pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सामान्य नै रहेको छ तर बाहिरी दबाब बढि भयो : अर्थमन्त्री

janardan-sharma-2-1649753797.jpg

अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था बाहिर हल्ला गरेजस्तो असामान्य नभएको स्पष्ट गरेको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अर्थव्यवस्थामा देखिएका केही समस्या हल गर्न कदम चालिसकिएको बताउँदै समग्र परिसुचक सामान्य रहेको बताए ।

उनले भने सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ। अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सामान्य नै रहेको छ। तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको छ।

उनले कोभिड-१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको बताए ।
हेरौं जारी गरिएको विज्ञप्ति

विज्ञप्ति

नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट भएको छ। यस प्रकारका पृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास छ। अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ। अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सामान्य नै रहेको छ। तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको छ। अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा आम नागरिक तथा सरोकारवालालाई जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत गरेको छुः

आर्थिक वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन

आर्थिक वर्ष २०७६र७७ आर्थिक वृद्धि २।१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष २०७७र७८ मा पनि कोभिड(१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७।० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४।० प्रतिशतमा सीमित हुने अवस्था छ। चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड(१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।

मूल्य स्थिति
विगत तीन वर्षको औसत मुद्रास्फीति छ।ज्ञड प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५।४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।

वैदेशिक व्यापार

वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ। चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात र निर्यात क्रमशस् रु।१४५० अर्ब ७१ करोड र रु। ज्ञ५९ अर्ब ७६ करोड पुगेको छ। आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३।९ प्रतिशत र ७२।८ प्रतिशतले वृद्धि भएको छ। फलस्वरुप, व्यापार घाटा बढेर रु।ज्ञ२९० अर्ब ९६ करोड पुगेको छ। विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।

विदेशी विनिमय सञ्चिति

२०७८ असार मसान्तसम्म रु।१३९९ अर्ब ३ करोड रहेको विदेशी विनिमय सञ्चिति १ट।द्द प्रतिशतले कम भई २०७८ फागुनमसान्तमा रु।१ज्ञठ१ अर्ब कायम हुने देखिएको छ। उक्त सञ्चिति करिब ट।७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ।

विप्रेषण आप्रवाह
छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा द्ध।ढ प्रतिशतले कमी आई रु। ६३१ अर्ब ज्ञ९ करोड कायम भएको छ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्व प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।

पर्यटन
पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म ९पहिलो ३ महिनामा० नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८।६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ। सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।

वैदेशिक रोजगार

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धि भई २ लाख २६ हजार ७०० पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४।८ प्रतिशतले घटेको थियो।त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५।२ प्रतिशतले घटेको थियो

वैदेशिक लगानी

चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत रु।३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१।३ प्रतिशतले बढी हो। २०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत रु। ८२ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।

सार्वजनिक खर्च
चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च रु।७६८ अर्ब २५ करोड ९कुल विनियोजनको ४७।०५ प्रतिशत० रहेको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६७२ अर्ब ७८ करोड ९कुल विनियोजनको ४५।६२ प्रतिशत० मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४।२ प्रतिशतले बढी हो।

। कूल खर्च मध्ये चालु खर्च रु। ६०५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६।८५ प्रतिशत र पुँजीगत खर्च रु। ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५।८३ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु।६४ अर्ब ९७ करोड अर्थात ३४।२९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४।३८ प्रतिशत, पुँजीगत खर्च २८।०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३।३३ प्रतिशत मात्र रहेको थियो।

राजस्व

आर्थिक वर्ष २०७८र७९ को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५।९० प्रतिशतले वृद्धि भई रु। ७५० अर्ब ३४ करोड पुगेको छ। जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३।५६ प्रतिशत हो। यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४।९३ प्रतिशतले बढेर रू।६९० अर्ब ३५ करोड ९लक्ष्यको ६४।६४ प्रतिशत० रहेको छ भने गैरकर राजस्व २८।४२ प्रतिशतले बढेर रू।५९ अर्ब ९९ करोड ९लक्ष्यको ५३।२६ प्रतिशत० पुगेको छ।

