Tuesday, 30 Apr, 2024
आर्थिक खबर

आन्तरिक राजस्व हेटौंडा द्वारा थाहामा कर शिक्षा

FB_IMG_1691586676408-1691586851.jpg

आन्तरिक राजस्व कार्यालय हेटौंडा तथा थाहा नगरपालिकाको आयोजना र  पालुङ बहुउद्देश्यीय सहकारी संस्था , थाहा उद्योग वाणिज्य संघको समन्वयमा थाहा नगरका सहकारी संस्था,व्यवसायी तथा निजि विद्यालयका प्रतिनिधि हरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका अधिकृतबाट कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली थाहा नगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्री,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,आन्तरिक राजस्व कार्यालयका कर अधिकृत गुणराज भण्डारी ,घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका लेखराज राउत,पालुङ बहुउद्देश्यीय सहकारीका कार्यबाहक अध्यक्ष अरुण रायमाझी लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा संघका अध्यक्ष कबिराज खत्रीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्टले सरकार सञ्चालनको मेरुदण्ड राजश्व नै रहेको हुँदा सबै व्यवसायीहरुलाई इमान्दारिताका साथ करको दायरमा आउन आग्रह गर्नु भयो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीलगायतले मन्तव्य व्यक्त गर्नु भयो ।


world-link-1690434568.jpg
पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...