himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

अधिकार र कर्तब्य सङसगै नभए शिक्षाकाे विकास र परिवर्तन गफाडीको गफमात्रै हो ।
–सानाेभाई कार्की

Untitled-1-1622963687.jpg

अधिकार र कर्तब्य सङसङै नभए विकास र परिवर्तन गफाडीको गफमात्रै हो ।

      हरेक ब्यक्ति समाजका सदस्यहरु हुन । ब्यक्तिबाट परिवार र परिवारको बिस्तारित रुप समाज हो ।समाजको संगठित र बृहत् स्वरुप राष्ट्र हो ।राष्ट्रको उन्नती प्रगती हरेक नागरिकको चहाना हो ।आवस्यकता हो ।लक्ष हो । उद्देश्य हो ।हरेक नागरिक इतिहासबाट सिकेर वर्तमानलाई भोग्दै भविस्य निर्माणको सपना देखिरहेका हुन्छन । बेलायतका प्रख्यात क्रान्तिकारी लेखक क्रीष्टोफर कडवेलले फ्रायड्जस्ता प्रख्यात मनोबैज्ञानिकको सपना सम्बन्धि अवधारणाको चिरफार गर्ने क्रममा लेखेका थिए -सपनाले कर्मका लागि तयार गर्छ ।मनुष्यले आफ्नो बुताभित्रको कर्म गर्छ ,कर्म गर्नुभन्दा पहिले उस्ले सपना देख्नु जरुरी छ  


      मानिसहरु मानवीय र महान हुने दिशातिर अग्रसर हुनुको शारीरिक कारण हो -उ उर्वर मस्तिष्कको सहाराले सोच्न ,विश्लेषण गर्न ,मुल्यांकन गर्न सपना देख्न र सपना अनुरुप कर्म गर्न सक्षम हुनु ।
अब हामी यहाँ गम्भीर हुनु जरुरी छ कि समाज रुपान्तरण र विकासको हाम्रो सपना के हो ?त्यो सपना साकार पार्न हाम्रो योजना के हो ?योजना निर्माण गरिरहदा त्यो कुन विचारबाट उत्प्रेरित छ ?त्यस्को कार्यशैली के हो ?कार्यशैलीको कार्यान्वयन गर्ने लगनशीलता कस्तो छ ? लगनशीलतालाई अविराम रुपमा हाक्ने अनुशासनको विश्वस्नीयता के छ ?उपर्युक्त्त तथ्यहरुको आधारमा नीति बन्नु पर्दछ ।नीति राष्ट्र भरिको क्षेत्र ओगटेको भए राष्ट्रीय,स्थानीय तहलाई मात्र हेरेर बनाइएको भए स्थानीय नीतिबाट कहलिन्छ भने एकदेशले अरु देशहरुसङको मित्रता ,सहयोग वा अन्य उद्देश्यबाट अभिप्रेरित भै निर्मित नीति अन्तर्राष्ट्रिय नीति भनिन्छ ।

यसरी निर्मित नीतिलाई कार्यावन्यन गर्ने मुल जिम्मेवारी नेताको हुन्छ ।यो नेताको कर्तब्य हो ।दायित्व हो ।दुबै प्रकार(राष्ट्रिय र स्थानीय)नीतिको प्रभावकारी बनाउन लोकतान्त्रिक राज्य सन्चालन प्रक्रियामा तहगत नेताको प्रबन्ध गरेको छ र यो पनि भुल्नु हुन्न कि वर्तमान समयमा स्थानीय तहले आफ्नो परिस्थिति हेरी नीति निर्माण गर्ने अधिकार पनि सम्बिधानत प्रबन्ध गरेको छ ।

आफ्नो अगाडिको समस्या समाधानका उपायहरुको जोहो गर्दागर्दै जीवन व्यतित हुन्छ ।सामुहिक उन्नती र समान सोचाइको बिकास नभएसम्म सामाजिक बिकास अर्थपूर्ण हुदैन ।


