himalen-2083-1778725505.jpg
Monday, 25 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

४३ औ विश्व पर्यटन दिवस को अवसरमा थाहा नगरकाे ओम अध्याय रिट्रिट सम्मानित 

aadhya-1664349783.jpg

 

 

४३ औ विश्व पर्यटन दिवस को अवसरमा थाहा नगरका ओम अध्याय रिट्रिट सम्मानित भएको छ । 

 पर्यटन बोर्ड भृकुटी मण्डपमा आयोजित एक बिशेष कार्यक्रममा नेपाल सरकार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा ग्रामिण क्षेत्रमा ३ तारे रिसोर्ट निर्माण तथा संचालन मार्फत स्थानीय उत्पादन र स्थानीय रोजगारीलाई प्राथमिकता दिइ बिगत ६ वर्ष देखि ग्रामिण पर्यटन प्रवर्धनमा योगदान गर्दै आइरहेकोले थाहा नगरपालिका वडा नं ६ स्थित श्री ओम अध्याय रिट्रिट लाई मन्त्रालयको सचिव श्री सुरेश अधिकारी ज्युले सम्मान स्वरुप कदरपत्र प्रदान गर्नु भएको हो । 

 कार्यक्रममा देशै भरीका आन्तरिक तथा बाह्य पर्यटनमा संलग्न विभिन्न विधाका: ट्राभल एजेन्सी, ट्रेकिंग एजेन्सी, होटेल रिसोर्ट, एयरलाइन्स, पर्वतारोही आदि मध्ये बाट नेपालको पर्यटनमा बिषिस्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक बर्ष प्रदान गरिने यो सम्मानका लागि नेपाल सरकार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरीय निर्णय) बाट बनाईएको सम्मान सिफारिस तथा छनौट समितिले ७ जना व्यक्ति तथा संस्थाको नाम छनौट गरेको हो । 

 “राज्यबाट यसरी महत्वपुर्ण सम्मान पाउँदा हामी अत्यन्तै खुशी र गौरवान्धित छौ । यो दौरान साथ, सहयोग र माया गर्नुहुने तथा सुधारात्मक प्रतिक्रिया दिनुहुने सम्पूर्ण प्रति आभारी छौँ । सानो भवनसहित आफ्नै गाउँको कुना र खोल्सामा खोलिएको रिसोर्ट देखी आज ४८ कोठे सुबिधा सम्पन्न तीन तारे रिसोर्ट र यो अवस्था सम्मको "आफ्नो गाउँ - ठाउँ चिनाउने  यात्रा" जटिल तर रोमान्चक रह्यो” - ओम अध्याय रिट्रिटका संचालक अर्जुन सिंह ठकुरीले भने । हामीले असाध्यै ठुलो काम गरेर भन्दा पनि आफ्नै गाउँ ठाउँमा बिबिध जटिलता र जोखिमका बाबजुत स्थानीय उप्पादन र स्थानीय रोजगारी सहितको ग्रामिण पर्यटन प्रवर्धनमा निरन्तर लागेको हुनाले राज्यले सम्मान गरेको बताए । आज टिस्टुङ् पालुङ् र समग्र थाहा नगरकै नाम पर्यटकीय स्थानको रुपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्न काम हाम्रो तर्फ बाट भएको छ, अबका दिनमा नयाँ र नबिन सोच र विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै बिस्व स्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजानु पर्नेमा हामी सबैको जोड हुनुपर्दछ - उनले थपे । ठकुरीले यस दौरान साथ र सहयोगका लागि स्थानीय सरकार, स्थानीय नागरिक तथा हाम्रो गाउँ ठाउँ हेर्न आउनुहुने सम्पूर्ण पाहुनाहरु प्रति हार्दिक आभार ब्यक्त गरे । 

 

हरेक बर्ष २७ सेप्टेम्बरमा बिश्व भरी मनाइने विश्व पर्यटन दिवस को ४३ औ संस्करणको नारा  - “Rethinking Tourism” राखिएको छ । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सभापतित्व गर्नु भएको थियो भने नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, पर्यटन विभागका महानिर्देशक हाेम प्रसाद लुइटेल, ट्रेकिंग एजेन्सी एसोसियसन ओफ नेपाल (TAAN) का अध्यक्ष निलहरी बास्तोला, होटेल एसोसियसन ओफ नेपाल (HAN) का प्रतिनिधि, पर्यटन संग सम्बन्धित विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो भने संस्कितिक कार्यक्रम र नेपाल पर्यटन प्रहरी द्वारा निर्मित बृतचित्र समेत प्रस्तुत गरिएको थियो । 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

khane-1774766593.png