आन्तरिक तथा वाह्य ऋण

चालु आर्थिक वर्षमा रु।२३९ अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा यस आर्थिक वर्षको चैत्र २८ गते सम्ममा रु।१०५ अर्ब बराबरको आन्तरिक ऋण परिचालन भएको छ। हालसम्म रु। ११६ अर्ब बराबरको वाह्य ऋण तथा रू। १३ अर्ब ८८ करोड वरावरको वैदेशिक अनुदान गरी जम्मा रू। १२९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ।
ज्ञघ। नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ। २०७८ चैत्र २८ गतेसम्म आन्तरिक ऋण रू।ड७घ अर्ब १९ करोड र बाह्य ऋण रू।ढ८० अर्ब ८० करोड गरी कूल सार्वजनिक ऋण रू। १८५४ अर्ब रहेको छ। जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब द्ध३।४ प्रतिशत हुन आउँछ। कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एशिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून नै रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ रू। १९ अर्ब १३ करोड र आन्तरिक ऋण तर्फ रू। ५१ अर्ब ३ करोड गरी जम्मा रू। ७० अर्ब १६ करोड बराबरको सावाँ र ब्याज भूक्तानी गरिएको छ।
ज्ञछ। चालु आर्थिक वर्षमा वैदेशिक ऋणको साँवा ब्याज गरी जम्मा रू। द्धण् अर्ब टट करोड भुक्तानी गर्नुपर्ने प्रतिवद्धता रहेको छ। उक्त रकम कूल वैदेशिक मुद्राको हालको सञ्चिति रू। ज्ञज्ञ७१ अर्बको तुलनामा न्यून नै हो।

विकास सहायता प्रतिवद्धता

हालसम्म रू।१द्दट अर्बको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ।

मौद्रक एवं तरलता व्यवस्थापन

२०७८ माघ मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्र तर्फ निक्षेप संकलन घ।ट प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा कर्जा प्रवाह ज्ञद्द।घ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च भएको कारण बैंकिङ्ग प्रणालीको तरलतामा चाप परेको छ।

कर्जा प्रवाह मध्ये माघ मसान्तसम्म सहुलियत दरमा प्रदान भएको पुनर्कर्जा रु। १५३ अर्ब टढ करोड लगानीमा रहेको छ भने सहुलियतपूर्ण कर्जा १ लाख ४द्द हजार ३ सय द्धद्ध ऋणीलाई रु २ज्ञद्ध अर्ब ठड करोड प्रवाह भएको छ। कोभिड(१९बाट प्रवाहित उद्यमी तथा व्यवसायीलाई प्रदान गरिएको व्यावसायिक निरन्तरता कर्जा २०७८ माघ मसान्तसम्म रु। १ अर्ब ज्ञ३ करोड स्वीकृत भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न उपकरणहरु मार्फत् रु।द्धण्डट अर्ब द्ध करोड तरलता प्रवाह भएको छ।
अर्थतन्त्रमा परेको दवाव र जिम्मेवारीबोध

दुई वर्षदेखिको कोभिड(ज्ञढ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्र कोभिड(ज्ञढ विरूद्धको खोपको उपलब्धतासँगै विस्तारै सामान्यीकरण बन्दै गएको छ।

वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय संचिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय संचालनमा बढोत्तरी, कम उत्पादनशीलक्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रमा आयात निरुत्साहन, सुन आयातमा कटौती, बैंक मार्फत विप्रेषण आप्रवाहमा थप व्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिवद्धता समेतबाट अर्थतन्त्रको वाह्य दवावको उपयुक्त व्यवस्थापन हुँदै जाने देखिन्छ।
द्दद्द। विदेशी मुद्रा संचितिको अवस्था सामान्य नै रहे तापनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंक मार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने जस्ता विषयमा विश्लेषण तथा विमर्स गरी तदनुसारका नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको अवस्था छ।

अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालय उच्च प्रशंसा गर्दछ। मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाइनेछ। यस सम्बन्धमा व्यक्त चासो र चिन्ताका लागि धन्यवाद व्यक्त गर्दै नियमित रूपमा सुझाव उपलब्ध गराइदिनहुन बुद्धिजिवी वर्ग र आम नागरिकमा अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ।

धन्यवाद।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...