 यस परिप्रेक्षमा अहिले हाम्रो देश कोरोनाको महामारी बाट आक्रान्त छ ।जनताहरु जीवन रक्षाको लागि त्रसित,ग्रसित र पीडित छन ।राष्ट्रिय नेतृत्व सत्ता लिप्साको होडबाजीमा लालयित ,मोहित र कृयाशील छन ।लाग्छ मुलुकमा ब्याप्त  महामारी भन्दा नेताहरु निकै माथी छन ।
     मुलुकमा देखा परेको समस्याहरुको एकै चोटीमा ,एकै अवधिमा ,एकै ब्यक्तिले समाधान गर्न सक्छु भन्छ भने त्यो लहडसिबाय केही हुन्न ।किनकी मानवीय आवस्यकताहरु अनन्त र असीमित छन र हुन्छन ।मानवीय चेतनाको वृद्धि सङै उस्का चहानाहरु क्रमशः बढ्दै जानु स्वभाविक नै हो ।चेतनाको बढोत्तरी शिक्षाले मात्र गर्दछ ।अन्य क्षेत्रको स्वाद र सन्तुष्टि फरकफरक बस्तु र सेवाले दिएपनी हिजो ,आज र भोलिको परिस्थितिको विश्लेषण गर्न ,सो को आधारमा नीति निर्माण गर्न ,निर्मित नीतिलाई कार्यान्वयन  गर्न र परिणाममुखी बनाउन शिक्षा नै निर्विकल्प श्रोत र साधन हो ।यसैले जापानको एक प्रधानमन्त्री ले आफू नियुक्त भएपछि पत्रकारले सोधेको प्रश्न  - तपाइँको देश बिकासमा पहिलो प्राथमिकता के हो ?भनेर सोध्दा पहिलो प्राथमिकता शिक्षा भने ,दोश्रो के हो ?शिक्षा !तेश्रो शिक्षा भने ।पत्रकारले पुन प्रश्न गरे किन ?उत्तर दिए जुनसुकै क्षेत्रको प्रगती गरेपनी चेतना बिनाको निर्माण दीगो ,भरपर्दो र कामयवी हुदैन ।यो अर्थपूर्ण प्रसङ किन उठाइयो भने अहिले विश्व विकासको अकल्पनीय गतिमा बढिरहेको छ ।तर्क र कल्पनाशीलताको आधारमा वस्तु र सेवाको आविष्कार भैरहेका छन ।ती कति उपयोगी छन वा कति बिनाशक छन ? लेखाजोखा छैन ।

हाम्रो मानसिकता सत्ता र श्रोत हातमा हुँदा अमर हुने र प्रतिपक्षमाहुँदा अरुले गरेको सकारात्मक नदेख्ने प्रवृति  बदलिएको छैन । यसो हुदाहुदै पनि शिक्षालाइ महत्व दिन र शिक्षा प्राप्तिको बैकल्पिक उपायहरुको खोजी गर्न अति आवस्यक देखिन्छ ।


   अहिले विश्व कोरोना महामारीबाट आक्रान्त छ ।यस्को सृजना र अन्तको उपाय पनि मानवीय सक्रिय ज्ञान विवेक बाट नै हुने कुरामा द्विमत छैन ।अर्कोतिर हाम्रो जस्तो अबका केही वर्ष पछिमात्र विकासोन्मुख मुलुकको श्रेणीमा जान तयार भएको मुलुकको सन्दर्भमा सिमित सक्षम नागरिकले प्राप्त अवसरको आधारमा सक्षमता प्राप्त गरिनु र तेस्को प्रयोग गर्ने थलो नपाउनु असान्दर्भिक होइन ।

ब्यक्ति रिसाउने वा खुशी हुनु क्षणिक हो तर दीर्घकालीन विकासको लागि सुत्रपात महत्वपूर्ण हो भन्ने धारणामा स्पष्ट हुनु स्थानीय सरकारको कर्तव्य हो ।

