Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

हेर्न मात्र होईन अब बस्न जाँउ “कुन्छाल”

 “कुन्छाल” भन्ने वितिक्कै सबैलाई राता टायलले छाना छाएका एकनासका झुरुप्प घर भएका मिलेको त्यो सुन्दर बस्तीको सम्झना आँउछ । थाहा नगरपालिका स्थित कुन्छाल गाँउ वरपर पुगेपछि एक छिन टहलीएर त्यो गाँउ हरेर सबैले आनन्द लिन्छन् नै । थाहा नगरका वरपर रहेका डाँडा तथा अग्लो ठाँउबाट सजिलै देखिने कुन्छाल थाहा नगर घुम्न आउने हरुकालागि आकर्षको केन्द्र पनि हो । 


कुन्छाल हेर्न आउनेका लागि अब हेरेर मात्र होईन कुन्छालमा बसेर पनि आनन्द लिन पाईने भएको छ । 
थाहानगरको एैतिहासिक प्रसिद्ध पर्यटकीय गाउँ ‘कुन्छाल’ मा संचालनमा रहेका होमस्टेलाई थप व्यवस्थित बनाउनको लागि यस अघि संचालित होमस्टेलाई अझ व्यवस्थित  गर्न स्थानिय जुटे पछि कुन्छाल अब हेर्ने मात्र नभई बस्ने पनि गन्तब्य बन्न लागेको हो । 
थाहा नगरपालिका र सुनौलो सामुदायिक अध्ययन केन्द्रले स्थानियलाई होम स्टे तालिम दिए पछि तालिममा सहभागीहरु होम स्टे संचालन गर्न उत्साहित भएको कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपाली बताउनु हुन्छ । 
कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति र  पहिचानसँग जोडिएको बस्ती र परिवेश  अवलोकन गर्न आउनेको संख्या अहिले बढेको छ । ‘कुन्छाल आफैंमा मौलिक तथा सांस्कृतिक गाउँ भएकाले पर्यटकीय गन्तव्य भएकाले यस गाउँको प्रवद्र्धन गरि  ‘कुन्छाल स्वदेशी मात्रै होइन विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाउन स्थानिय सक्रिय छन् ।

 
कुन्छालको संस्कृति र पहिचान मेटिन नदिने गरी काम गर्न आग्रह गर्दै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले  पर्यटकीय गाउँ घोषणा भएको कुन्छालको विकासका लागि स्थानीयनै अघि बढ्नु पर्ने र आफु साथ दिन तयार रेहको प्रतिबद्धता जनाउनु भएको छ ।  ऐतिहाँसिक कुन्छालमा पर्यटकलाई आकर्षण गर्नका लागि यहाँको घरको संरचना  जोगाइ राख्न अनुरोध गर्दै बिष्टले होमस्टे व्यवस्थापन समितिले निर्णय गरेर ल्याएका कुरा नगरले कानूनी रुपमा अघि बढाउने र निर्णय  गर्ने र कार्यान्वयमा आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त भए पछि स्थानिय उत्साहित छन् । 


 
थाहा नगरपालिका–१ कुन्छाल गााँउमा नेवारी गोपाली जातिहरूको बाहुल्यता रहेको छ । उक्त गाउँमा लगभग १ सय ५० वटा राता  टाएलले छाना छाएका हेरी रहँु लाग्ने एकनासका  घर रहेका छन् । जसले आगन्तुकलाई बाहिरी आवरण हेरीरहँु लागे सँगै यो बस्ती भित्र के होला ? भन्ने जिज्ञासा होम स्टेले मेटाउने र ऐतिहाँसिक महत्व बोकेको कुन्छालको कला संस्कृतीलाई पर्यटनसँग जोडेर होम स्टे संचालन गर्न लागिएको बताउनुहुन्छ  होम स्टे व्यवस्थापन समितिका सल्लाहाकार तथा स्थानिय निराजन गोपाली पनि ।  

थाहा नगरपालिका बडा नं.  १ का अध्यक्ष हेरमान गोपाली कुन्छालका होम स्टे लाई पर्यटन सँग जोड्दै थाहा नगरको कृषी र पर्यटनको नारा सार्थक बनाउन र कुन्छालको ऐतिहाँसिक महत्व बुझाउन होम स्टे सार्थक हुने विश्वास लिनु हुन्छ । 

नेपालमै पुरानो र मौलिक सभ्यता भएका गोपालीहरुको बस्ति रहेको कुन्छाल गाउँ पुग्न सदरमुकाम हेटौडाबाट त्रिभुवन राजपथ हदै ६५ किमि तथा भिमफेदी कुलेखानी मार्खु हुदै ५५ किमि को यात्रामा पुग्न सकिन्छ । यसै गरी राजधानी काठमाडौबाट त्रिभुवन राजपथ हुदै ६० किमि , थानकोट चित्लाङ कच्ची बाटो हुदै ३० किमि तथा फर्पिङ्ग फाखेल मार्खु हुदै ५५ किमि को दुरीमा पुग्न सकिन्छ । यहा“ बनेका घरहरु प्राय ः एकै प्रकारका छन भने सबै घरहरुको छानो टायलले छाईएको छ । 

 
तस्विर ‍ गणेश विष्ट  तथा सामािजक स‌जाल

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...