udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

आर्थिक खबर

कुण्दलदेवी बहुउद्देश्यीयको २३ औं वार्षिक साधारणसभा सम्पन्न

kun1-1706969457.jpg

थाहा नगरको पर्यटकीय स्थल दामनमा प्रधान कार्यालय रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवकुमार खत्री को समापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक  हिरेन्द्र रायमाझी,नगर कार्यपालिका सदस्य चन्द्रमाया बल,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुणरायमाझी,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ,फरक सोचका अध्यक्ष यादव रायमाझी ,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल,थाहा कृषि सहकारीका अध्यक्ष केशव सुनार,पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्की,दामन चेली समाजका अध्यक्ष राधिका  रायमाझी ,संस्थाका सल्लाहकार राजिव स्याङ्तान, लगायतका आतिथ्यता रहेको थियो । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष शिवकुमार खत्री , लेखा सुपरिवेक्षण समिती संयोजक  केदार केसीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन,सचीव सिताराम रुम्बाले आफ्नो प्रतिवेदन  प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा संस्थाको सेयर पुँजी ७८ लाख २६ हजार ८ सय रहेको तथा वार्षिक कारोवार ४ करोड ८० लाख तथा लगानी ३ करोड रुपैयाँ पुगेको  प्रतिवेदन प्रस्तुत गरियो। अध्यक्ष खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन,व्यापार ,वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे। संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा बृद् सदस्यहरु लाई साधारणसभाको अवसरमा सम्मानित गर्यो सम्मानित हुनेमा वृद्ध तर्फ मान बहादुर भोम्जन,र रमेश रायमाझीलाई प्रमुख अतिथी नगर प्रमुख बिष्टले दोसल्ला तथा सम्मान पत्र प्रदान गरे। तेस्तै असल बचत तर्फ शिखर सप्लायर्स,मोहनदाश श्रेष्ठ ,तथा प्रेम बहादुर मोक्तान भए भने उत्कृष्ट कर्जा तर्फ ईश्वर कार्की ,प्रकाश शिलवाल र अनिसा मोक्तान  सम्मानित भए तेसै गरि उत्कृष्ट कर्मचारीको रुपमा रेजिना गोपालीलाई सम्मानित गरिएको कार्यक्रममा आफ्नो शुभकामना दिदै प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सहकारी हरु बचत तथा ऋणको मात्र कारोबार तिर नलागी उत्पादन मुलक र आम्दानी हुने क्षेत्रमा लगानी बढाइ स्वरोजगार र कृषि तिर झुकाव लगाउन सके थाहा नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुने बताउनुभयो।
साधारणसभाको अवसरमा आर्थिक विकास समिती संयोजक हिरेन्द्र रायमाझी,जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...