pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ओखरबजारमा रहेको सहयोगी सहकारीको वार्षिक कारोबार १६ करोड नाघ्यो

426387297_131178252951125-1707577162.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा २७ माघमा  संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १६ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले १६ बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै नेतृत्व जिम्मेवारी सफलतापुर्बक निर्वाह गरि संस्थालाई पारदर्शी ,सबल,सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिदै सदस्य हरुको सुरक्षित भविष्य योजना अन्तर्गत सदस्यहरुको बिमा,संस्थाका कर्मचारी हरुलाइ अन्य संस्थाहरुसंगको सिकाइ सहित फोर्स लिभ तथा कर्मचारी रिफ्रेसमेन्ट योजना,सहकारी शिक्षा र शेयर पुँजीमा वृद्धि सहित आर्थिक बर्ष २०८०/०८१ का लागि  संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिय।

संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गर्दै संस्थाको वार्षिक कारोवलागी१६ करोड ९ लाख पुगेको प्रतिवेदन प्रस्तुत गर्दै सेयर रकम  १ करोड ७१ लाख ,तथा बचत १२ करोड ७ लाख र ऋण लगानी ११ करोड ५३  लाख रहेकोमा कर्जा तर्फ सबैभन्दा बढी व्यापार शीर्षकमा ५ करोड ४८ लाख रुपैयाँ लगानी रहेको प्रतिवेदन प्रस्तुत गरे साथै संस्थाको जगेडा कोषमा ८३ लाख ५७ हजार रुपैयाँ रहेको उल्यख गर्दै कर्जाबाट व्याज १ करोड ३२ लाख र बचतमा व्याज १ करोड ८ लाख रहेको आधारमा गत आर्थिक बर्षमा संस्थाले २४ लाख ७९ हजार नाफा गरि सोमध्य ७ लाख ६१ हजार शेयर लाभांश कोषको व्यवस्था भएको प्रतिवेदन प्रस्तुत गरे।

संस्थाको सचीव धर्मलाल प्रधानले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको साधारणसभाको 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले आम नगरवासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गर्दै लियको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र नगरले अर्थिक समृद्धिको बाटो पहिल्याउने बिश्वास व्यक्त गर्नु भयो।साथै वहाँले संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

साधारणसभामा थाहा नगर सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरे,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, शुखी भविष्य बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको अवसरमा शुभकामना दियका थिए।
साधारणसभामा थाहा नगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्नेहरुलाइ सम्मानित गरिएको थियो ।सम्मानित हुनेहरुमा उत्कृष्ट बचत तर्फ राधाकृष्ण गोले,पुश्कल श्रेष्ठ,नवराज बलामी,बिमला लो तामाङ,उत्कृष्ट बाल बचत रस्मिता लामिछाने,र उत्कृष्ट ऋण कारोबार शुक्र बहादुर तामाङ लाई सम्मानित गरियो ।
तेसै गरि सदस्यको मृत्यु भएका परिवारका सदस्यहरुलाई राहत दिने उद्देश्य अनुरुप यस बर्ष पनि सदस्य राहतकोषबाट मृत्यु भएका सदस्य हरु थाहा १ ओखरबजारका रामभक्त श्रेष्ठ र थाहा ३ डाँडागाउँका गणेश बिष्ट र भिमसेन बस्नेतका परिवारलाई जनही १० हजार राहत र ऋण बिमा अन्तर्गत संस्थाबाट ऋण लिइ ऋण कारोवार गरेका सदस्यहरु रामभक्त श्रेष्ठको ७ लाख ७५ हजार र गणेश बिष्टको १ लाख २३ हजार बिमा कम्पनी बाट प्राप्त रकम ऋण भुक्तानी गरि बाकी रहेको रकम परिवारका हकवालालाई भुक्तान गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...