gumba-1715660528.jpg
Monday, 20 May, 2024
अपडेट

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै

FB_IMG_1715134374098-1715134439.jpg

मातातीर्थ मेला

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ औंसी पर्व  मनाउने आज देशभर मनाइँदै छ ।

वैशाख कृष्णपक्षको औंसीका अवसरमा चन्द्रागिरि नगरपालिका ०६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा हिजो मंगलबार साँझबाट नै श्रद्धालुहरूको भीड लागेको थियाे।

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान-लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । वैशाख कृष्णपक्षको औंसीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरूको तर्क रहने गरेको छ ।

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि यस दिनलाई पुण्यतम पर्व मानिन्छ । यस दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न पुग्दछन् । यस दिन मातातीर्थ पुगि आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको पाइन्छ ।

किंवदन्ती अनुसार भगवान विष्णुको सातौँ अवतारका रुपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यहाँ आइपुगे । यहाँका स्थानीयले अपरिचित र नौलो देखेर राममाथि आक्रमण गरे । राम र स्थानीयबीच घमासान युद्व भयो । युद्धले गर्दा दुवै पक्ष आकुल–व्याकुल भएका थिए । त्यही बेला माता सिताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी भेटिएन । अनि, भगवान रामले गंगामाताको स्तुति गर्न थाले । मन्त्र जपेर जमिन वाण हाने । वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात दर्शन पाइन् । दर्शन पाउँदा कुण्डमा रहेको ढुंगामा सीताको मूर्ति कोरिन पुग्यो । त्यतिबेला त्यहाँ घना वन थियो । गाई चराउन आएका गोठाला कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । तर, एउटा गोठालोको भने मुखमा हालेको रोटी मुखमा नपरी कुण्ड भएतिर मात्र जान थालेछ । कुण्डमा हेर्दा उसले त्यहाँ आमाको दर्शन पाएछ । तर, घर फर्कने बेला गोठालोले आमालाई पनि साथै लिएर जाने इच्छा राखे छ । तर, ती आमाले वर्षेनी वैशाख औँशीका दिन आफ्नो दर्शनका लागि त्यहीँ आउन भनिछन् । त्यसपछि त्यस ठाउँको नाम मातातीर्थ रहन पुगेछ ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...