Monday, 29 Apr, 2024
पर्यटन

हेर्न मात्र होईन अब बस्न जाँउ “कुन्छाल”

 “कुन्छाल” भन्ने वितिक्कै सबैलाई राता टायलले छाना छाएका एकनासका झुरुप्प घर भएका मिलेको त्यो सुन्दर बस्तीको सम्झना आँउछ । थाहा नगरपालिका स्थित कुन्छाल गाँउ वरपर पुगेपछि एक छिन टहलीएर त्यो गाँउ हरेर सबैले आनन्द लिन्छन् नै । थाहा नगरका वरपर रहेका डाँडा तथा अग्लो ठाँउबाट सजिलै देखिने कुन्छाल थाहा नगर घुम्न आउने हरुकालागि आकर्षको केन्द्र पनि हो । 


कुन्छाल हेर्न आउनेका लागि अब हेरेर मात्र होईन कुन्छालमा बसेर पनि आनन्द लिन पाईने भएको छ । 
थाहानगरको एैतिहासिक प्रसिद्ध पर्यटकीय गाउँ ‘कुन्छाल’ मा संचालनमा रहेका होमस्टेलाई थप व्यवस्थित बनाउनको लागि यस अघि संचालित होमस्टेलाई अझ व्यवस्थित  गर्न स्थानिय जुटे पछि कुन्छाल अब हेर्ने मात्र नभई बस्ने पनि गन्तब्य बन्न लागेको हो । 
थाहा नगरपालिका र सुनौलो सामुदायिक अध्ययन केन्द्रले स्थानियलाई होम स्टे तालिम दिए पछि तालिममा सहभागीहरु होम स्टे संचालन गर्न उत्साहित भएको कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपाली बताउनु हुन्छ । 
कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति र  पहिचानसँग जोडिएको बस्ती र परिवेश  अवलोकन गर्न आउनेको संख्या अहिले बढेको छ । ‘कुन्छाल आफैंमा मौलिक तथा सांस्कृतिक गाउँ भएकाले पर्यटकीय गन्तव्य भएकाले यस गाउँको प्रवद्र्धन गरि  ‘कुन्छाल स्वदेशी मात्रै होइन विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाउन स्थानिय सक्रिय छन् ।

 
कुन्छालको संस्कृति र पहिचान मेटिन नदिने गरी काम गर्न आग्रह गर्दै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले  पर्यटकीय गाउँ घोषणा भएको कुन्छालको विकासका लागि स्थानीयनै अघि बढ्नु पर्ने र आफु साथ दिन तयार रेहको प्रतिबद्धता जनाउनु भएको छ ।  ऐतिहाँसिक कुन्छालमा पर्यटकलाई आकर्षण गर्नका लागि यहाँको घरको संरचना  जोगाइ राख्न अनुरोध गर्दै बिष्टले होमस्टे व्यवस्थापन समितिले निर्णय गरेर ल्याएका कुरा नगरले कानूनी रुपमा अघि बढाउने र निर्णय  गर्ने र कार्यान्वयमा आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त भए पछि स्थानिय उत्साहित छन् । 


 
थाहा नगरपालिका–१ कुन्छाल गााँउमा नेवारी गोपाली जातिहरूको बाहुल्यता रहेको छ । उक्त गाउँमा लगभग १ सय ५० वटा राता  टाएलले छाना छाएका हेरी रहँु लाग्ने एकनासका  घर रहेका छन् । जसले आगन्तुकलाई बाहिरी आवरण हेरीरहँु लागे सँगै यो बस्ती भित्र के होला ? भन्ने जिज्ञासा होम स्टेले मेटाउने र ऐतिहाँसिक महत्व बोकेको कुन्छालको कला संस्कृतीलाई पर्यटनसँग जोडेर होम स्टे संचालन गर्न लागिएको बताउनुहुन्छ  होम स्टे व्यवस्थापन समितिका सल्लाहाकार तथा स्थानिय निराजन गोपाली पनि ।  

थाहा नगरपालिका बडा नं.  १ का अध्यक्ष हेरमान गोपाली कुन्छालका होम स्टे लाई पर्यटन सँग जोड्दै थाहा नगरको कृषी र पर्यटनको नारा सार्थक बनाउन र कुन्छालको ऐतिहाँसिक महत्व बुझाउन होम स्टे सार्थक हुने विश्वास लिनु हुन्छ । 

नेपालमै पुरानो र मौलिक सभ्यता भएका गोपालीहरुको बस्ति रहेको कुन्छाल गाउँ पुग्न सदरमुकाम हेटौडाबाट त्रिभुवन राजपथ हदै ६५ किमि तथा भिमफेदी कुलेखानी मार्खु हुदै ५५ किमि को यात्रामा पुग्न सकिन्छ । यसै गरी राजधानी काठमाडौबाट त्रिभुवन राजपथ हुदै ६० किमि , थानकोट चित्लाङ कच्ची बाटो हुदै ३० किमि तथा फर्पिङ्ग फाखेल मार्खु हुदै ५५ किमि को दुरीमा पुग्न सकिन्छ । यहा“ बनेका घरहरु प्राय ः एकै प्रकारका छन भने सबै घरहरुको छानो टायलले छाईएको छ । 

 
तस्विर ‍ गणेश विष्ट  तथा सामािजक स‌जाल

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...