pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

आर्थिक खबर

आन्तरिक राजस्व कार्यालय द्वारा उत्कृष्ट करदाताको रुपमा पालुङ बहुउद्देश्यीय सम्मानित

FB_IMG_1732290073253-1732290199.jpg

आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर सप्ताहको समापनसँगै सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मानपत्र प्रदान गरेको छ । शुक्रबार आयोजना गरिएको कर सप्ताह समापन कार्यक्रममा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको हो ।

समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जे.भी., उद्योग क्षेत्रतर्फ यति पेन्ट्स नेपाल प्रा.लि., व्यापार क्षेत्रतर्फ न्यू ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेस एजुकेशन प्रा.लि., बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रा.लि.लाई सम्मानपत्र हस्तान्तरण गरिएको हो ।

यस्तै, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पु¥याएको योगदानको लागि सम्मान गरिएको छ भने नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई पनि सम्मान गरिएको छ ।

यी कम्पनी र संस्थाका सञ्चालक तथा प्रतिनिधिलाई कार्यालयका प्रमुख कर अधिकृत युक्त सुवेदीले सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

यस्तै, कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुल्ला निबन्ध प्रतियोगिताका विजेता हेटौँडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई (प्रथम), सलिना धिताल (द्वितीय) र स्नेहा उप्रेती (तृतीय)लाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले करको दायरामा आएर राज्यप्रतिको दायित्व बहन गरेकामा करदातालाई धन्यवाद दिएका थिए । प्रमुख कर अधिकृत सुवेदीले कार्यक्रमको समापन मन्तव्य राख्दै कर दिवस एवं सप्ताहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

FB_IMG_1732290067245-1732290199.jpg
FB_IMG_1732290064324-1732290213.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...