bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

आर्थिक खबर

आगामी आर्थिक बर्षको बजेट आज

FB_IMG_1685353039244-1685355279.jpg

मुलुक आगामी आर्थिक वर्षको बजेट आज घोषणा हुँदैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टिमका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले रातोपाटीसँग भन्यो ।

बजेटले पुँजीगत (विकास खर्च) लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।

खर्च व्यहोर्ने स्रोत ऋणमा निर्भर

राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ । चालु आर्थिक वर्षको जेठ १४ गतेसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत मात्र उठ्न सकेको छ । राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा आइतबारसम्म जम्मा ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ मात्र सङ्कलन हुन सकेको छ ।

यस्तै, गैर–राजस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ७२ अर्ब ७० करोड १५ लाख रुपैयाँ मात्र उठ्न सकेको छ ।

खर्चको स्रोत बेहोर्ने अन्य स्रोतको रूपमा दातृ राष्ट्रहरूसँगको आर्थिक सहयोग (अनुदान) बाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ लिने लक्ष्य रहे पनि सरकारले हालसम्म जम्मा ४८ करोड २ लाख रुपैयाँ मात्र लिन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

हालसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत अर्थात् ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ उठ्दै गर्दा यता बजेट खर्च १० खर्ब ९८ अर्ब २७ करोड २६ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१.२२ प्रतिशत भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यद्यपि, हालसम्म विनियोजित बजेटको ६१.२२ प्रतिशत मात्र खर्च गर्न सके पनि लक्षित राजस्व उठ्न नसक्दा सरकारले २ खर्ब ७३ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

यसले गर्दा आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा सरकारलाई निकै सकस परेको हो । तर, बजेटको स्रोत व्यवस्थापनका लागि बढी ऋणमा निर्भर हुन नहुने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् ।

‘अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटको भन्दा पनि ठूलो भइसकेको छ । साढे २१ खर्ब हाराहारीको सार्वजनिक ऋण अब कसरी धान्न सकिन्छ ?’ अर्थविद् अधिकारीले भने, ‘वार्षिक बजेटको एक चौथाई बजेट सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमै छुट्याउनुपर्ने स्थिति बनेपछि यसले मुलुक बन्दैन । सरकार नियमित खर्च कटौती र पुँजीगत खर्चमा फोकस हुनुपर्छ ।’

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...