसैँमा लागाइने जमराका यी गुणले दशैँ र जमरालाई औषधीय, प्राकृतिक र कृषिजीवनसँग जोडेर हेर्न किन्छ। 

निधारमा टीका लगाउनु, हातका औलाले निधारमा छुनु मस्तिष्क स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण मानिन्छ । निधारमा  वनस्पति, खरानी वा माटोको चन्दन आदिको टीका लगाउनुसँग औषधीय र मनोवैज्ञानिक पक्ष देखिन्छ । त्यसमा दही र अक्षताको टीकाको आफ्नै अर्थ छ । यो कृषिव्यसनी समुदायले विकास गरेको घरेलु औषधीय र सांस्कृतिक पक्ष पनि हो ।  

दसैँ र टीका
दसैंमा लगाइने टीका र त्यसमा पनि अन्नको टीकाको आफ्नै महत्व छ। निधारमा टीका लगाउनु, हातका औलाले निधारमा छुनु मस्तिष्क स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण मानिन्छ। निधारमा  वनस्पति, खरानी वा माटोको चन्दन आदिको टीका लगाउनुसँग औषधीय र मनोवैज्ञानिक पक्ष देखिन्छ। त्यसमा दही र अक्षताको टीकाको आफ्नै अर्थ छ। यो कृषिव्यसनी समुदायले विकास गरेको घरेलु औषधीय र सांस्कृतिक पक्ष पनि हो। 

हाम्रो समाज व्यवस्था र हाम्रा चाडपर्व अनुसार हेर्यो भने  जनैपूर्णिमा वा ऋषिपञ्चमी ब्राह्मण जातिका परम्परा र संस्कृति निकट देखिन्छन्। दसैँ (चैते र विशेषतः विजयादशमी) क्षत्री जातिको पर्वका रुपमा देखिन्छ। यसका बलिपूजा आदिका विधिविधान यसलाई पुष्टि गर्छ। 

तिहार (विशेषतः लक्ष्मीपूजा) लगायतका पर्व वैश्य जातिका परम्परा र संस्कृति निकट देखिन्छन्।  फागुपूर्णिमा वा होलीलगायतका पर्व मोटामोटी शूद्र जातिका पर्वका रुपमा देखिन्छन्। गाईजात्रालगायत जात्रामुखी पर्व नेवार जातिका पर्व जस्ता लाग्छन्। यी पर्वबारे गर्न सकिने छुट्टै विमर्शको संकेत मात्र हो। नेपाली सन्दर्भमा  तीज नारीको पर्व, तिहार दाजुभाइ दिदीबहिनीको पर्व, दसैँ वृद्धवृद्धालाई भेट्ने हुँदा वृद्धवृद्धाको पर्व आदिका रुपमा पनि देखिन्छ। यो सांस्कृतिक पाटो पनि छँदै छ। यहाँ भने दसैँलाई कृषिसँगै जोडेर हेर्न खोजिएको छ। 

कृषि परम्परा र दसैँ 
हाम्रो साझा बुझाइमा दसैँ दुर्गा र महिषासुरको कथामा मात्र सीमित छ।  भारतीय मूलका हिन्दूले यसलाई रामकथासँग जोडेका छन्। उनीहरुले शरदकालीन भन्दा चैते दसैँलाई महत्व दिएका छन्। यी मिथक र सांस्कृतिक सभ्यताको विकास यात्राको कोणबाट हेर्ने हो भने दसैँ श्रमजीवी किसानको कृषि सभ्यतासँग जोडिएको देखिन्छ। 

कृषकले यसलाई सुरुमा चैतमा मनाए। चैतमा अन्न अभाव हुने भएकाले शरदकालीन मौसममा भव्य रुपमा मनाए। सूक्ष्म दृष्टिले हेर्दा कृषिपूजामा देवभन्दा देवीको भूमिका बढी देखिन्छ। कृषिकर्ममा नारी बढी सहभागी हुने भएर हो वा के हामीले परम्परागत खेतीगर्ने पहाडी भूभागका ठुला फाँटका छेउमा कतै न कतै देवीथान देख्छौँ। अलि ठुलो खेती हुने कृषकका आआफ्ना खेतबारीका छेउका गुफाहरुमा देवीथान देख्छौँ। नजिकैको नदीलाई पनि देवीकै रुपमा पूजा गरेको पाउँछौँ। 

धान रोप्दा र मकै छर्दा बिउ देवीलाई चढाएर मात्र छरेको देखिन्छ । फलेको अन्न देवीथानमा र नजिकैको नदी, जलासय, मन्दिर आदिमा चढाइन्छ । बारीमा फलेका जुनसुकै फलफूल पाकेपछि पहिलो फल धर्ती, जल, देवी, कुल आदिका थानमा चढाएर खाइन्छ । दसैँको टीकामा अन्नको प्रयोग गरिनुमा यही कृषि सभ्यताको प्रभाव छैन कसरी भन्ने ? 

