Saturday, 04 May, 2024
पर्यटन

४३ औ विश्व पर्यटन दिवस को अवसरमा थाहा नगरकाे ओम अध्याय रिट्रिट सम्मानित 

aadhya-1664349783.jpg

 

 

४३ औ विश्व पर्यटन दिवस को अवसरमा थाहा नगरका ओम अध्याय रिट्रिट सम्मानित भएको छ । 

 पर्यटन बोर्ड भृकुटी मण्डपमा आयोजित एक बिशेष कार्यक्रममा नेपाल सरकार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा ग्रामिण क्षेत्रमा ३ तारे रिसोर्ट निर्माण तथा संचालन मार्फत स्थानीय उत्पादन र स्थानीय रोजगारीलाई प्राथमिकता दिइ बिगत ६ वर्ष देखि ग्रामिण पर्यटन प्रवर्धनमा योगदान गर्दै आइरहेकोले थाहा नगरपालिका वडा नं ६ स्थित श्री ओम अध्याय रिट्रिट लाई मन्त्रालयको सचिव श्री सुरेश अधिकारी ज्युले सम्मान स्वरुप कदरपत्र प्रदान गर्नु भएको हो । 

 कार्यक्रममा देशै भरीका आन्तरिक तथा बाह्य पर्यटनमा संलग्न विभिन्न विधाका: ट्राभल एजेन्सी, ट्रेकिंग एजेन्सी, होटेल रिसोर्ट, एयरलाइन्स, पर्वतारोही आदि मध्ये बाट नेपालको पर्यटनमा बिषिस्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक बर्ष प्रदान गरिने यो सम्मानका लागि नेपाल सरकार - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरीय निर्णय) बाट बनाईएको सम्मान सिफारिस तथा छनौट समितिले ७ जना व्यक्ति तथा संस्थाको नाम छनौट गरेको हो । 

 “राज्यबाट यसरी महत्वपुर्ण सम्मान पाउँदा हामी अत्यन्तै खुशी र गौरवान्धित छौ । यो दौरान साथ, सहयोग र माया गर्नुहुने तथा सुधारात्मक प्रतिक्रिया दिनुहुने सम्पूर्ण प्रति आभारी छौँ । सानो भवनसहित आफ्नै गाउँको कुना र खोल्सामा खोलिएको रिसोर्ट देखी आज ४८ कोठे सुबिधा सम्पन्न तीन तारे रिसोर्ट र यो अवस्था सम्मको "आफ्नो गाउँ - ठाउँ चिनाउने  यात्रा" जटिल तर रोमान्चक रह्यो” - ओम अध्याय रिट्रिटका संचालक अर्जुन सिंह ठकुरीले भने । हामीले असाध्यै ठुलो काम गरेर भन्दा पनि आफ्नै गाउँ ठाउँमा बिबिध जटिलता र जोखिमका बाबजुत स्थानीय उप्पादन र स्थानीय रोजगारी सहितको ग्रामिण पर्यटन प्रवर्धनमा निरन्तर लागेको हुनाले राज्यले सम्मान गरेको बताए । आज टिस्टुङ् पालुङ् र समग्र थाहा नगरकै नाम पर्यटकीय स्थानको रुपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्न काम हाम्रो तर्फ बाट भएको छ, अबका दिनमा नयाँ र नबिन सोच र विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै बिस्व स्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजानु पर्नेमा हामी सबैको जोड हुनुपर्दछ - उनले थपे । ठकुरीले यस दौरान साथ र सहयोगका लागि स्थानीय सरकार, स्थानीय नागरिक तथा हाम्रो गाउँ ठाउँ हेर्न आउनुहुने सम्पूर्ण पाहुनाहरु प्रति हार्दिक आभार ब्यक्त गरे । 

 

हरेक बर्ष २७ सेप्टेम्बरमा बिश्व भरी मनाइने विश्व पर्यटन दिवस को ४३ औ संस्करणको नारा  - “Rethinking Tourism” राखिएको छ । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सभापतित्व गर्नु भएको थियो भने नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, पर्यटन विभागका महानिर्देशक हाेम प्रसाद लुइटेल, ट्रेकिंग एजेन्सी एसोसियसन ओफ नेपाल (TAAN) का अध्यक्ष निलहरी बास्तोला, होटेल एसोसियसन ओफ नेपाल (HAN) का प्रतिनिधि, पर्यटन संग सम्बन्धित विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो भने संस्कितिक कार्यक्रम र नेपाल पर्यटन प्रहरी द्वारा निर्मित बृतचित्र समेत प्रस्तुत गरिएको थियो । 

 


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...