परिणतिले जान्नेको कुरा नजान्नेले बुझ्दैन अनि पत्याउदैन ।जिविका चलेकै हुन्छ ।आफ्नो अगाडिको समस्या समाधानका उपायहरुको जोहो गर्दागर्दै जीवन व्यतित हुन्छ ।सामुहिक उन्नती र समान सोचाइको बिकास नभएसम्म सामाजिक बिकास अर्थपूर्ण हुदैन ।अहिलेको कोरोना कहरले सृजना गरेको शैक्षिक अवसरले ल्याएको परिस्थिति के हो भने नागरिकहरुको सेवासुबिधाको प्राप्ति र उपभोगले वर्गीय नागरिकको जन्म स्पष्ट रुपमा गरायो ।सुबिधासम्पन्न सहर जहाँ वाइफाईको सुबिधा छ ,अभिभावकहरु आफ्नो बालबालिकप्रती उत्तरदायी छन ,सन्तानको प्रगतिको चहाना राख्छन र त्यो क्षमता छ,त्यहाँका बालबालिकाहरु अवसरलाई उपभोग गरि शैक्षिक ज्ञान पाईरहेका छन भने दुरदराजका नागरिकहरू जहाँ ती सेवासुबिधा र सोचाइबाट टाढा छन ,बाध्यात्मक स्थितिमा छ ,उनिहरुलाई शैक्षिक ज्ञान प्राप्तको अवसर आकाशको फल हुन पुगेको तथ्य हामी सबै सामु छर्लङ्ग छ ।


     यस अप्ठेरो र विषम परिस्थितिमा हामीले THINK GLOBALLY ,ACT LOCALLY  को भावना र मर्मलाई आत्मसात गरि दायित्व प्रवाह गर्नु नै एकमात्र निकास हो र हुनुपर्दछ ।


 तेसो भए कस्लेके गर्ने ?
 

  • स्थानीय सरकार - हाम्रो मुलुकमा भर्खरै मात्र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने अभ्यास सम्बिधानले गरेको छ ।यो कुरा भुल्नु हुन्न कि भ्रुण अवस्थामा युवावस्थाको उपलब्धी ल्याओस र ल्याउनु पर्दछ ।यस्लाई भ्रुणावस्थाको नामाकरण किन गरियो सवाल उठ्न सक्छ । लामो समयको जनप्रतिनिधिबिहिन हाम्रो स्थानीय तह पहिलो निर्वाचनबाट निर्वाचित भै जननेताहरु कृयाशील छन ।महाप्रलयकारी भुकम्पको ताजा असर र पटकपटकको कोरोना कहरले ग्रसित भैरहदा नयाँ सोचलाई सोचे जसरी साकार पार्न नसकिनेलाई अस्वभाविक मान्नु हुदैन ।
  • हाम्रो मानसिकता सत्ता र श्रोत हातमा हुँदा अमर हुने र प्रतिपक्षमाहुँदा अरुले गरेको सकारात्मक नदेख्ने प्रवृति  बदलिएको छैन ।यसो हुदाहुदै पनि शिक्षालाइ महत्व दिन र शिक्षा प्राप्तिको बैकल्पिक उपायहरुको खोजी गर्न अति आवस्यक देखिन्छ ।

यस्को लागि 

  •  वर्तमान असहज अवस्थामा शिक्षण पद्धतिलाई बालबालिकाहरुको पहुचमा पुराउन चिन्तनशील रहदै योजना   निर्माण गरिनु पर्दछ ।
  • यस्को बिकल्प थाहा टेलिभिजनको ब्यबस्था ,रेडियो शिक्षा ,आफ्नो नगरपालिकामा वडागत वाइफाईको प्रबन्ध  हुनसक्दछ।
  •  शिक्षकहरुलाई प्रबिधिमैत्री तालीम प्रवाह निरन्तर रुपमा चलाउनु पर्दछ ।
  •  शिक्षकहरुको ब्यबस्थापन र अवसर क्षमताको आधारमा (प्रशासनिकक्षमता ,विषयगत शिक्षण कला र सीप ,लगनशीलता र पेशाप्रतिको उत्तरदायित्व बहनताको आधार ,विषयगत उपलब्धि लगायत शिक्षा र शैक्षिक   उन्नयन्लाई मापन गरि )बर्गीकृत गरिनु र कामका अधारमा प्रोत्साहनको नीति ल्याइनु पर्दछ ।
  •  निश्चित समयमा क्षमता विकास गर्न नसक्ने ,नचहाने वा क्षमता भएर पनि प्रयोग नगर्नेहरु प्रती उचित रकमसहित बिदा गरिनु उपयुक्त  हुन्छ ।
  • विद्यार्थीहरुलाई सेवा उपलब्ध गराउन उनिहरुको आर्थिक अवस्थाको पहिचान भएको तथ्यांक पालिकासङ हुनु पर्दछ ।जो  असक्षम छ ,जेहेन्दार छ भने तेस अवस्थामा हाल दिदै आएको गरिब तथा जेहेन्दार र दलित छात्रवृत्तिलाई नगदको सट्टा जिन्सी वा पढाईलाई मद्दत पुग्ने श्रोत साघनको ब्यबस्था गरिनु पर्दछ ।
  • अभिभावक शिक्षालाई प्रभाकारी रुपमा सन्चालन गर्न वडागत शिक्षा समितिलाई थप श्रोत र साधन सहित अधिकार सम्पन्न गराई कर्तब्यमुखी बनाइनु पर्दछ।
  • विद्यालय धेरै होइन सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गरिनु पर्छ ।जस्कालागी आवासीय विद्यालय,एकत्रित र ठूलो स्कुलको सोच ,जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नीति अङीकार गरिनु पर्छ ।यसो गर्दा विद्यालय बिलयको नीति ,तहगत घटुवा र परिस्थितिको अध्ययन गरि बढुवाको नीति कडाईकासाथ लागू गरिनु पर्छ ।ब्यक्ति रिसाउने वा खुशी हुनु क्षणिक हो तर दीर्घकालीन विकासको लागि सुत्रपात महत्वपूर्ण हो भन्ने धारणामा स्पष्ट हुनु स्थानीय सरकारको कर्तव्य हो ।

