pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

उर्जा दक्षताको महत्व सम्बन्धी अन्तरक्रिया

mcc-news-1704286495.JPG

 मकवानपुर उद्योग वाणिज्य संघका का.वा. अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा उर्जा दक्षताको महत्व सम्बन्धमा एक दिवशीय अन्तक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । मउवासंघले आयोजना गरेको कार्यक्रममा जि. आई. जेड.का प्रतिनिधिहरुले अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा जि. आई. जेड.का कार्यक्रम मेनेजर डा. सञ्जय गोर्खाली, वरिष्ठ उर्जा दक्षता विशेषज्ञ  ज्ञानेन्द्र उपाध्याय र उर्जा सल्लाहकार सुदन कायस्थबाट अभिमुखिकरण गरिएको थियो ।  

 कार्यक्रममा उर्जा अडिट सम्बन्धी जानकारी र आवश्यकताको बारेमा प्रकाश पारिएको थियो । उर्जा अडिट सम्बन्धी राष्ट्रिय नीति निर्माणमा पहल भईरहेको, अनावश्यक खर्च कटौती, प्रति युनिट लागतमा न्यूनिकरण, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, व्यवसायिक विकास सम्बन्धमा चर्चा गरिएको थियो । मकवानपुर जिल्लाका दशवटा उद्योगको उर्जा अडिट निःशुल्क गरिने जि. आई. जेड.का प्रतिनिधिहरुले कार्यक्रममा बताउनु भएका थिए । 
    कार्यक्रमका सभाध्यक्ष अनिल अग्रवालले उर्जा आफैमा निक्कै महत्वपूर्ण विषय भएको र कार्यक्रममा आई अभिमुखिकरण गरिदिनु भएकोमा जि. आई. जेड. का प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
    एम एम पोलिमर्स प्रालिका महाप्रवन्धक विजय कुमार वैद्यले वेभसाइटबाट ईनर्जी अडिटको सान्दर्भिकता बारे प्रचारप्रसार गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रमा विभिन्न उद्योगका प्रतिनिधिहरु र महिला उद्यमीलगायतको सहभागिता रहेको थियो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...