pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुण्दलदेवी बहुउद्देश्यीयको २३ औं वार्षिक साधारणसभा सम्पन्न

kun1-1706969457.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक  हिरेन्द्र रायमाझी,नगर कार्यपालिका सदस्य चन्द्रमाया बल,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुणरायमाझी,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल,थाहा कृषि सहकारीका अध्यक्ष केशव सुनार,पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्की,दामन चेली समाजका अध्यक्ष राधिका  रायमाझी ,संस्थाका सल्लाहकार राजिव स्याङ्तान, लगायतका आतिथ्यता रहेको थियो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवकुमार खत्री , लेखा सुपरिवेक्षण समिती संयोजक  केदार केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,सचीव सिताराम रुम्बाले आफ्नो प्रतिवेदन  प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा संस्थाको सेयर पुँजी ७८ लाख २६ हजार ८ सय रहेको तथा वार्षिक कारोवार ४ करोड ८० लाख तथा लगानी ३ करोड रुपैयाँ पुगेको  प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन,व्यापार ,वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे। संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा बृद् सदस्यहरु लाई साधारणसभाको अवसरमा सम्मानित गर्यो सम्मानित हुनेमा वृद्ध तर्फ मान बहादुर भोम्जन,र रमेश रायमाझीलाई प्रमुख अतिथी नगर प्रमुख बिष्टले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे। तेस्तै असल बचत तर्फ शिखर सप्लायर्स,मोहनदाश श्रेष्ठ ,तथा प्रेम बहादुर मोक्तान भए भने उत्कृष्ट कर्जा तर्फ ईश्वर कार्की ,प्रकाश शिलवाल र अनिसा मोक्तान  सम्मानित भए तेसै गरि उत्कृष्ट कर्मचारीको रुपमा रेजिना गोपालीलाई सम्मानित गरिएको कार्यक्रममा आफ्नो शुभकामना दिदै प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सहकारी हरु बचत तथा ऋणको मात्र कारोबार तिर नलागी उत्पादन मुलक र आम्दानी हुने क्षेत्रमा लगानी बढाइ स्वरोजगार र कृषि तिर झुकाव लगाउन सके थाहा नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुने बताउनुभयो।
साधारणसभाको अवसरमा आर्थिक विकास समिती संयोजक हिरेन्द्र रायमाझी,जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...