pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

उत्पादनमा जोडिए आर्थिक उन्नति हुन्छ : मन्त्री मोक्तान

111-1697287953.jpg

राजकुमार केसी हेटौंडा २७ असोज/बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्पादनमा जोडिए सहकारीका सदस्यहरुको आर्थिक उन्नति हुने बताउनुभयो । शनिबार भीमफेदी गाउँपालिका वडा नं. २ मा रहेको भैंसे एकीकृत कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री मोक्तानले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार कार्य गर्न आग्रह गर्नुभयो । सहकारीका सदस्यहरुले ईमान्दारीताका साथ कारोबार गरे संस्थाको प्रगति छिटो हुने समेत मन्त्री मोक्तानले बताउनुभयो ।

सहकारीका अध्यक्ष अप्सरा लोप्चनको अध्यक्षतामा भएको साधारण सभाले संस्थाको आगामी नीति तथा कार्यक्रमका साथै प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु पारित गरेको छ । साधारण सभाको अवसरमा संस्थाका संस्थापक अध्यक्ष धावा थोकर, जेष्ठ सदस्य साईलीमाया तितुङलाई सम्मनित गरिएको थियो । साधारणसभामा भीमफेदी गाउँपालिका वडा नं. २ का अध्यक्ष काशीराम बज्यु, वडा नं. १ का अध्यक्ष सोम बहादुर स्याङ्तान, मकवानपुर जिल्ला सहकारी संघका प्रतिनिधि राजकुमार केसी, कालिका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर राना, राप्ती युवा क्लब भैंसेका अध्यक्ष गोपी कृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो । भीमफेदी गाउँपालिका वडा नं. १ र २ कार्यक्षेत्र रहेको सहकारीको गत आर्थिक वर्षमा ९१ लाख ४७ हजार ८८६ रुपैंया बराबरको कारोबार भएको ब्यवस्थापक सुर्य बहादुर घलानले बताउनुभयो ।

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...