धान रोप्दा धानको बिउ पनि चढाएर रोपाइँ गर्न सुरु गरेको पाउँछौँ। मकै छर्न जाँदा बिउ देवीलाई चढाएर मात्र  छरेको र सुइरा उम्रिनासाथ लगेर चढाएको देख्छौ। फलेको अन्न देवीथानमा र नजिकैको नदी, जलासय, मन्दिर आदिमा चढाइन्छ। त्यही अन्नको टीका लगाएर मात्र खाने गरिन्छ। अन्न मात्र होइन बारीमा फलका काँक्रा, स्याउ, सुन्तला, नरिवल, सुपारीलगायत जुनसुकै फलफूल पाकेपछि पहिलो पाकेको फल धर्ती, जल, देवीथान, कुलथान आदिमा चढाएर खाइन्छ। त्यसैलाई प्रसाद मानेर र पवित्र वस्तु मानेर टीका लगाइन्छ। दसैँको टीकामा अन्नको प्रयोग गरिनुमा यही कृषि सभ्यताको प्रभाव छैन कसरी भन्ने ? चैतमा दसैँ मान्ने बेलामा जौ गहुँ आदि पाक्नु र असोज वा शरदकालमा धान पाक्नु र त्यसैको टीका प्रयोग हुनुसँग कृषि पर्वका रुपमा यस पर्वलाई बुझ्न आवश्यक छ। 

दसैँको बलीप्रथासँग पनि कृषि सभ्यता नै जोडिएको छ। कृषकले आफूलेपालेको पशु पनि देवीलाई अर्पण गरेपछि त्यसको रक्षा देवीले नै गर्छिन् भन्ने विश्वास गर्छन्। त्यही अर्थमा भेडा, बाख्रा, च्याङ्ग्रा पाल्दा गुठीभेडो, गुठी बाख्रो, गुठी च्याङ्ग्रो पाल्ने चलन छ। पन्छी पालनमा पनि यो परम्परा छ। हाँस, कुखुरा आदिमध्ये एउटा देवी वा देउताको भनेर पालेपछि उनैले सबैको रक्षा गर्छन् भन्ने विश्वास छ। 

पूर्वीय मातृपरम्परामा कृषि अर्थव्यवस्था नै स्त्रीचिन्तन र कर्ममा आधारित रहेको देखिन्छ। पशुहरु देवीलाई चढाउँदा पनि माउ चढाउने र उसको कुनै सन्तान बलीदिने परम्परा छ। पशुपन्छीको पाठी वा पोथी बलीदिँदा बोट मासिने आधारमा बोका, भाले आदि बलिदिने गरेको पाइन्छ।  यस्तो कृषिसभ्यतासँग मेल खाने, नारी–पोथी जातिको संरक्षण र पूजनसँग मेल खाने अनेक पक्ष परम्परासँग जोडिएका छन्। यो सांस्कृतिक इतिहाससँग सिन्धु घाटी, बलुचिस्तानदेखि एसिया माइनर हुँदै सिरिया, मेसोपोटामिया, साइप्रसलगायत प्राचीन सभ्यताका मातृसत्तात्मक व्यवस्था पनि यस पर्वका अभिप्रेरक देखिन्छन्।

हामीले हाम्रा दसैँलगायतका चाडपर्वलाई मिथकसँगै हाम्रो सभ्यता विकासका चरणसँग तुलना गरेर हेर्नुपर्छ। पूर्वीय आध्यात्मिक एवम् भौतिकवादी दर्शनका सारहरुलाई पनि साक्षी बनाउन सक्यौँ भने हरेक पर्व र संस्कृतिहरु वैज्ञानिक लाग्छन्। यी सभ्यतामा मातृदेवी र महामाताका अनेक लोकायत साक्षी छन्। देवी पूजन र यो समाज विकासको मातृसत्तात्मक परम्पराको पनि प्रत्यक्ष अप्रत्यक्ष अन्वेषण गर्न सकिने अवस्था दसैँ पर्वमा गर्भित छ। 

कृषि सभ्यताका विकासमा प्रारम्भिक कृषिकर्म र तीसँग जोडिने धार्मिक अनुष्ठानमा तन्त्रको कस्तो भूमिका रहन्थ्यो भन्ने विषयमा पनि हामी लोकसंस्कृति र परम्परालाई आधार मानेर अनेक  तथ्य जुटाउन सक्छौँ। दुर्गापूजाको मूल स्रोत अभिन्न रुपले सम्बद्ध प्राचीन तन्त्रवादका निकट पनि देखिन्छ। 