 शिक्षण सिकाईको महान अभियानमा शिक्षकको भुमिका महत्वपूर्ण हुन्छ ।शिक्षकको गतिशीलताले नै सिकाई प्रभावकारी र फलदायी हुने कुरामा शंका रहन्न ।

यसर्थ -

  •  शिक्षक सधै विद्यार्थी र पाठ्यक्रम प्रतिउत्तरदायी रहने ।
  • पेशालाई मर्यादित बनाउन योगदान नै हो भन्ने तथ्यलाईआत्मसात गर्ने ।
  • सरकारको शिक्षा र शैक्षिक नीतिलाई कार्यान्वयनमा दत्तचित्त रहने ।
  • आफ्नो पेशाको अधिकारको सुरक्षामा बिशेष लगाव देखाउने ।
  • स्वतन्त्रता ,क्षमताको उच्चतम प्रयोगलाई विश्वास गर्ने बैयक्तिक स्वार्थसिद्ध गर्ने मनसायले कोही कसैको तावेदारी नगर्ने ।
  •  म वालवालिकाको लागि समर्पित हुन्छु ,मेरो कारणले बालबालिकाको भविष्य उज्ज्वल हुन्छ भन्ने भावनालाई सदैब विशेष महत्व दिने ।

पेशाप्रती लगाव राख्दाराख्दै विचार र आस्थाका आधारमा ,आग्रह पूर्वाग्रह र अन्य कारण मानमर्दन राखे वा सुबिधाबाट वन्चित गर्ने दुष्प्रयास भए गरेमा , सशक्त प्रहार गर्न ,श्रमको उचित मूल्य पाउन ,पेशाको सुरक्षा र समानता प्रत्याभुतीका लागि आवाज बुलन्द गर्ने अधिकारको रक्षाको लागि एकत्रित सन्स्था मार्फत जुट्न सदैब चनाखो रहने ।यसो गर्दा कर्तव्य प्रती गौरव गर्ने र अधिकार्का लागि सशक्त हुने कुरा भुल्नु हुदैन 

 

  • अभिभावक - आ आफ्ना बालबालिकाहरुलाई सदैब गुणस्तरीय शिक्षा प्राप्तिकालागी समय दिनु अबिभावकहरुको मुल दायित्व हो ।बालबालिकाको आनीबानी ,चालचलन ,पढ्ने खेल्ने ,घरमा विद्यालयको सकारात्मक वा नकारात्मक विषयको बारेमा सोधपुछ गर्ने ,नकारात्मक कुरा भए शालीन तवरले प्र अ मार्फत विषय शिक्षकसङ परामर्श लिने,विद्यालयले बोलाएको समयमा विद्यालयमा उपस्थित भै राय सल्लाह तथा आफ्नो अनुभव को आदानप्रदान गर्ने ,विद्यालयलाई शान्ति क्षेत्र बनाउन हरदम लागि पर्ने लगायत बालबालिकाको उच्च प्रगतिमा गौरव गर्न लायक बनाउन प्रयत्नशील रहे अधिकार र कर्तब्यको पालना गरेको ठहरिनेछ ।
  •  विद्यार्थी - विद्यार्थी भविष्यका कर्णधार  हुन ।उनिहरुको क्षमताको बिकासले केबल एक को माय्र होइन परिवार,समाज र राष्ट्र कै सम्वृद्दी हुने हुँदा बढी संवेदनशिल मानिन्छ ।

