Tuesday, 30 Apr, 2024
आर्थिक खबर

उत्पादनमा जोडिए आर्थिक उन्नति हुन्छ : मन्त्री मोक्तान

111-1697287953.jpg

राजकुमार केसी हेटौंडा २७ असोज/बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्पादनमा जोडिए सहकारीका सदस्यहरुको आर्थिक उन्नति हुने बताउनुभयो । शनिबार भीमफेदी गाउँपालिका वडा नं. २ मा रहेको भैंसे एकीकृत कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री मोक्तानले सहकारी संस्थाहरुले आफ्नो उद्देश्य अनुसार कार्य गर्न आग्रह गर्नुभयो । सहकारीका सदस्यहरुले ईमान्दारीताका साथ कारोबार गरे संस्थाको प्रगति छिटो हुने समेत मन्त्री मोक्तानले बताउनुभयो ।

सहकारीका अध्यक्ष अप्सरा लोप्चनको अध्यक्षतामा भएको साधारण सभाले संस्थाको आगामी नीति तथा कार्यक्रमका साथै प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनहरु पारित गरेको छ । साधारण सभाको अवसरमा संस्थाका संस्थापक अध्यक्ष धावा थोकर, जेष्ठ सदस्य साईलीमाया तितुङलाई सम्मनित गरिएको थियो । साधारणसभामा भीमफेदी गाउँपालिका वडा नं. २ का अध्यक्ष काशीराम बज्यु, वडा नं. १ का अध्यक्ष सोम बहादुर स्याङ्तान, मकवानपुर जिल्ला सहकारी संघका प्रतिनिधि राजकुमार केसी, कालिका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर राना, राप्ती युवा क्लब भैंसेका अध्यक्ष गोपी कृष्ण थापा लगायतको आतिथ्यता रहेको थियो । भीमफेदी गाउँपालिका वडा नं. १ र २ कार्यक्षेत्र रहेको सहकारीको गत आर्थिक वर्षमा ९१ लाख ४७ हजार ८८६ रुपैंया बराबरको कारोबार भएको ब्यवस्थापक सुर्य बहादुर घलानले बताउनुभयो ।

 

 

 


world-link-1690434568.jpg
पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...