हामीले हाम्रो शिक्षा र चिन्तनलाई कि धर्म कि विज्ञानका भरमा छोडिदियौँ । त्यसबिचमा लोकसंस्कृतिले दुवैलाई जोडेर हिँडिरहेको हुन्छ भन्ने बिर्सियौँ । दसैंसँग जोडेर हामी समग्र एसीया उपमहाद्वीपमा कृषिसंस्कृति निर्माण गर्ने मातृदेवी र तिनले संरक्षण गरेको सभ्यताको सम्मान गर्ने भौतिकवादी तर्कसम्म चर्चा गर्न सक्छौँ ।  

हामीले हाम्रो शिक्षा र चिन्तनलाई कि धर्म कि विज्ञानका भरमा छोडिदियौँ। त्यसबिचमा लोकसंस्कृतिले दुवैलाई जोडेर हिँडिरहेको हुन्छ भन्ने बिर्सियौँ। सिन्धु क्षेत्रको उत्खनन्का क्रममा प्राप्त चित्र र प्रतिमाले नारी सत्ताका प्रमाण दिएको पक्ष धेरै संस्कृतिविद्ले उजागर गरिसकेका छन्। इतिहासकारले पनि चर्चा गरिरहेका छन्। अहिले पनि गाउँभरिका मानिसले एकै ठाउँमा जमरा राखेर बाँडेर लिने प्रचलनलाई हेर्दा यसका पछाडि  प्राचीन प्रभाव छँदैछ। 

दसैंसँग जोडेर हामी समग्र एसीया उपमहाद्वीपमा कृषिसंस्कृति निर्माण गर्ने मातृदेवी र तिनले संरक्षण गरेको सभ्यताको सम्मान गर्ने भौतिकवादी तर्कसम्म चर्चा गर्न सक्छौँ। यता महिला वर्गको शक्तिलाई स्वीकार र सम्मान गर्दै हजारौं वर्षदेखि मानिआएको शक्तिको पर्वका कोणबाट नारी शक्तिको अन्वेषण र पहिचानका अवसर पनि हामीलाई प्राप्त छन्। दसैँ हिन्दूले मनाउँदै आए पनि यसमा अन्य धर्मावलम्बीको पनि सहभागिता रहन्छ। 

निष्कर्ष
दसैँ पर्वका सांस्कृतिक पक्षसँग कृषि सभ्यता नै बढी जोडिएर आउँछ। अन्नको टीका अन्नप्रतिको आदर र सद्भावका रुपमा लिनुपर्छ। अन्नको टीका सबै जातजातिमा लगाउने चलन छ। रातो र सेतो अबिरको विकासपछि कोरिएको सीमा मात्र हो। रातो टीका र जमरा हाम्रो संस्कृतिको शान हो।

तिहारमा पनि दसैँको जमराको धुलो बनाएर टीका लगाएमा शुभ हुने विश्वास गरिन्छ।  दसैँमा मात्र होइन टीकाका सन्दर्भमा अन्न र वनस्पतिको प्रयोग जतासुकै छ। शृखण्ड, पारिजात, रक्तचन्दन आदिको टीकासँगै तील, जौ, चामल र यी वस्तुहरु हवन गरिएको खरानीको पनि तिलक लाउने प्रचलन छ। यी प्रचलनले कृषिसम्भयतालाई नै बुझाउँछन्।  

दसैँलाई रामकथा र देवीस्तुतिसँग मात्र जोडेर नहेरौँ। यो आम नेपालीले वर्षभरको थकान बिर्सने रमाइलो पर्व पनि हो। खानपान र मनोरञ्जनमा किराँत र अन्य धर्मावलम्बी सम्पन्न छन्। यसका केही विकृत पक्ष भए तिनमा बहस गर्न सकिन्छ। दसैँलाई नेपाली जातिको साझा पर्वका रुपमा मानौँ र सबैसँग शुभकामना आदान प्रदान गरौँ। यो हिमाल, पहाड र तराईको साझा पर्व हो। यो पर्वसँग हाम्रो  घर र समाजको  सरसफाई पनि जोडिएको छ। आफन्त र साथीभाइसँग भेटघाट, शुभकामना आदानप्रदान, पारिवारिक सम्बन्ध विकासको पाटो छुट्टै छ।  मिठोमसिनो खानपान, नयाँ पहिरन र मनोरञ्जनले यसलाई अझ आकर्षक बनाएको छ। दसैंमा पिङले छुट्टै माहोल सिर्जना गर्छ। लिङ्गे, जाँते र रोटे पिङ दसैंका आकर्षण हुन्। 

मालसिरी, रामलीला, देवीगाथा जस्ता लोकसात्यिक सांस्कृतिक सम्पदा पनि दसैँसँगै संरक्षित छन्।  दसैँ, दशेरा, दशहरा, बडादसैँ, जे भने पनि यो नेपाली जातिको साझा पर्व हो। यसको विकास हाम्रै कृषिव्यसनी पूर्खाले गरेका हुन्। सबैमा दसैँको शुभकामना। अन्रपूर्ण पाेष्टबाट
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...