Sunday, 05 May, 2024
आर्थिक खबर

कुण्डलदेवीले दियो कर्जा अभिमुखिकरण तालिम।

322918787_163455851699631-1673532312.jpg

 थाहा नगरपालिका दामनमा मुख्य कार्यालय रहेको कुण्डलदेवि बहुउदेश्यिय सहकारि सस्थाले पुस २८ गते कर्जा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ। युवा तथा स्वरोजगार कोष मार्फत प्राप्त कर्जालाई सस्थाले समन्वयात्मक भुमिका निर्वाह गर्दै "सदस्यहरुमा सहुलियत कर्जा" कार्यक्रम अन्तर्गत कर्जा लिन चाहने युवाहरूलाई कोष, कर्जा लिने प्रक्रिया, त्यसमा लाग्ने ब्याज, साँवा ब्याज तिर्ने प्रक्रियालगायतका व्यावहारिक तालिम प्रदान गर्ने उदेश्यियका साथ तालिम सञ्चालन गरिएको सस्थाका सञ्चालक समितिका सदस्य मोहन सिं लामाले बताए ।

अभिमुखीकरण तालिम कार्यक्रमहरूले स्वरोजगार हुन कर्जा लिन चाहने युवाहरूसँग कर्जासम्बन्धी सम्झौतामा प्रवेश गर्नुअघि त्यसम्बन्धी आवश्यक सबै ज्ञानहरू छन् भन्ने कुरा सुनिश्चित गर्नकै लागि पनि तालिम अपरिहार्य भएको सस्थाका ब्यवस्थापक राजन मिश्रले बताउनु भयो ।

सस्थाका सल्लाहाकार राजिव स्याङ्तानले सहकारीबाट स्वरोजगारअन्तर्गत कर्जा लिन चाहने युवाहरूमा कर्जासम्बन्धी सम्पूर्ण ज्ञान हुनुका साथै ऋण दिने सस्थाका सर्तहरूबारे राम्रो जानकारी भएको हुनुपर्नेमा जोड दिदै तब मात्र सहुलियत कर्जाको सहिसदुपयोग हुन्छ भनेर नै तालिम सञ्चालन गरिएको बताउनु भयो कार्यक्रममा सहजकर्ता कुमार नेगिले स्वरोजगार कार्यक्रमअन्तर्गत ऋण लिनका लागि अभिमुखीकरण तालिमलाई अत्यावश्यक पूर्वसर्तका रूपमा कोषले राखिएको र यसले गर्दा कर्जाको सावा व्याज भुक्तानि बिधिको साथै कर्जाको सहि सदुपयोग भए नभएको अनुगमन र निरिक्षण गर्नुका साथै , कर्जाको सावा र व्याज भुक्तानि समयमा नभएमा भोग्नुपर्ने कानुनि प्राबधानहरुको बारेमा सदस्यहरुलाई जानकारि गराएका थिय ।

तालिममा सस्थाका सचिव सिताराम रुम्वा ,ब्यवस्थापक राजन मिश्र, सञ्चालक समिति सदस्य मोहन सिं लामा , सस्थाका सल्लाहकार राजिब कुमार स्याङ्तानको उपस्थिति रहेको थियो भने सस्थाको शिक्षा समिति संयोजक कुमार नेगिले उक्त तालिमको सहजिकरण गर्नु भएको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...