pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुलमानको कमाल : विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान

Kulman-Ghising-Nepal-Elec-1597667246.jpg

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । 

 

 

 

यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पूर्वाधार क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उनको भनाइ थियो । 

 

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ । 

 

प्राधिकरणले २०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिएको छ ।   

ग्राहकको संख्यामा समेत योबीचमा उल्लेख्य रुपमा बढेको प्राधिकरणले जनाएको छ । योबीचमा ग्राहक संख्या अहिले बढेर ४७ लाख ८५ हजार पुगेको जनाइएको छ । आगामी २ वर्षभित्र ६० लाख अर्थात् सबै नेपालीहरुको घरमा आधुनिक स्वच्छ उर्जा पुर्याउने लक्ष्य समेत प्रधिकरणले लिएको कार्यकारी निर्देशक घिसिङले बताए । ४ वर्षको अवधिमा विद्युत्को यो पहुँच ७८ प्रतिशतबाछ बढेर ८६ प्रतिशतमा पुग्न सफल भएको हो । 

प्रसारण लाइनतर्फ समेत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । ४ वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी ४ वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएकोे छ । 

त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युत्को आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको, ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको जनाइएको छ । अहिले विद्युत्को क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको जनाइएको छ । 

अहिले प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्दै विद्युत्को निर्यात गर्ने, ४ वर्षभित्र काठमाडौं उपत्यकाका तारहरुलाई भूमिगत गराउने, भार प्रेषण केन्द्रलाई अत्याधुनिक बनाउने, कार्यालयहरुमा इन्टरप्राइज रिसोस प्लानिङ (ईआरपी) लागु गरिने र प्राधिकरणको छुट्टै डाटा सेन्टर स्थापना गर्ने समेत लक्ष्य लिएको जनाएको छ । २०४२ सालमा स्थापित प्राधिकरणले सोमबार ३५ औं वार्षिकोत्सव मनाउँदै यस्तो जनाएको हो । साभार:राताेपाटी

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...