pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

आउँदाे आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा तोकियो

Rastiya-Yojana-Aayog-1677481545.jpg

राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आउँदाे आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो ।

 

आउँदाे आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा एक खर्ब पाँच अर्ब ४३ करोड रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर मध्यावधि समीक्षामार्फत सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँले घटाएको छ । सुरुआती विनियोजनको तुलनामा मध्यावधि समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ ।

अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरुमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ ।

“चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवा–ब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभारसमेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ”, आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ तयार गरी स्वीकृत गरिसकेको जनाएको छ । सो मार्गदर्शन तथा ढाँचा सबै संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालय एवम् प्रदेश सरकारलाई समेत पठाइसकेको आयोगले जनाएको छ ।

मध्यमकालीन खर्चसंरचनाअनुसार सरकारी राजस्व आउँदाे तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । राजस्व वृद्धिको सोही अनुमानका आधारमा बजेटको आकार पनि अनुमान गरिएको हो । “नेपाल सरकारको कूल स्रोत आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ८० अर्ब २० करोड र आर्थिक वर्ष २०८२/८३ का लागि २० खर्ब ८८ अर्ब ९० करोड रुपैयाँ बराबर रहने प्रारम्भिक अनुमान छ”, आयोगले भनेको छ ।

आयोगका अनुसार आउँदाे आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्दा विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । “विषयगत मन्त्रालय वा निकायहरुबाट बढी बजेट माग हुने तर विनियोजित बजेट बाँडफाँट मुताबिक खर्च नहुने अवस्थालाई मनन गरी बजेट प्रणालीको अनुमान योग्यता र विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । आउँदाे आर्थिक वर्षका लागि खर्च हुने वा खर्च गर्न सकिने कार्यक्रम तथा क्रियाकलापमा मात्र बजेट व्यवस्था गर्नु उपयुक्त हुने विषयलाई मार्गदर्शनमा जोड दिइएको छ”, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...