pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

आरम्भ चौतारी लघुवित्तद्वारा २ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

FB_IMG_1763355951373-1763356039.jpg

थाहा- थाहा नगरपालिकामा आरम्भ चौतारी लघुवित्त द्वारा  आयोजित २ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड स्थानीय शाखा कार्यालय पालुङ द्वारा कार्तिक २९ र ३० गते आयोजन गरिएको तालिममा ५१ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूलाई “लघु उद्यमीको हात आरम्भ चौतारीको साथ" भन्ने नारासहित व्यवसायिक कृषि प्रवर्द्धन विषयमा व्यावहारिक सीप प्रदान गरिएको थियो।
‎
‎तालिमको समापनमा प्रमुख अतिथि वडा नं.२ का अध्यक्ष  बमबहादुर स्याङ्तानले  स्थानीय महिलाहरू आर्थिक रूपमा सशक्त बन्दा परिवार र समाज दुवै समृद्ध बन्ने बताउँदै यस्ता सीपमूलक तालिमले आत्मनिर्भरतामा मद्दत पुर्‍याउने उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाको गल्छी शाखा प्रबन्धक सन्तोष रायमाझीले लघुवित्त संस्थाले नियमित रूपमा समुदायमै पुगेर आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
‎ कार्यक्रममा थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको बिशिस्ट आतिथ्यता रहेको थियो।
‎
‎ तालिममा सहभागीहरूले तरकारी खेतीका लागि आवश्यक प्रविधि, बीउबीजन व्यवस्थापन, माटो तयारी, कीरा रोग नियन्त्रण, आधुनिक व्यावसायिक खेतीका प्रविधि, बजार व्यवस्थापन तथा आर्थिक योजना बनाउने सीप सिकेका थिए। प्रशिक्षकहरुले व्यावहारिक प्रदर्शनमार्फत उत्पादन वृद्धि तथा गुणस्तरीय तरकारी खेतीका उपायहरू आफ्नै बारीमा कार्यान्वयन गर्न सकिनेगरी मार्गदर्शन प्रदान गरे।
‎
‎तालिममा सिकेका ज्ञान–दक्षताले महिलाहरूलाई आत्मविश्वास बढाउँदै आफ्नै बारीबाट व्यावसायिक तरकारी उत्पादन गर्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्। तालिमको समापन समारोहमा संस्थामा उत्कृष्ट कारोबार गर्ने केन्द्र, उत्कृष्ट उद्यमी,र उत्कृष्ट बचत कर्तालाई सम्मानसमेत गरिएको थियो।
‎
‎कार्यक्रमको समापन गर्दै पालुङ शाखा प्रबन्धक महेन्द्र शर्माले महिलाहरूको आर्थिक सबलीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। तस्वीरसहित सम्पन्न उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै समापन गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...