अत उनिहरुले - 

  •  प्रचलित पाठ्यक्रमको मर्म भावना उद्देश्य लाई पूरा गर्ने गरि विषयगत र तहगत ज्ञान लिने हरबखत प्रयत्न गर्नु उनिहरुको कर्त्ब्यपालना ठहर्दछ ।
  •  शिक्षकहरुलाई नबुझेसम्म सोधपुछ गर्ने ।
  • विद्यार्थी बढी भन्दा बढी  सृजनशील,अनुसन्धान कर्ता ,परिश्रमी र मिहेनती बन्नु उनिहरुको दायित्व हुन्छ ।
  • आफू पढ्ने विद्यालयको शैक्षिक वातावरण सुरक्षित ,शान्त ,सुबिधा( शौचालय,खानेपानी ,खेलमैदान ,सेनेटरीप्याड, आदि ) र न्यायिक वातावरण भएको हुनु विद्यार्थीहरुको अधिकार हो ।
  • बालमैत्रीपुर्ण शिक्षण ब्यबस्थापन ,मनोरन्जनात्मक अवसर ,अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्न पाउनेअवसर पाउनु विद्यार्थीहरुको अधिकार हो ।
  • विद्यार्थीहरुले उतीर्ण हुन पाउनु अधिकार हो भने विषयको अपुर्णता संगै तह वृद्धिको अभिलाषा राख्नु जीवनको लागी अभिशाप हुने हुदा कहिल्यै मृगतृष्णा राख्नु हुदैन 
  • विद्यालको अनुशासन विद्यार्थीहरुको सुन्दर गहना हो !तर शान्तिको नाममा मुर्दा शान्ती हुनु वा बनाउन प्रयत्न गर्नु उपयुक्त्त हुदैन ।जहिलेपनी आफुले प्राप्त गरेको पठनपाठनको अवसरलाई उपयोग गरी अग्रगामी हुनु नै कर्तब्य हो भन्ने कुरा सम्पुर्ण सरोकारीहरुले आत्मसात गर्नुपर्दछ ।

यस्का अतिरिक्त शिक्षा प्रशासन,दातृ संस्था ,शिक्षाका अन्य तहगत निकाय ,शिक्षा विभाग ,मन्त्रालय सबैले आफ्नो जिम्मेवारी लाई शिक्षा विकास र शैक्षिक उन्नयनकालागी प्राप्त अधिकारलाई कर्तब्य परायण भै समर्पित हुन सके र अधिकार प्रयोग गर्दा निश्वार्थ हुने स्वार्थ केबल देश र जनताको लागि समर्पण गर्ने र कर्त्ब्यको पालना गर्दा मेरो जिम्मेवारीमा म केही नयाँ र महत्त्वपूर्ण कदम उठाउछु भन्ने प्रण गर्न सके मुलुक निकै चाडैं सम्वृद्दीमा पुग्छ कि ? अन्यथा कुराले चिउरा भिज्दैन गफले विकास हुदैन भन्ने मेरो निष्कर्ष हो ।यसैको परिणाम हो हिजोआजको कतिपय जमघटमा कुरा कहाँबाट शुरु हुन्छ कहाँ गएर टुङ्गो लाग्छ न कुरा शुरु गर्ने लाई थाहा हुन्छ न सुन्नेलाई !
अत एक सिक्काको दुई पाटो अधिकार र कर्तब्य सङ्सङै अघि बढाई आफुले आफैलाई चिन्न सके  विकास प्रारम्भ हुन्छ कि ?

–लेखक अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष एवम् जनकल्याण माबि, थाहा नगरपालिका ३ मकवानपुरका प्रधानाध्यापक हुनुहुन्छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg